सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता, यी विषयमा भए छलफल !

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । करिब एक घण्टाअघि भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपाभित्र देखा परेको सङ्क टका बारेमा कुराकानी भएको बताइएको छ ।

नेकपाभित्र निकै सङ्कट देखिएको छ । पार्टी अध्यक्षसमेत रहेका ओलीविरू द्ध अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रतिवेदनका नाममा अभियोग पत्र नै पेस गरेको भन्दै ओली रुष्ट बनेका छन् । उनी निकट नेताहरूले राजनीतिक प्रतिवेदन नै मान्न नहुने बताउँदै छलफल गर्न नहुने बताइरहेका छन् ।

Sana Kishan

प्रधानमन्त्री ओली पनि कसरी अगाडि बढ्ने भनेर परामर्श गरिरहेका छन् । शनिबार मात्रै उनले आफूनिकट नेताहरूसँग बालुवाटारमा परामर्श गरेका थिए । ( gnewsnepal.com बाट साभार )

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.