Friday, November 27, 2020

मेसिनले धपाएको बाँदर घुमीफिरी आउँदा किसान चिन्तित, बाँदर भगाउन रातभरी शंख बजाउदैँ

- Advertisement -

बलेवा – बर्खाको खेती होस् वा हिउँदको तरकारी । घर छेउका जङ्गलमा बस्ने बाँदरको बथानले सधैँ विनाश मच्चाउने । खान भनेर लगाएको खेती बाँदरले बोकेर हिँडेपछि किसान सधैँ निराश ।

खेतीपाती नासिएकै पीडाले जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका केही घर विस्थापित भए । जैमिनी नगरका सबै वडामा बाँदरको समस्या उस्तै छ । सेतो रङ भएको ठुलो बाँदरभन्दा रातो रङ भएको सानो बाँदरले घरघरमै पसेर खाद्यान्नको विनाश गर्छ । ससना बालबच्चा र एक्लै भेटिने वयस्कलाई समेत बाँदरले टेर्दैन । कुकुरलाई एक्लै भेटेर बाँदरले कुटेका कयौँ उदाहरण किसानसँग छन् ।

समूह बनाएर बाँदर लखेट्ने, एक दुईवटा बाँदर समाउनेदेखि बाँदरले मन नपराउने मोलासिस जातको घाँस लगाउनेसम्मका विधि किसानले गरे तर केही सीप लागेन । अघिल्लो आर्थिक वर्षमा किसानका गुनासालाई सम्बोधन गर्न नगरपालिकाले बाँदर नियन्त्रणका लागि रु पाँच लाख विनियोजन गर्यो । दश वडा रहेको नगरमा हरेक वडालाई र ५० हजार बाँदर नियन्त्रणका लागि अनुदान दिइयो तर केही लागेन । “चौबीसै घण्टा हेरेर बस्ने समय किसानसँग हुँदैन, आँखा चिम्लियो कि खेतीमा बाँदरको रजाईँ”, जैमिनी–१ कुश्मीशेराका प्रेम पौडेल भन्नुहुन्छ, “हामीले जानेको सबै विधि अपनाइयो, बथान बढाएको बाँदरले टेर्नै छोड्यो ।”

नगरपालिकाले स्याङ्जाबाट खरिद गरेर बाँदर लखेट्ने मेसिनसमेत किसानलाई दिएको छ । कार्बन पड्काउने मेसिनले धपाएको बाँदर घुमीफिरी आउँदा किसान थप चिन्तित थिए । अनेकौँ उपाय लगाएर बाँदर धपाउँदा पनि केही नलागेपछि चिन्तित रहेका यहाँका केही किसानले पछिल्लोपटक अपनाएको विधि भने प्रभावकारी बन्न थालेको छ ।

साविकको कुश्मीशेरा गाउँ विकास समिति–२ का किसानले पछिल्लो समय बालीमा बाँदर पसेपछि शङ्ख बजाउन थालेका छन् । शङ्खको आवाजले बाँदर भाग्न थालेपछि किसानले घरेलु विधि अपनाएका हुन् । “सुन्दा नराम्रो सुनिन्छ, पहिले एकदुई पटक एकोहोरो शङ्ख फुक्दा गाउँले तर्सिए”, वडा नं. १ का वडा सदस्यसमेत रहेका किसान रुद्रनाथ शर्माले भन्नुभयो, “बाँदर बसेको ठाउँमै पुगेर एकोहोरो शङ्ख फुकेपछि केही दिन फर्किन्न ।”

अहिले गाउँका सबैलाई बाँदर आउँदा शङ्ख फुक्ने बानी परेको छ । सबैको घरमा शङ्ख हुने र फुक्नसमेत सबैले सक्ने भएकाले यो विधि उपयुक्त रहेको शर्मा बताउनुहुन्छ । किसानले शव बोकेर सागर जाने समयमा बजाएको शङ्खको आवाजले बाँदर भागेको देखेर यो विधि अपनाएका हुन् ।

बाँदर मार्न नपाइने भएकाले नियन्त्रण गर्न निकै समस्या रहेको सरोकारवाला बताउँछन् । “नमारेसम्म बाँदर डराउँदैन, कानूनीरूपमा मार्न मिल्ने व्यवस्था छैन”, जैमिनी–२ का अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले भन्नुभयो, “पहिले लेकमा नदेखिने बाँदर आजभोलि माथि उक्लिएको छ ।” उपयुक्त विधि पाए नगरले लगानी गरेरै भए पनि बाँदरको नियन्त्रण गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । upaharkhabar

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिने

सरकारले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सगरमाथाको नयाँ उचाइ यसै महिना सार्वजनिक गर्ने भएको...

एक जना मृत अवस्थामा फेला

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–०६ का ४० वर्षीय राजेन्द्र चन्द पुर्व–पश्चिम महेन्द्रराजमार्गको सुकासालमा मृत अवस्थामा फेला परेको जिल्ला...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

कक्षा १२ को परीक्षा आजदेखि, ४ लाख ३२ हजार परीक्षार्थी सहभागी...

काठमाण्डौ – कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन् । देशभर ४ हजार एक सय ५...

खोस्यो पाँच वरिष्ठ चिकित्सक कोरोनाले

कोरोना संक्रमणका कारण नेपालमा हालसम्म पाँचजना वरिष्ठ चिकित्सकले ज्यान गुमाएका छन्। पछिल्लोपटक गत शनिबार काठमाडौंको ओम अस्पतालका वरिष्ठ जनरल ७८ वर्षीय र्सजन डा। धु्रब...

२७ बर्षिया अंशु गुरुङ व्रिटिश आर्मीको क्याप्टेन बनीन्, क्याप्टेन बन्ने पहिलो...

लण्डन । नेपालकी एक युवती बेलायती सेनाको उच्च तहमा पुगेकी छन् । नेपालको कास्की जिल्ला ‘पोखरा, लेखनाथ महानगरपालिका वडा नम्बर २२ भुम्दी निवासी डेन्टिस्ट...

लिंगालाई मुख्य पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा विकास गरिने

महेन्द्रनगर, ८ मंसिर । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित लिङ्गा क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । वेदकोट नगरपालिकाले लिङ्गा क्षेत्रलाई नगरकै पर्यटन प्रवद्र्धनको...

देशभर १९८० जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया