सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल बैंकसंगको साझेदारीमा भीनपाले बिना धितो बिना ब्याज ऋण दिने

 

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाल बैंक लिमिटेडसंगको साझेदारीमा ‘बिना धितो बिना ब्याज’ ऋण उपलब्ध गराउने भएको छ ।

‘मेयर उद्ययमशीलता विकाश’ कार्यक्रम अन्तर्गत नगरपालिकाले बैंकसंगको साझेदारीमा ‘बिना धितो बिना ब्याज’ ऋण प्रदान गर्ने भएको हो ।

World Link Ads
Mahakali Polytechnic

कोरोना भाइरस (कोभिड–१९) ले रोजगारी गुमाएका वडाबासीहरुलाई रोजगारीमा जोडी अर्थतन्त्र विकासका लागि ‘मेयर उद्ययमशीलता विकाश’ कार्यक्रम अन्तर्गत ऋण प्रदान गरिने भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बताए ।

Dirghayu Ads

कोरोना महामारीले रोजगारी गुमाएर बेरोजगार भएका श्रमजनशक्तिलाई लक्षित गरी ऋण प्रदान गरेर रोजगारी सृजना गर्ने उद्देश्यले बिहिवार नगरपालिका र नेपाल बैंकबीच सम्झौता भएको भएको छ ।

‘समाजवाद उन्मुख अर्थतन्त्र विकाशको आधार, बिना धितो बिना ब्याज ऋण समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सञ्चालित ‘मेयर उद्यमशीलता विकाश’ कार्यक्रम अन्तर्गत सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानका लागि सम्झौता पत्रमा नेपाल बैंक महेन्द्रनगर शाखाका प्रबन्धक कमल बहादुर चन्द र नगर प्रमुख सुरेन्द्र बिष्टले हस्ताक्षर गरेका छन् ।

Sana Kishan

कोरोना महामारीले बेरोजगार भएका मानिसहरुलाई लक्षित गरेर ऋण प्रदान गरी स्वरोजगार बनाउन बैंकसंग सम्झौता भएको नगर प्रमुख बिष्ट बताउँछन् ।

‘कोरोना महामारीले बिदेशबाट धेरै मानिस घरमा आएर बेरोजगार बसेका छन् । उहाँहरुलाई लक्षित गरी कार्यक्रम ल्याइएको हो ।’ नगर प्रमुख बिष्टले भने, ‘त्यस्ता श्रमशक्तिलाई उत्पादनसंग जोड्न पुजीँको आवश्यकता पर्दछ । पुजीँको व्यवस्थापन गरी श्रमजनशक्तिलाई उत्पादनसंग जोड्ने कार्यक्रम रहेको छ ।’

लक्षित वर्गसम्म कार्यक्रम पुर्याउन श्रम लगानी र उद्यमशीलता सम्बन्धि नगरपालिकाले कार्यविधि निर्माण गरेको छ । स्वदेशमा केही गर्न चाहने तर पुजीँको अभावमा केही गर्न नसकेकाहरुका लागि कार्यक्रम फलदायी हुने नेपाल बैंक लिमिटेड महेन्द्रनगरका शाखा प्रबन्धक कमल बहादुर चन्दले विश्वास व्यक्त गरे ।

‘बैंकमा नगरपालिकाको कोष हुन्छ । सो कोषको दुई गुणा ऋण लगानी गर्न तयारी छ ।’ उनले भने, ‘ऋणका लागि व्यक्ति वा फर्म छनौट तथा सिफारिस गर्ने बेलासम्म बैंकको सहभागीता हुने हुनाले अरु कर्जाको जस्तो झन्जटिलो र प्रक्रिया लामो हुदैन । ७ कार्य दिन भित्र सम्पूर्ण प्रक्रिया सकिने छ ।’

पुरुष उद्यमीको हकमा ऋणको ३.८१ प्रतिशत ब्याज नगरपालिका र ५ प्रतिशत ब्याज सरकारले ब्यर्होने छ भने महिला उद्यमीको हकमा २ प्रतिशत नगरपालिका तथा ६ प्रतिशत ब्याज सरकारले ब्यर्होने शाखा प्रबन्धक चन्दले बताए ।

उनका अनुसार कार्यक्रम अन्तर्गत तिहार पछि कृषि, जडिबुटि लगायतका क्षेत्रमा ऋण लगानी हुने छ । ऋण लगानी गर्दा व्यक्ति र फर्मको बिमाको व्यवस्था पनि गरिएको छ ।   (dainiksanchar.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.