Monday, November 30, 2020

आज मुम्बई र हैदराबाद खेल्दै

- Advertisement -

युएईमा जारी १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबादले खेल्दैछन्। लिग चरणको अन्तिम खेलमा साविक विजेता मुम्बई र हैदराबाद प्रतिस्पर्धा गर्न लागेका हुन्।

यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ। शारजाह क्रिकेट मैदानमा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ।आजको खेल हैदराबादका लागि निकै महत्वपूर्ण छ। मुम्बईविरुद्ध जित हासिल गर्न सके हैदराबाद नेट रन रेटका आधारमा प्लेअफमा प्रवेश गर्नेछ। उसको नेट रन रेट राम्रो छ। हैदराबादले १३ म्याचमा ६ मा जित र ७ खेलमा हारको सामना गरेको छ। १२ अंक जोडेर हैदराबाद अंक तालिकाको पाँचौं स्थानमा रहेको छ। यदि आज हैदराबाद पराजित भए प्लेअफ दौडबाट बाहिरिने छ। र, कोलकाता नाइट राइडर्सलाई फाइदा हुनेछ। कोलकताले १४ खेलमा ७ मा जित र ७ खेलमा हार ब्यहोरेको छ। र, कोलकताले तालिकामा १४ अंक जोडेको छ।

 

मुम्बईलाई हराउन सकेमा हैदराबादले कोलकातालाई नेट रन रेटमा पछि बनाएर प्लेअफ पुग्नेछ। हैदराबादको नेट रन रेट ०.५५५ छ। कोलकाता १४ अंकका साथ चौंथो स्थानमा छ। उसको नेट रन रेट ०.२१४ छ। कोलकाताको प्लेअफ यात्रासमेत यसै खेलले निर्धारण गर्नेछ। मुम्बईले जित निकालेको खण्डमा कोलकाता प्लेअफ पुग्नेछ।मुम्बई भने शीर्ष स्थानमा रहेर क्वालिफायर पुगिसकेको छ। मुम्बईले १३ खेलमा १८ अंक जोडेको छ।त्यसैले मुम्बईका लागि आजको खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ। तर, मुम्बई हैदराबादलाई हराएर लिग चरणको सुखद् अन्त्य गर्न चाहन्छ। दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोरले समेत प्लेअफ यात्रा तय गरिसकेका छन्।अब एक टिम मात्र प्लेअफमा पुग्न बाँकी रहेको छ। जसमा हैदराबाद र कोलकाताको सम्भावना छ। हैदराबाद र कोलकातामध्येको प्लेअफ पुग्ने एक टिमले इलिमिनेटरमा बैंग्लोरसँग खेल्नेछ।

 

यसअघिको भेटमा मुम्बईले हैदराबादलाई ३४ रनले पराजित गरेको थियो। मुम्बई उक्त जितलाई निरन्तरता दिन सोचमा हुनेछ। तर, हैदराबाद भने मुम्बईसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ। मुम्बईले चार पटक उपाधि जितेको छ भने हैदराबादले एक पटक उपाधि उचालेको छ।

दुवै टिमको प्रदर्शन

जारी आइपिएलमा हैदराबादले मिश्रित प्रदर्शन गरिरहेको छ। हैदराबादलाई एकपछि अर्को ठूलो झड्का लागे पनि प्रदर्शन मिश्रित नै छ। टिमका मुख्य बलर भुवनेश्वर कुमार, अलराउण्डर मिचेल मार्स र विजय शंकर चोटका कारण टुर्नामेन्टबाट बाहिरिएका थिए।हैदराबादले पछिल्ला दुई खेलमा जित निकालेर मजबुद स्थितिमा देखिएको छ। शीर्ष क्रममा ऋद्धिमान साह, डेविड वार्नरले राम्रो ब्याटिङ गरिरहेका छन्। मध्यक्रममा हैदराबादसँग केन विलियम्सन, मनीष पाण्डे र जेसन होल्डर जस्ता अनुभव ब्याट्म्यान छन्।

 

कप्तान रोहित शर्माको अनुपस्थितिमा मुम्बई इन्डियन्स १८ अंकको साथ पोइन्ट टेबलमा शीर्ष स्थानमा छ। नियमित कप्तान शर्मा केही समय अघि घाइते भएका थिए।उनको अनुपस्थितिमा किरोन पोलार्डले टिमको कप्तानी गरिरहेका छन्। उनको कप्तानीमा पनि मुम्बईले राम्रो प्रदर्शन जारी राखेको छ। आज मुम्बईले टिममा व्यापक परिवर्तन गर्नसक्छ। मुम्बईका लागि आजको खेल प्रतिष्ठाको लडाई मात्रै भएकाले बेन्चमा बसेका खेलाडीहरूलाई मौका मिल्न सक्छ।

 

हेड–टु–हेड

आइपिएलमा हालसम्म सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स १५ खेलमा सामनेसामने भएका छन्। जसमा ८ खेल मुम्बई र ७ हैदराबादले जितेको छ। टिम जितमा सफल भएको छ। यदि हैदराबाद आज जित्न सफल भयो भने, यो मुम्बईसँग खेल्नेछ। पछिल्लो ६ खेलमा मुम्बईले ४ पटक हैदराबादलाई हराएको छ।

 

मुम्बईको सम्भावित प्लेइङ–११

इशान किशन, क्विन्टन डिककरक्रिस लिन, सूर्यकुमार यादव, सौरभ तिवारी, किरण पोलार्ड (कप्तान), कृणाल पांड्या, नाथनकुल्लटर नाइल, जयन्त यादवरअनुकूल रोय, राहुल चहाररराजकुमार बलवन्त राई, ट्रेन्ट बाउल्ट र जसप्रीत बुमराहरधवल कुलकर्णी

हैदराबादको सम्भावित प्लेइङ–११

डेविड वार्नर (कप्तान), ऋद्धिमान साह, केन विलियम्सन, मनीष पाण्डे, अब्दुल सामद, अभिषेक शर्मा, जेसन होल्डर, राशिद खान, शाहबाज नदीम र खलील अहमद, सन्दीप शर्मा र थांगारासु नटराजन

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

पारस खड्का आईसीसीको दशककै उत्कृष्ट एसोसियट खेलाडीको सूचीमा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी ले तयार पार्ने एसोसिएट राष्ट्रका यो दशकका उत्कृष्ट पुरुष खेलाडीको सूचीमा नेपालका पारस खड्का पनि परेका छन्। आईसीसीले मंगलबार सार्वजनिक गरेको...

बीबीएल : होबार्टमा आवद्ध को-कोले खेलेका छन् आईपीएल?

१० औँ सिजनको बीबीएल आउँदो १० डिसेम्बरदेखि अष्ट्रेलियामा सुरु हुँदैछ । यो पटक पनि नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बीबीएल खेल्दैछन् । उनले आसन्न सिजनमा...

बिग ब्यास : सन्दीपले होबार्टबाट खेल्ने

काठमाडौं,४ मङ्सिर- राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलिया चर्चित बिग ब्यास लिग (बिबिएल) होबार्ट हरिकेन्सबाट खेल्ने भएका छन् । यस अघिका दुई सिजन...

बंगलादेशसँग नेपालको बराबरी

काठमाडौं । नेपालले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । ब्मक दथ ब्मःबलब.लभत बंगलादेशविरुद्ध...

नेपाल र बंगलादेशबीचको खेल यसरी हेर्नुहोस् लाईभ !

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । ‘मुजिब वर्ष फिफा...

कुन च्यानल , कसरी ,कहां, कहिले र कति बजे नेपाल र...

नेपाल र बंगलादेश बिच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुदैछ । यस खेलको बारेमा धेरै हाम्रा मित्रहरूको प्रश्न थियोस कुन च्यानल, कसरी ,कहां, कहिले र कति...

दिल्लीलाई ५ विकेटले पराजित गर्दै मुम्बई आईपीएलको उपाधी जित्न सफल

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ । दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८।४ ओभरमा...

खुसिको खबर ! दिल्लीले टस जितेर ब्याटिङ रोज्यो, फाईनल खेलमा भने...

  इन्डियन प्रिमियर लिग (आईपीएल) टी(२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदैछ । सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया