सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

क्यानडाले तीन वर्षमा १२ लाख आप्रवासी भित्र्याउने

१६ कात्तिक, काठमाडौं । क्यानडाले अबको तीन वर्षमा १२ लाख आप्रवासीलाई आफ्नो मुलुकमा भित्र्याउने योजना अघि सारेको छ । क्यानडाका संघीय आप्रवासन मन्त्री मार्को मेन्डिसिनोले श्रम बजारमा देखिएको अभाव पूरा गर्न यो योजना अघि सारिएको बताएका छन् ।

साथै यसको माध्यमबाट मुलुकको अर्थतन्त्रमा पनि सुधारका लागि सहयोग पुग्ने उनको भनाइ छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण अहिले क्यानडाको अर्थतन्त्र र श्रम बजार कमजोर बनेको अवस्थामा क्यानडाले यस्तो योजना ल्याएको हो ।

Sana Kishan

ओटावामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मेन्डिसिनोले सन् २०२१ मा चार लाख एक हजारलाई स्थायी बसोबासको अनुमति दिने, सन् २०२२ मा चार लाख ११ हजार र २०२३ मा चार लाख २१ हजारलाई यो अनुमति दिने बताएका हुन् ।

World Link Ads
Mahakali Polytechnic

उनले अहिले क्यानडालाई धेरैभन्दा धेरै कामदारहरु चाहिएको र त्यसका लागि आप्रवासन महत्वपूर्ण हुने उनको भनाइ छ । उनले क्यानडाको श्रम बजारमा बाहिरबाट आएका मानिसहरुले महत्वपूर्ण भूमिका निभाइरहेको बताएका छन् । अनलाइनखबर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.