सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यमपञ्चकको तेस्रो दिन आज गाईपूजा र गोरुपूजा !

आज तिहार पर्व अन्तर्गत यमपञ्चकको तेस्रो दिन गाई गाई पूजा र गोवर्द्धन पूजा गरी मनाइँदै छ । यसपाली तिथीको घटबढका कारण दुवै पर्व एकैदिन परेको हो ।

गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । हिन्दु धर्ममा गाईलाई लक्ष्मीको अवतारको रुपमा लिइन्छ।

Sana Kishan

गाईको दूध, गहुँत र गोबर पवित्र पवित्र मानिन्छ । आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ । कार्तिक कृष्ण औसीका दिन मनाइँने गाईपूजा र कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइँने गोरुपूजा आज मनाउन लागिएको हो ।

World Link Ads
Mahakali Polytechnic

नेवार समुदायका व्यक्तिहरुले आज बेलुकी आत्म (म्ह) पूजा गरी मनाउँदैछन् । आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यताअनुसार म्ह पूजा गर्ने परम्परा बसेको हो ।( gnewsnepal.com बाट साभार )

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.