सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी बस दुर्घटनाका मृतक र घाइतेहरुको नामावलीसहित

महेन्द्रनगर । बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । ३४ जना भन्दा बढि घाइते भएका छन् । जिल्लाको पाटन नगरपालिका–८ स्थित खोड्पेमा बिहिवार बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी नारायण प्रसाद अधिकारीले बताउनु भयो । दुर्घटनामा परि मृत्यु भएका ९ मध्ये चार जनाको सनाखत भएको छ ।

बैतडीको दोगडाकेदार ६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार ६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भिमदत्त नगरपालिका ८ तिलाचौरका १५ वर्षीया किर्तिका कार्कीको सनाखत भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार बाको सनाखत हुने सकेको छैन ।

‘बस सडक भन्दा झण्डै ६ सय मिटर तल खसेको छ । अहिले प्रहरी र स्थानीयहरु उद्धारमा जुटेका छन् ।’ घटनास्थलबाट डिएसपी अधिकारीले भने, ‘घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा पठाइएको छ ।’ रातिको समय भएकाले अध्यारोले उद्धारमा कठिनाई भएको उहाँले बताउनु भयो ।

World Link Ads
Mahakali Polytechnic

दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस खोड्पेमा बिहिवार राती करिब साढे १० बजेतिर दुर्घटनामा परेको थियो । बसमा ४३ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरु

१.बैतडीको दोगडाकेदार–७ का बिरेन्द्र कार्की

२.कञ्चनपुरको बेलौरी नगरपालिका–७ का बिमला कुँवर

३. कञ्चनपुरको बेलौरी नगरपालिका–७ का निवेश ऐर

४. कञ्चनपुरको पुनर्वास नगरपालिका–६ की दीपा चन्द

५. कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ बिमला बडू

६. कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का सुस्मत जोशी

७. बैतडीको डिलाशैनी गाउँपालिका–१ जनक धानुक

८. दार्चुलाको गोकुलेश्वरका धन बहादुर खत्री

९. दार्चुलाको मार्मा गाउँपालिका–२ मटेलाकी जानकी सिंह

१०. बैतडीको डिलाशैनी गाउँपालिका–४ का लोकेन्द्र बोहरा

११. अछामकोे चौरपाटी गाउँपालिका–४ अमृत कुमाल

१२.कैलालीको गौरीगंगा नगरपालिका–११ का विरेन्द्र चौधरी

१३.कैलालीको फुलबारी नगरपालिकाका–१८ का लोकेन्द्र बस्नेत

१४.बैतडीको पुर्चुडी नगरपालिकाका सुरज लुहार

१५.कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का दशरथ गिरी

Sana Kishan

१६.कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का नरमा देवी धामी

१७.बैतडीको दोगडाकेदार गाउँपालिका–७ की अमृता विक

१८.कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ हर्क धामी

१९.दार्चुलाको सिपटी गाउँपालिकाका पूर्ण टमटा

२०. कैलालीको गोदावरी नगरपालिका–३ का वेद प्रकाश धामी

२१.कञ्चनपुरको बेलाडाँडी गाउँपालिका–३ का नरेन्द्र सिंह साउँद

२२.कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरकी कल्पना कार्की

२३.कञ्चनपुरको भीमदत्त नगरपालिका–८ का कौशल साउँद

डडेल्धुरा अस्पताबाट रेफर भएकाहरु

१. बिरेन्द्र घर्तिमगर

२. बिरेन्द्र चौधरी

३. सुरज बिक

४. लोकेन्द्र बोहरा

५. पूर्ण टमटा

६. संगीता बिक

७. दशरथ गिरी

८. बिरेन्द्र कार्की

९. धन सिंह खत्री

१०. कल्पना कार्की र उनका डेढ वर्षको छोरा । यो देबेन्द्र खडकाले हिमालयन टाइम्समा लेखेका छन ।

स्रोतः डडेल्धुरा अस्पताल

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.