Saturday, November 28, 2020

‘दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास चाँडै हुन्छ’: उद्योगममन्त्री भट्ट

- Advertisement -

महेन्द्रनगर १७ कार्तिक । नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले दैजी–छेला औद्योगिक क्षेत्रको ढिलोमा अढाई महिना भित्र शिलान्यास गरिने बताएका छन् ।

नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको टिमले आइतबार गरेको दैजी–छेला औद्योगिक क्षेत्रको स्थलगत भ्रमण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले समृद्ध सुदूरपश्चिमको अभियान सहित कञ्चनपुरको वेदकोटमा दैजी–छेला औद्योगिक क्षेत्र सहित दर्जनौ आयोजना एक साथ सञ्चालन भइरहेको उल्लेख गरे ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश सभा सदस्य लाल बहादुर खड्काले दैजी–छेला औद्योगिक क्षेत्रलाई कञ्चनपुरको साझा परियोजनाका रूपमा द्रुत मार्गबाट यथाशीघ्र शिलान्यास गरी कार्य अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । औद्योगिक क्षेत्रमा सरकारी तथा निजी लगानीका लागि सरोकारवाला निकाय अग्रसर हुनुपर्ने नेपाल लगानी बोर्डका कार्यकारी प्रमुख सुशील भट्टको भनाइ छ ।
आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट सहित मन्त्रालय, लगानी बोर्ड, विश्व बैंकका प्रतिनिधि सहित प्राविधिक टोलीले कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ र ३ स्थित दैजी–छेला औद्योगिक क्षेत्र स्थापना हुने स्थानमा स्थलगत भ्रमण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गरेको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य डा. दीपक प्रकाश भट्ट सहित कञ्चनपुरका सबै प्रदेश सभा सदस्यहरू, स्थानीय जनप्रतिनिधि सहित सरोकारवाला र सर्वसाधारण नागरिकहरूको समेत उपस्थिति रहेको थियोे । वेदकोटका स्थानीय नागरिकहरुले दैजी–छेला औद्योगिक क्षेत्र निर्माण भए यहाँका नागरिकलाई सुविधा हुनुका साथै युवाहरुले समेत आफ्नै क्षेत्रमा रोजगारीको अवसर पाउने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले...

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको...

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक मृत फेला

विकास सिह महता / कञ्चनपुर, मंसिर  वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक मृत  फेला परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा नेपाल...

नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड द्वारा मृत्युदावि रकम भुक्तानी

कञ्चनपुर नेपालकै पहिलो र अग्रणि जीवन बीमा कम्पनी नेशनल लाईफ इन्सोरेन्स क. लि. महेन्द्ररनगर शाखााबाट आफ्ना तिनवटै छोराहरू पवन जोशी, भुवन जोशी र मिलन जोशीको...

को’रोनाले यसरी फेरिदियो जीवन, पाइलट गरिरहेछन् ‘फूड डेलिभरी’ को काम

को’रोना महामा’रीका कारण थुप्रैको जीवन नराम्रोसँग प्रभावित भइरहेको छ । संसारभरी राजगारीमा कमी आएको छ र थुप्रै क्षेत्र यस्ता छन् जुन न’राम्रोसँग धरासयी बनेका...

सु’त्नुभन्दा पहिले एक गिलास ता’तोपानी पि’उने गर्नुहोस। केहि दिनमै देख्नुहुन्छ च’मत्कार

स्व’स्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पि’उन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हुने वि’शेषज्ञहरु बताउँछन्...

रेडियो नेपालमा गाउँदा फेल भएको गीत बीबीसीमा प्रथम

स्वर परीक्षाका लागि रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा गीतकार भूपाल राईद्वारा रचित गीत गाउँदा राधा राई अनुत्तीर्ण भइन् । यो संवत् २०६१ को...

थाहा पाउनुहोस् के हो ॐ को अर्थ ?

सनातन हिन्दू धर्ममा उच्चारण गरिने सबै मन्त्रको सुरुवात ॐ बाट नै गरिन्छ । यो शब्द तपाई हामी सबैले सुनेका छौँ र प्राय हामी सबैले...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया