सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तपाइलाई चायाको समस्या छ, यि समस्याबाट कसरी छुटकारा पाउने ?

बजारमा त्यस्ता धेरै स्याम्पोहरु उपलब्ध छन् । जसको प्रयोग गरेपछि चायाको समस्या टाढा हुन्छ भन्ने दाबी गर्छन् । यद्यपि, यी स्याम्पोमा केमिकलको मात्रा धेरै हुन्छ र त्यसको नियमित प्रयोगले कपाल रुखो हुन्छ । चायाबाट छुट्कारा पाउनका लागि केही घरेलु उपायहरु अपनाउनुपर्छ ।

जुन यसप्रकार छन् ः

नियमित कपाल कोर्नुपर्छःजब तपाईं कपाल कोर्नुहुन्छ, तपाईंको टाउकोको छाला उत्तेजित हुन्छ र रक्तसञ्चार बढ्छ ।

World Link Ads
Mahakali Polytechnic

जसले टाउकोको छालामा हुने प्राकृतिक तेलको मात्रा बढ्छ ।

Dirghayu Ads

त्यसो गर्नाले कपाल र छाला दुबै स्वास्थ हुन्छ र चायाबाट मुक्त भइन्छ ।

त्यसैले नियमित रुपमा कपाल कोर्नुपर्छ ।खानामा मात्र होइन नुहाउँदा पनि नुनको प्रयोग गर्दा कपाल चम्किलो हुन्छ । प्रायः जसोे मानिसहरु नुनलाई केवल खानाको लागि मात्र प्रयोग गर्छन् ।

तर, यदि यसलाई पानीमा मिसाएर नुहाइयो भने शरीरलाई विभिन्न तरिकाको फाइदा हुनसक्छ ।

त्यसमा समावेश म्याग्नेसियम, क्याल्सियम, सोडियम जस्ता मिनरल्सले शरीरलाई इन्फेक्सनबाट बचाउँछ ।

नुन पानीमा समावेश तत्व फङ्गलले इन्फेक्सन बढ्नबाट रोक्छ ।

Sana Kishan

दिनहुँ नुन पानीले नुहाउनाले चायाबाट राहत प्राप्त हुन्छ ।

नुन पानीले नुहाउनुको फाइदाःनुन पानीले नुहाउनाले रक्तसञ्चार राम्रो हुन्छ ।

कपालमा भएको किटाणु हट्नुको साथै चाया पुनः आउँदैन । कपाल स्वस्थ र चम्किलो हुन्छ । नुनपानीले छालाको मृत कोशिकाहरुलाई निकाल्न सहयोग गर्छ । दिनहुँ त्यो पानीले नुहाउनाले छाला कोमल र चमकदार हुन्छ ।

संक्रमणबाट बचाउँछःनुन पानीले भरपुर मात्रामा म्याग्निसियम, क्याल्सियम, सोडियम जस्ता मिनरल्स हुन्छ । यसले छालाको छिद्रमा पुगेर सफा गर्छ । यसले छालामा इन्फेक्सन हुने खतरा पनि कम हुन्छ ।

राम्रो निद्राःनुनपानीले नुहाउनाले थकान र तनाव कम हुन्छ । यसले दिमागलाई शान्ति प्राप्त हुन्छ र राति राम्रो निद्रा लाग्छ ।

हड्डीको दुखाई र मांसपेशीहरुलाई आराम हुन्छःनुन पानीले नुहाउनाले हड्डीमा हुने पीडाबाट राहत प्राप्त हुन्छ । यसले अस्टियो अर्थराइटिस र टेन्डिनिटिस जस्ता जोर्नीको पीडाको समस्यामा आराम प्राप्त हुन्छ ।

धेरै पानी पिउनुपर्छःजाडो मौसममा सामान्यतया पानी पिउँदा चिसो महसुस हुन्छ । त्यसैले प्रायः मानिस जाडोमा पानी कम पिउँछन् । तर, यसो गर्दा तपाईंको छाला र कपाल दुबै सुख्खा हुन्छ र यसले चायाको समस्या बढ्छ । त्यसैले चाया नओओस भन्नका लागि पर्याप्त पानी पिउनु आवश्यक छ ।

यी तरिकाहरु अपनाउनु पर्छः(गालभेँडाको रस र मुल्तानी मिट्टी मिसाएर एउटा घोल तयार पार्ने । त्यसलाई कपालमा लगाएर केही समय त्यसै छाडिदिने । जब घोल सुख्छ, त्यसपछि कपाल नुहाउने ।

हप्तामा दुईपटक त्यस्तो गर्नाले केही दिनमा नै फरक देखिन्छ ।(एलोभेराको रसले मसाज गर्नु पनि फाइदाजनक हुन्छ ।(मेथीको गेडालाई भिजाएर त्यसको पेस्ट तयार गर्ने र त्यसलाई टाउकोको छालामा लगाउने र केही बेर सुक्न दिने केही समय पछि कपाल धुने ।(नरिवलको तेल अथवा ओलिभ ओयलमा कपूर मिलाएर कपाल मसाज गर्ने । यसले चायाको समस्या कम हुन्छ । gnewsnepal

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.