Friday, December 4, 2020

बस दुर्घटनामा भाग्यले बाँचेका बसभित्र रहेका अर्का चालकले खोले रहस्य : दुर्घटनाअघि पनि झन्डै खसेको थियो गाडी !

- Advertisement -

महेन्द्रनगर– विहिबार दार्चुलाको गन्नाबाट पवनदूत यातायातको ना५ख ५१४१ नम्बरको बस मध्यान्न १२ बजे महेन्द्रनगरका लागि छुटेको थियो । सोही बसमा अछामका अमृत कुमाल सवार थिए । दार्चुलामा स्काभेटर चलाउने उनी तिहार मनाउन अछाम घर जादै थिए ।

दुर्घटना भएको बसमा यात्रुको संख्या धेरै नभएको बताउने उनले बस थोत्रो रहेको सुनाए । ‘६ जना बस्न मिल्ने पछाडी सिटमा हामी ३ जना मात्रै थियौं । बस पाटन बजारबाट माथि चड्दा बिस्तारै गुडिरहेको थियो । बस बीच–बीचमा रोक्किरहेको थियो’ उनी भन्छन् , ‘गाडीमा केही न केही समस्या छ भनेर उत्रिन खोजेको चै हुँ तर बिस्तारै लगिहाल्छ होला भन्ने लागेको थियो ।’

उनले दुर्घटनाअघि पनि एक पटक बस पल्टिन खोजेको बताए । ‘दुर्घटना भन्दा अगाडी पनि चालकले बस फाल्न खोजेका थिए । तर त्यसको केहीपछि बस पल्टिहाल्यो’ कुमालले भने ।

बस सडकबाट ३र४ पटक फनफनि घुमेर पल्टेको उनले सुनाए । टुक्रा–टुक्रा भएको बसबाट आफै बाहिर निस्केर सडकमा आएको उनी बताउँछन् । कुमाल हाल डडेल्धुरा अस्पतालमा उपचररत छन् । उनको टाउकोमा चोट लागेको छ ।

यस्तै बसमा सवार अर्का यात्रु कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का ५५ वर्षीय हर्कबहादुर धामीले पनि बसमा नै खराबी भएका कारण दुर्घटना भएको बताएका छन् । ‘गाडी बिग्रेको थियो, हामीले चालकलाई बिग्रेको गाडी किन चलाउँदै हुनुहन्छ ? राम्रोसँग बनाउनुस् भन्यौं तर चालकले केही हुँदैन भनेर चलाएर ल्याएका थिए । पछि त त दुर्घटना भइहाल्यो’ उनले भने । उनी पनि डडेल्धुरा अस्पतालमा उपचाररत छन् ।

बसबाट खसेका पुरनले प्रहरीलाई गरेको त्यो फोन कल

दार्चुलाको नौगाड गाउँपालिकाका २० वर्षीय पुरन टमटा पनि सोही बसमा सवार थिए । आफु मस्त निन्द्रामा रहेको बताउने उनको खोड्पे पुगेपछि खाना खाने योजना रहेको थियो । म बसको बीचतिरको सिटमा बसेको थिए । मजाले सुतिरहेको मैलै बस खसेपछि मात्रै थाहा पाएको थिए’ उनले भने, ‘म उठ्दा बस म भन्दा अलि तल थियो म भुँईमा लडेको थिए ।’

त्यसपछि उनले नै प्रहरीलाई सर्वप्रथम दुर्घटनाका बारेमा जानकारी गराएका थिए । उनी भन्छन्, ‘झ्यालबाट निस्केको मेरो छेउमै झोला थियो, त्यसमै भएको मोबाइलबाट बैतडी प्रहरीलाई जानकारी गराएर म रोडतिर उक्लिए । बीच बाटोमै माथिबाट आएका स्थानीयलाई भेटे र म सडकमा पुगे ।’ हाल पुरन धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत छन् ।

दार्चुलाबाट महेन्द्रनगरतर्फ जादै गरेको पवनदुत यातायातको बस राति साढे १० बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
सो दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बसका चालक बैतडीको दोगडाकेदार ७ खोचलेकका विरेन्द्र कार्की समेत घाइते रहेका छन् ।

सानो घुम्तीबाट बस ६ सय मिटर जति तल खसेको र दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण प्रसाद अधिकारीले बताए । न्युज श्रोत – दिनेश खबर

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

पुरातात्विक स्थलमा प्राचीन पोशाक लगाएर मोडलका अपाच्य तस्विर खिचेको आरोपमा पक्राउ

on पुरातात्विक स्थलमा प्राचीन पोशाक लगाएर मोडलका अपाच्य तस्विर खिचेको आरोपमा पक्राउ काठमाडौं । आफैंले खिचेका तस्विरका कारण एक व्यक्ति समातिएका छन् । मिस्र (इजिप्ट)...

ॐ लेखी सेयर गर्नुहोस महादेवको तेस्रो आँखा देख्ने बितिकै सधै फलि...

काठमाडौँ। हिन्दु धर्ममा उल्लेख भएअनुसार महादेवलाई त्रीमूर्तीदेवको रुपमा पनि चिनिने गरिन्छ । महादेवको तेस्रो आँखालाई शक्तिको रुपमा लिइएको छ ।जब भगवान शिव रिसाउँछन् त्यतिबेला...

गायक रमेश प्रसाईले विहे गर्दै, को हुन दुलही ?

नवगायक रमेश प्रसाईले विहे गर्ने भएका छन्। रमेशले मंसिर २२ गते विहे गर्ने तय भएको उनका निकट मित्र जीवन विष्टले फेसबुकमार्फत जानकारी दिएका छन्।...

यस्तो आलु खादा विष खाए बराबरयस्तो आलु खादा विष खाए बराबर

काठमाडौं ,आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार भित्र पर्छ,अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउने गरिन्छ । आलु...

कक्षा १२ को परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक हुने

काठमाण्डौ - राष्ट्रिय परीक्षा बोर्डले भरखरै सम्पन्न भएको कक्षा १२ को परीक्षाको नतिजा एक महिना भित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । विद्यार्थीको शैक्षिक सत्र...

जा’डोयाममा सुन्तला : स्वा’स्थका लागि फाइदाजनक

जाडो मौसममा सुन्तला, मौसम जस्ता फलफूलहरु सर्वत्र पाउन सकिन्छ । यद्यपि, भि’टामिन सी पर्याप्त मात्रामा समावेश भएको सुन्तला जा’डो याममा तपाईंका लागि लाभदायक हुन्छ...

मिसन नेपालको कंचनपुर जिल्ला संयोजकमा बोहरा र कोषाध्यक्षमा पन्त     ...

कंचनपुर , महेन्द्रनगर                                          मिसन...

सडक दुर्घटना प्रहरीका हवल्दारको घटनास्थलमै मृत्यु

कञ्चनपुर– पुर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत कञ्चनपुरको दैजीमा आईतबार भएको सडक दुर्घटनामा नेपाल प्रहरीका हवल्दारको मृत्यु भएको छ। शुक्लाफांटा नगरपालिका घर भई झोलुगें प्रहरी...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया