सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेलौरी नगरपालिका कार्यालयमा गुनासो पेटिका

कञ्चनपुर, २७ कार्तिक । कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयमा गुनासो पेटिका राखिएको छ । सार्वजनिक सेवा तथा क्षमता विकास समितिको अनुगमन पछि नगरपालिका कार्यालयमा गुनासो पेटिका राख्ने कार्य भएको सार्वजनिक सेवा तथा क्षमता विकास समितिकी संयोजक तुलसी श्रेष्ठले बताउनु भएको छ ।

नगरपालिका कार्यालयमा नगर प्रमुख पोतिलाल चौधरी र प्रमुख प्रशासकीय अधिकृत खेम प्रसाद चौधरीबाट बुधबार गुनासो पेटिकाको उद्घाटन गरिएको छ । गुनासो पेटिका नगरपालिका अन्तर्गतका सम्पूर्ण शाखाहरूमा पनि राखिने सार्वजनिक सेवा तथा क्षमता विकास समितिकी संयोजक श्रेष्ठले जानकारी दिनुभएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यसअघि नगरपालिका कार्यालयमा सुझाव पेटिका समेत राखिएको भएपनि नागरिकका सुझावहरू निक्कै कम आउने गरेका छन् । नगरपालिका कार्यालयबाट प्रवाह गरिने सेवाहरू प्रति नागरिकका कुनै गुनासो वा सुझाव भए पेटिकामा राख्न समेत नगरपालिकाले सार्वजनिक अनुरोध गरेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.