सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महेन्द्रनगर म्युजियम र स्टेच्यू अफ सिद्धनाथ बाबा परिसर आजदेखी प्रवेश खुला

महेन्द्रनगर– महेन्द्रनगर म्युजियम र स्टेच्यू अफ सिद्धनाथबाबा परिसर आजदेखी सर्वसाधारणका लागि खुला भएको छ । कञ्चनपुरको भीमदत्तनगरमा क्याप्टेन वेद उप्रेती ट्रष्टद्धारा निर्माणाधीन महेन्द्रनगर म्युजियम र स्टेच्यू अफ सिद्धनाथबाबा मध्ये आजदेखि सर्वसाधारणका लागि म्युजियम बाहेक स्टेच्यू अफ सिद्धनाथाबाबा र म्युजियम परिसर खुला भएको हो ।

म्युजियम भित्र रहेको अप्स एण्ड डाउन म्युजियम सेक्सन नेपालकै पहिलो म्युजियम हुने क्याप्टेन उप्रेतीले बताएका छन् । उनका अनुसार म्युजियम परिसर बाहिर स्टेच्यू अफ सिद्धनाथबाबा, स्वीमीङ पुल, नौ धारा, हेलिकोप्टर र सुदूर पश्चिमका पर्यटकीय स्थलहरुका हवाई चित्रहरु रहेका छन् ।

“ यस्तै अप्स एण्ड डाउन, थ्रिडी र ईलुजन सेक्सनहरु रहेका छन् । खासगरी युवायुतीहरुलाई लक्षित गरेर बनाइएको यो म्युजियम धार्मिक दृष्टिकोणले पनि मुख्य भूमिका खेल्ने उनले बताएका छन् । सिद्धनाथ बाबाको जटाबाट निस्किने पानीको फोहोरा र बिभिन्न देवीदेवताका शालिकहरुले सबैलाई आकर्षित गर्नेगरि निर्माण भएका छन् ।

World Link Ads
Mahakali Polytechnic

म्युजियमले विद्यार्थीहरुलाई प्रेरणा, सिद्धनाथ बाबाको दर्शन पश्चात पाइने सन्तुष्टि, युवाहरुलाई थ्रिडी र अप्स एण्ड डाउनको आकर्षण र गर्मी याममा नौ धारा सहितको स्वीमीङ पुल र हेलिकोप्टर भित्र बसी जो कोहीले खिच्न पाउने फोटोग्राफको अवसरले यो म्युजियम सुदूर पश्चिमको मूख्य पर्यटकीय स्थल बन्ने क्याप्टेन उप्रेतीले दाबी गरेका छन् ।

Dirghayu Ads

“बिगत सात वर्षदेखि निर्माणाधीन म्युजियम गत बैशाखमैँ सञ्चालनमा ल्याउने लक्ष्य थियो ।“ क्याप्टेन उप्रेतीले भने “लकडाउनका कारण निर्माण कार्य ठप्प हुँदा समयमै सञ्चालनमा ल्याउन सकिएन । त्यसपछि म्युजियम पूर्णतगा बन्द रह्यो । तर फोटो खिच्ने, टिकटक बनाउने युवायुवतीहरुले निकै दवाव दिएपछि निर्माणाधीन म्युजियम बाहेक स्टेच्यू अफ सिद्धनाथाबाबा र म्युजियम परिसर खुला गरिएको छ ।“

Sana Kishan

ट्रष्टको तेस्रो प्रोजेक्टका रुपमा रहेको यो म्युजियम काठमाण्डौं र धनगढीको म्युजियम भन्दा पृथक खालको रहेको क्याप्टेन उप्रेतीले बताएका छन् । यसअघि ट्रष्टको धनगढीमा एअर क्राफ्ट म्युजियम र काठमाण्डौंमा एभिएसन म्युजियम सञ्चालनमा छ ।

म्युजियमका लागि क्याप्टेन वेद उप्रेती र उनकी माता सरस्वती उप्रेतीले वेद उप्रेती ट्रष्टका लागि जग्गा दान दिएका छन् । जग्गाको मूल्य करीव तीन करोड रुपैयाँ र म्युजियमको निर्माणमा चार करोड रुपैयाँ समेत गरी करीव सात करोड रुपैयाँको लागतमा यो म्युजियम निर्माण भएको उनले बताए ।

म्युजियम निर्माण गर्न क्याप्टेन उप्रेतीले विदेशमा प्रशिक्षक पाइलटको जागीरबाट आर्जन गरेको चार करोड रुपैयाँ लगानी गरेका छन् । अमूल्य जग्गा दान र म्युजियम बनाउन हौसला प्रदान गर्ने उनकी माता सरस्वती उप्रेतीको म्युजियम परिसर भित्र शालिक बनाइएको छ ।

हाल कोरोना भाइरसको संक्रमण कायम रहेसम्म महेन्द्रनगर म्युजियमको भित्री भाग भने बन्द रहने तर स्टेच्यु अफ सिद्धनाथ बाबा र हेलिकोप्टर भित्रको फोटोग्राफी र म्युजियम परिसर बाहिर कोभिड १९ बाट उच्च सतर्कता अपनाएर फोटो खिच्न सिद्धनाथ बाबा दर्शनार्थ बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला गरिने व्यवस्थापनले जनाएको छ ।

यस्तै व्यवस्थापनका अनुसार ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई म्यूजियम प्रवेश निःशुल्क गरिएको छ । अन्यको हकमा प्रवेश शुल्क रु ५० निर्धारण गरिएको छ । म्युजियम पूर्ण रुपमा सञ्चालनमा आइसकेपछि भने विद्यार्थीहरुका लागि रु १०० र अन्यका लागि रु १५० प्रवेश शुल्क निर्धारण गरिएको छ । (केशव पन्तले सेतीकालि न्युजमा लेखेका छन ।)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.