सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

९५ रुपैयाँमै टेलिकमको भ्वाइससहित ८ जीबी डेटा प्याक, फेसबुक र युट्युवमा बिशेष छुट

नेपाल टेलिकमले तिहार, नेपाल संवतको नयाँ वर्ष तथा छठ पर्वको अवसरमा विभिन्न छुट र अफर सहितको नयाँ प्याकेज ल्याएको छ । कम्पनीले फेस्टिभल अफरका रुपमा दशैंको अवसरमा उपलब्ध गराएका केही छुटलाई तिहारको अवसरमा समेत निरन्तरता दिने छ ।

यी अफरहरु काग तिहार (कात्तिक २८, २०७७) देखि छठ पर्व (मंसिर ५, २०७७) सम्म उपलब्ध हुने कम्पनीले जनाएको छ । यसका साथै सेवाग्राहीको सुविधाका लागि थप विशेषतासहितको अटम अफरका प्याकेजहरु कात्तिक २८ गतेबाटै लागु हुनेछन् ।

कम्पनीले सात दिनसम्म प्रयोग गर्न सकिने गरी प्रतिदिन सय मिनेट र २८ दिनका लागि प्रतिदिन एक सय मिनेट चलाउन मिल्ने गरी छुट्टाछुट्टै इको भ्वाइस प्याक उपलब्ध गराउने छ । सात दिनका लागि उपलब्ध हुने यो प्याकेजको मूल्य ९५ रुपैयाँ हुनेछ ।

World Link Ads
Mahakali Polytechnic

साथै २८ दिनका लागि उपलब्ध हुने प्याकेजको मूल्य ३७५ रुपैयाँ राखिएको छ । यी प्याक अन्तर्गत क्रमशः ७०० र २८०० मिनेट भ्वाइस कल गर्न सकिने छ ।

Dirghayu Ads

यसैगरी भ्वाइस र डेटा दुवै प्याकेजको सुविधा समेत लिन सकिने नयाँ ‘इको डेटा प्याक विथ भ्वाइस’ समेत उपलब्ध गराइएको छ । यस अन्तर्गत प्रतिदिन १४ मिनेट कुराकानी गर्न र प्रतिदिन एक जीबी डेटा प्रयोग गर्न सकिने गरी सात दिनका लागि ९५ रुपैयाँमा जम्मा ९८ मिनेट भ्वाइस कल गर्न र सात जीबी डेटा चलाउन सकिने छ ।

साथै ३७५ रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी जम्मा ३९२ मिनेट भ्वाइस कल र २८ जीबी डेटा सहितको प्याकेज उपलब्ध हुनेछ ।

सोसल मिडिया प्याकमा विशेष छुट

ग्राहकको सहजताका लागि सबै किसिमका डेटाका साथै फेसबुक र युट्युव चलाउन मिल्नेगरी लार्ज सोसल मिडिया प्याकमा छुट उपलब्ध हुनेछ । जसअन्तर्गत १८० रुपैयाँमा सात दिनका लागि अल डेटा चार जीबी र प्रत्येक दिन एक जीबी फेसबुक तथा युट्युव चलाउन मिल्नेगरी सात जीबी सहित कुल ११ जीबी डेटा प्राप्त गर्न सकिनेछ ।

यसैगरी ५९९ रुपैयाँमा अल डेटा १० जीबी र २८ दिनसम्म प्रत्येक दिन १ जीबी गरी फेसबुक तथा युट्युव चलाउन मिल्नेगरी २८ जीबीसहित जम्मा ३८ जीबी डेटा प्राप्त गर्न सकिनेछ । यसरी उपलब्ध डेटामध्ये अल डेटाबाट २४सै घण्टा जुनसुकै एप चलाउन र प्रत्येक दिन प्राप्त हुने एक जीबी डेटामा युट्युव र फेसबुक चलाउन सकिनेछ ।

युट्युव र फेसबुकसम्बन्धी सबै डेटा जुनुसुकै समयमा तथा जुनसुकै नेटवर्कमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

Sana Kishan

पोस्टपेडमा नयाँ प्याक

कम्पनीले यस अघिदेखि नै उपलब्ध गराइरहेको पोस्टपेड प्याकमा ५९९ रुपैयाँको नयाँ पोस्टपेड (प्राइम) प्याक थप गरिएको छ । यसैगरी ७४९ को प्याकमा डेटा भोलुम परिमार्जन गरिएको छ ।

अब ५९९ रुपैयाँमा ३० दिनसम्म चलाउन मिल्नेगरी प्याक लिन सकिने छ । उक्त प्याक प्रयोग गरी चार सय मिनेट कम्पनीकै नेटवर्कमा र ५० मिनेट अन्य नेटवर्कमा समेत कल गर्न सकिने सुविधा प्राप्त हुनेछ । साथै सो प्याकबाटै ६ जीबी डेटा चलाउन र दुई सय वटा एसएमएस पठाउन सकिने छ ।

यसैगरी ७४९ रुपैयाँमा ३० दिनसम्म चलाउन मिल्ने पोस्टपेड (प्रिमियम) प्याक लिन सकिने छ । यसबाट कम्पनीकै नेटवर्कमा आठ सय मिनेट र ७५ मिनेट अन्य नेटवर्कमा कल गर्न सकिने छ । त्यसैगरी आठ जीबी डेटा भोल्युम चलाउन र ५०० वटा एसएमएस गर्न सकिने छ ।

टेलिकमका ग्राहकले ८ज्ञद्धज्ञछ३ डायल गरी कम्पनीका वभिन्न प्याकेज खरिद गर्न सक्नेछन् । कम्पनीको ‘नेपाल टेलिकम एप’ तथा वेबसाइटमार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन तथा सेवा खरिद गर्न सकिनेछ ।

यस्तो छ, चाडबाड अफर

टेलिकमले फेस्टिभल अफरको रुपमा यस अघि दशैमा उपलब्ध अफरलाई नै निरन्तरता दिएको छ । फेस्टिभल अफरका रुपमा जीएसएम तथा सीडीएमए मोबाइलको व्व्यालेन्स टप अप गर्दाे बोनस उपलब्ध हुनेछ ।

जसअनुसार रिचार्ज कार्डबाट ५० रुपैयाँ रिचार्ज वा एमपोसबाट २० रुपैयाँदेखि ५० रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिनका लागि पाँच मिनेट बोनस प्राप्त हुनेछ । यसैगरी रिचार्ज कार्डबाट एक सय रुपैयाँ तथा एमपोसबाट ५१ रुपैयाँदेखि एक सय रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिनका लागि दश मिनेट बोनस उपलब्ध हुनेछ ।

त्यस्तै रिचार्ज कार्डबाट २०० रुपैयाँ तथा एमपोसबाट १०१ रुपैयाँदेखि दुई सय रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिनका लागि २० मिनेट बोनस प्राप्त हुनेछ । एमपोसबाट २०१ रुपैयाँदेखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिनका लागि ३० मिनेट बोनस पाइनेछ ।

रिचार्ज कार्डबाट ५०० रुपैयाँ तथा एमपोसबाट ५०० रुपैयाँदेखि ९९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस दिइनेछ । रिचार्ज कार्डबाट एक हजार रुपैयाँ तथा एमपोसबाट एक हजार रुपैयाँ तथा सोभन्दा माथिको रिचार्ज गर्दा दुई दिनका लागि सय मिनेट वोनस उपलब्ध गराइनेछ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.