Sunday, November 29, 2020

पूजनीय चन्द्र देवको जन्मको कथा

- Advertisement -

सुन्दर र चम्किलो चन्द्रमालाई हिन्दू धर्ममा देवताको स्थान दिइएको छ । पूजनीय चन्द्रदेवको जन्मको कथा पुराणहरूमा फरक फरक रूपमा प्रस्तुत गरिएको छ ।

वैदिक साहित्यमा चन्द्र अर्थात् सोमको स्थान प्रमुख देवताका रूपमा रहेको छ । अग्नि, इन्द्र, सूर्य लगायतका देवहरू जस्तै सोमको स्तुतिका मन्त्रहरूको रचना ऋषिहरूले गरेका हुन् ।

पुराणका अनुसार चन्द्रको उत्पत्तिःमत्स्य एवं अग्नि पुराण अनुसार ब्रह्माजीले सृष्टि रचना गर्ने विचार गरेपछि सबभन्दा पहिला संकल्पको माध्यमले मानसपुत्रको रचना गरे ।

उनीहरूमध्येका एक मानसपुत्र ऋषि अत्रिको विवाह ऋषि कर्दमकी कन्या अनसूयासँग भएको हो । उनीहरूबाट दुर्वासा, दत्तात्रेय र सोम तीन पुत्र उत्पन्न भए । सोम चन्द्रमाकै अर्को नाम हो ।

पद्मपुराणमा चन्द्रको जन्मको अर्को वृत्तान्त पाइन्छ । ब्रह्माले आफ्नो मानसपुत्र अत्रिलाई सृष्टि विस्तार गर्ने आज्ञा दिनुभयो । यसका लागि महर्षि अत्रिले अनुत्तर नामक तप आरम्भ गर्नुभयो ।

तपस्याकालमा एक दिन महर्षिका नेत्रबाट जलका केही थोपा चुहिए । ती थोपा अत्यन्त चम्किला थिए ।

दिशाहरूले स्त्रीरूप धरेर पत्रप्राप्तिको कामना गर्दै ती थोपा पिए जुन उनीहरूको पेटमा गर्भ रूपमा स्थापित भयो । तर त्यस चम्किलो गर्भलाई दिशाहरूले राखिरहन सकेनन् र त्यागिदिए । त्यही त्यागिएको गर्भलाई ब्रह्माले पुरुष रूप दिए जो चन्द्रमाको रूपमा प्रख्यात भयो ।

देवताहरू, ऋषिहरू र गन्धर्वहरूले उनको स्तुति गरे । उनकै तेजबाट पृथिवीमा दिव्य औषधि उत्पन्न भए । ब्रह्माजीले चन्द्रमालाई नक्षत्र, वनस्पति, ब्राह्मण र तपको स्वामी नियुक्त गरे ।

स्कन्द पुराणका अनुसार देवता तथा दैत्यहरूले क्षीरसागर मन्थन गरेपछि त्यहाँबाट चौध रत्न निस्केका थिए । चन्द्रमा तिनै चौध रत्नमध्ये एक हुन् जसलाई लोककल्याणका लागि मन्थनबाट प्राप्त कालकूट विष पिउने भगवान् शंकरले आफ्नो शिरमा राख्नुभएको छ ।चन्द्रमाको विवाह दक्षप्रजापतिका छोरीहरू २७ नक्षत्रसँग भएको थियो । सत्ताईस नक्षत्रको भोगबाट एक चन्द्रमास पूर्ण हुन्छ । gnewsnepal

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...

खाना हातले खानु राम्रो कि चम्चाले ?

हाम्रो देशको सहरी भेगका अधिकांश व्यक्तिहरू हातले खाना खान मन पराउँछन् ।पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खानाखाने हाम्रो पुरानो संस्कार हो ।तर बिस्तारै...

ग्याँ’स चु’ल्हो फो’होर भएर है’रान हुनुहुन्छ ? यसरी चम्का’उनुहोस्।

भान्सामा दैनिक प्रयोगमा आउने सामान हो, ग्या’स चु’ल्हो । खा’ना प’काउनेदेखि पानी त’ताउने कामसम्म यसमा गरिन्छ । खाना बनाएपछि पुरै भा’न्साको स’फाई गर्नु र...

विदेशमा श्रीमान हुनेका श्रीमतिहरुले एक पटक अवस्य पढ्नु होला

मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई वि;दाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ ।सम्बन्ध भनेको विश्वास त हो नि उहाँलाई...

कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय ५ पुग्‍यो

काठमाडौं:  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको...

श्रीमती सधैं श्रीमानको बाँया तिर किन सुत्छिन….? जानी राखौ

सुन्दा अचम्म लाग्न सक्छ । श्रीमान श्रीमतीबीच शिष्टाचार वा म्यानरर्स जस्ता औपचारिकता किन आवश्यक छ ? तर श्रीमान श्रीमतीबीच सानो तिनो झगडा, मनमुटाव हुने...

सुनौलो रङ्गको नाग देवताको दर्शनले मात्रपनि तपाईको भाग्य खुल्छ रे (ॐ...

मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया