सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चर्चित गायिका सिराडीले मनाईन् बेसाहाराहरु संग जन्मदिन !

सुदूरपश्चिमकी चर्चित गायीका कृष्णा सिराडीले बेसाहाराहरुसंग आफ्नो जन्मदिन मनाएकी छिन् । कैलालीको धनगढीस्थित बेसाहारा महिलाहरुलाई आरक्षण दिइरहेको दृष्टी फाउण्डेशनमा आफ्नो जन्मदिन मनाएकी हुन् ।

कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत गायिका सिराडीले बेसाहाराहरुका लागी न्यानो लुगा र तरकारी वितरण गरेर जन्मदिन मनाएकी हुन् ।

आफु धेरै आम्दानी गर्नसक्ने अवस्थामा नभए पनि आफुसंग भएको केही रकमले दृष्टी फाउण्डेशनमा सहयोग गर्दै जन्मदिन मनाएको उनले बताइन् । आगामी दिनमा पनि यस्तै सामाजिक कार्य गर्ने उनले प्रतिवद्धता व्यक्त गरिन ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

गायिका सिराडीलाई दृष्टी फाउण्डेशनकी अध्यक्ष कल्पना भट्टले जन्मदिनको शुभकामना दिदै संस्थामा आएर सहयोग गरेकोमा विशेष धन्यवाद दिइन् ।

विभिन्न व्यक्तिको जन्मदिन तथा विवाह वर्षगाँठका कार्यक्रमबाटै दृष्टी फाउण्डेशन चलेको बताइन् । (पुनर्वास खबर बाट साभार )

गायीका कृष्णा सिराडीको आवाजमा रहेको यो गित सुन्नुहोला ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.