Thursday, December 3, 2020

ओसामा बिन लादेनसँग अन्तर्वार्ता लिने चर्चित पत्रकार रोबर्ट फिस्कको निधन

- Advertisement -

डबलिन – मध्यपूर्व र अन्तर्राष्ट्रिय मामिलासम्बन्धी लामो समय रिपोर्टिङ गरेका चर्चित पत्रकार रोबर्ट फिस्कको निधन भएको छ । आइरिस टाइम्सका अनुसार उनको शुक्रबार डबलिनस्थित सेन्टर भिन्सेन्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

शुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएको केही बेरमै उनको मृत्यु भएको आइरिस टाइम्सले जनाएको छ । उनलाई पक्षघात भएको हुन सक्ने आशंका गरिएको छ । उनी ७४ वर्षका थिए ।

उनले ब्रिटिस अखबरा ‘द इन्डिपेन्डेन्ट’ का लागि द्वन्द्वग्रस्त मध्यपूर्वबाट लामो समय रिपोर्टिङ गरेका थिए । युद्ध्रग्रस्त क्षेत्रको रिपोर्टिङका लागि चिनिएका पत्रकार फिस्कले पत्रकारिताका लागि दिइने अरवेल पुरस्कार, ब्रिटिस प्रेस अवार्डलगायत थुप्रै पुरस्कार प्राप्त गरेका छन् ।

सन्डे एक्सप्रेसबाट पत्रकारिताको करियर सुरु गरेका फिस्कले सन् १९७२ मा द टाइम्सका लागि उत्तरी आयरल्यान्डको संघर्षको रिपोर्टिङ गर्न बेलफास्ट गएका थिए । सन् १९७६ मा उनी मध्यपूर्व मामिलाका संवाददाता बनेका थिए । लेबनानको राजधानी बेरुतबाट त्यहाँको गृहयुद्ध, इरानी क्रान्तिका साथै अफगानिस्तान–सोभियत संघ युद्ध र इराक–इरान युद्धको पनि उनले रिपोर्टिङ गरेका थिए । व्यवस्थापकीय टिमसँग मनमुटाव भएपछि सन् १९८९ मा उनले ‘द टाइम्स’ छाडेर ‘द इन्डिपेन्डेन्ट’ गएका थिए ।

आतंकवादी संगठन अल कायदाका ओसामा बिन लादेनसँग अन्तर्वार्ता लिने थोरै पत्रकारमध्ये पर्छन् फिस्क । उनले ओसामासँग तीन पटक अन्तर्वार्ता लिएका थिए । उनले सन् १९९० को दशमा बिन लादेनसँग तीन पटक अन्तर्वार्ता लिएका थिए । सन् १९९३ मा लिएको पहिलो अन्तर्वार्तामा फिस्कले बिन लादेनलाई ‘लजालु व्यक्ति’ को संज्ञा दिँदै ‘पहाडमा लड्ने एक मुजाहिद्दीन’ को रुपमा चित्रित गरेका थिए । सन् २००१ को सेप्टेम्बरमा अमेरिकामा अल कायदाले आक्रमण गरेपछि दुई दशकसम्म फिस्कले अफगानिस्तान, सिरिया, इराक, मध्यपूर्वलगायतका क्षेत्रबाट रिपोर्टिङ गरेका थिए । उनी अरबी भाषा पनि बुझ्ने र बोल्ने गर्थे ।

सन् १९७० देखि उनले मध्यपूर्व क्षेत्रबाट रिपोर्टिङ गरेका थिए । अमेरिका तथा इजरायलका अलावा पश्चिमा देशका विदेश नीतिको कडा आलोचना गर्ने फिस्क बेलाबेलामा विवादित बनेका थिए । सिरियाली राष्ट्रपति बसर अल असादको पक्ष लिएको भन्दै उनको आलोचना हुने गरेको छ ।

झन्डै पाँच दशकसम्म बाल्कन, मध्य पूर्व, उत्तरी अफ्रिकाबाट युद्धग्रस्त क्षेत्रबाट रिपोर्टिङ गरेका फिस्कलाई सन् २००५ मा न्युयोर्क टाइम्सले ‘बेलायतका सम्भवतः सबैभन्दा प्रसिद्ध विदेश मामिला संवाददाता’ को संज्ञा दिएको थियो ।

सन् १९४६ मा उनको जन्म केन्टको माइडस्टोनमा भएको थियो । पछि उनले आयरल्यान्डको नागरिकता लिएका थिए । आयरल्यान्डका राष्ट्रपति आइतबार फिस्कको निधनमा ‘गहिरो दुःख’ व्यक्त गरेका छन् । साथै फिस्कको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको आयरल्यान्डका राष्ट्रपति माइकल हिगिन्सले बताएका छन् ।

फिस्कले ‘द प्वाइन्ट अफ नो रिटर्न : द स्ट्राइक ह्विच ब्रोक द ब्रिटिस अल्स्टर’, ‘पिटी द नेसन : लेबनान एट वार’, ‘द ग्रेट वार फर सिभिलाइजेसन : द कन्क्वेस्ट अफ द मिडिल इस्ट’ लगायतका विभिन्न द्वन्द्व र युद्धसम्बन्धी पुस्तक लेखेका छन् ।

तस्बिर : आइरिस टाइम्स

समाचार : कान्तिपुर

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक हुने

काठमाण्डौ - राष्ट्रिय परीक्षा बोर्डले भरखरै सम्पन्न भएको कक्षा १२ को परीक्षाको नतिजा एक महिना भित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । विद्यार्थीको शैक्षिक सत्र...

जापानमा पढ्न गएका नेपाली विद्यार्थीले नियम उल्लंघन गरेपछि एकै विद्यालयका ७८...

जापान`मा अध्ययनका लागि गएका ७८ जना नेपाली विद्यार्थीले जापानको आवासीय अनुमति गुमाएका छन् । उनहिरुले अध्ययनको बीचमा काम गर्नका लागि निर्धारित नियमको उल्लंघन गरेपछि...

जा’डोयाममा सुन्तला : स्वा’स्थका लागि फाइदाजनक

जाडो मौसममा सुन्तला, मौसम जस्ता फलफूलहरु सर्वत्र पाउन सकिन्छ । यद्यपि, भि’टामिन सी पर्याप्त मात्रामा समावेश भएको सुन्तला जा’डो याममा तपाईंका लागि लाभदायक हुन्छ...

चिनियाँ रक्षामन्त्री फेङ्हे काठमाडौँ आइपुगे

काठमाडौं । चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेई फेङ्हे नेपालको एकदिने भ्रमणका लागि आइतबार काठमाडौँ आइपुगेका छनु ।उनले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार...

मिसन नेपालको कंचनपुर जिल्ला संयोजकमा बोहरा र कोषाध्यक्षमा पन्त     ...

कंचनपुर , महेन्द्रनगर                                          मिसन...

सडक दुर्घटना प्रहरीका हवल्दारको घटनास्थलमै मृत्यु

कञ्चनपुर– पुर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत कञ्चनपुरको दैजीमा आईतबार भएको सडक दुर्घटनामा नेपाल प्रहरीका हवल्दारको मृत्यु भएको छ। शुक्लाफांटा नगरपालिका घर भई झोलुगें प्रहरी...

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले...

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको...

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक मृत फेला

विकास सिह महता / कञ्चनपुर, मंसिर  वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक मृत  फेला परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा नेपाल...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया