Saturday, November 28, 2020

तपाईलाई थाहा छ ? मायामा पर्दा स्वास्थ्यमा यतिधेरै फाइदा छन्ः

- Advertisement -

छालामा चमकःमायामा पर्दा एउटा अनौठो अनुभव हुन सक्छ। आफूलाई संसारकै उच्च स्थानमा रहेको अनुभूति हुनुको अतिरिक्त मायाले तपाईंको छालामा चमक थपिदिन्छ। विज्ञहरुका अनुसार मायामा पर्दा शरीरले इन्डोरथिन्सलगायतका हर्मोन निष्कासन गर्छ।

यसले पीडाबोधक हर्मोन कोर्टिसोल निष्कासनको मात्रा घटाउन सहयोग गर्छ।डिप्रेसन जित्ने शक्तिःमाया गर्ने व्यक्तिको साथ र हात पाएपछि डिप्रेसनलाई सजिलै हराउन सकिन्छ। वैज्ञानिकहरुका अनुसार मायाले इन्डोरथिन्सलगायतका खुसी बनाउने हर्मोन निष्कासन गर्न सहयोग पु¥याउँछ। शरीरमा यस हर्मोनको वृद्धिले डिप्रेसनलाई जित्न सहयोग पु¥याउँछ।

कमजोरीबाट टाढै राख्छःअमेरिकाको हेल्थ एन्ड ह्युमन सर्भिस डिपार्टमेन्टको एक प्रतिवेदनअनुसार मायामा परेका जोडी अन्यको तुलनामा अझै बढी स्वस्थ र उनीहरुमा अन्य रोग वा कमजोरीको मात्रा तुलनात्मक रुपमा कम हुन्छ। यसको निश्चित कारण पत्तो नलगाए पनि एक अर्काको मायामा परेको जोडी अझै स्वस्थ भएर दीर्घजीवी हुने विषयमा चासो देखाउने, उचित व्यायाम गर्ने र नियमित परीक्षण गर्छन्।

रक्तचाप घटाउँछःएनल्स अफ बियभियरल मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार खुसी विवाह वा सम्बन्ध भएको जोडीको रक्तचाप अन्य (अविवाहित वा एकल)को तुलनामा न्यून थियो। तपाईंको सम्बन्धले रक्तचापलाई निर्देशित गर्ने स्वास्थ्य विज्ञहरु बताउँछन्।

उनीहरुका अनुसार असन्तुलित वा नराम्रो सम्बन्ध हुने मानिसको रक्तचाप उच्च हुने गर्छ।तनाव घटाउँछःमायाजालमा उनिनु निकै रमाइलो अनुभूति हो। राम्रो सम्बन्ध हुने जोडीमा निरन्तर खुसी बनाउने हर्मोन निष्कासन हुन्छ र तनावलगायतलाई हराउँछ। यसबाहेक तपाईं खुसी हुँदा दुःखी बनाउने हर्मोन कोर्टिसलको मात्रा घट्छ र बिन्दास भएर बाँच्न सकिन्छ।

उपचार छिटोःहो, मायाले उपचार छिटो हुने वैज्ञानिक रुपमै प्रमाणित भइसकेको छ। अर्काइभ अफ जनरल साइक्याट्रियामा प्रकाशित एक अध्ययनअनुसार राम्रो र स्थिर सम्बन्ध हुने जोडीको घाउ अन्यको तुलनामा निकै छिटो निको भएको थियो।

नराम्रो वा खराब सम्बन्ध हुने व्यक्तिमा न्यून उपचारको क्षमता भएको पनि अध्ययनले पुष्टि गरेको छ। निकै निराश, दुःखी, एक्लो वा हीनताबोध गर्ने व्यक्तिमा कोषहरु खुम्चिने भएकाले पनि उनीहरुको उपचार ढिलो हुन्छ।

दीर्घायुको अवसरःविज्ञहरुका अनुसार खुसी र स्थिर सम्बन्ध भएका मानिसहरु धेरै वर्ष बाँच्छन्। मायाले एक अर्कोलाई सुरक्षा र आफ्ना दुःखसुःख आदानप्रदान गर्ने अवसर दिन्छ। जोडीमध्ये एउटालाई समस्या पर्दा अर्काेलाई आफ्ना समस्या सेयर गर्ने र छलफलबाट समाधानको उपाय समेत खोज्ने हुँदा प्रायः समस्या समाधान गरी विभिन्न रोग लाग्नबाट बचाउनुका साथै दीर्घजीवी हुने अवसर प्रदान गर्छ।

शारीरिक तन्दुरुस्तीःसँगसँगै मिलेर काम गर्ने र सल्लाह गर्ने जोडीले सजिलै आफ्नो उद्देश्य पूरा गर्न सक्छ। यसबाहेक मायामा जमेको जोडीले एक अर्कालाई स्वस्थ रहन उत्प्रेरणा दिनुका साथै सुन्दर र फुर्तिलो हुन हौसला प्रदान गर्छ।मासिक धर्म नियमितःमाया र नियमित यौ न सम्पर्कले तपाईंको मासिक धर्मलाई नियमित बनाउन सहयोग गर्छ।

प्लान्ड प्यारेन्टहुडमा प्रकाशित एक अध्ययनअनुसार सातामा कम्तीमा एकपटक यौ न सम्पर्क गर्ने महिलामा मासिक धर्म नियमित पाइएको थियो। gnewsnepal

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

दोस्रो बैँस किन चढ्छ ४० बर्ष नाघेपछि महिलाहरुमा ?

बुडापाकाहरु को एउटा पुरानो भनाई गाउघरमा सुनिरहनु भएकै छ होला नि, चालिसे लागेछ बैस जागेछ । यो उखान पहिलेको बुडापाकाहरुले भन्ने गरेका हुन् ।...

बुढा र बुढीको कथा

Nawaraj Kalauni                    बुढा र बुढीको कथा पहाडको कुनै एक गाउँमा दुई जना बुढाबुढी बस्ने हुन्छ्न। उनिहरुका...

दम्पतीहरुबीच कस्तो अवस्थामा शारीरिक सम्बन्ध बनाउन हुँदैन ?

कस्तो अवस्थामा शारीरिक सम्बन्ध बनाउन हुँदैन ? यौन एक शारीरिक क्रिया भएपनि यसमा मानसिक तयारी र उपस्थिती अनिवार्य हुन्छ । त्यसैले यौन सम्बन्धका लागि श्रीमान...

नारीका यी स्वभावले बिग्रन्छ घर परिवार, बन्छ जीवन नर्कसमान

भनिन्छ, कुनैपनि घरको सौभाग्य भनेको नारी हो। असल नारी घरमा छिन् भने त्यो घर स्वर्गसमान हुन्छ।तर, दुष्ट नारी भएको घर सँधै झगडाको अखडा बन्छ।...

आफूलाई आ’कर्षक देखाउन के गर्छन् ब’लिउड अभि’नेत्रीहरु

हिले को’रोनाको कारण मे’कअप गर्ने, पा’र्लर धा’उने अनु’कुल वा’तावरण छैन । त्यसो त धेरैजसो अ’वस्थामा घ’रभित्र बस्नुपर्ने, हिँ’डडुल गर्दा मास्क लगाउनुपर्ने भएकाले पनि मे’कअप...

रोमान्टिक यौ’न कथा ः अब अर्को पटक चाहिँ सिकेर मात्र आउनु...

हजुर लाइ बच्चा बनाउन के गर्नु पर्छ भनेर त राम्रो संग आउँदो रैछ, तर नबनाउन के गर्नु पर्छ भनेर चाहिँ सिकाउनै पर्ने भएछ।” उसले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया