Saturday, November 28, 2020

नेपालको पवित्र ठाउँ जहाँबाट नेपालका १५ जिल्ला र भारतको रुपैडिया समेत देख्न सकिन्छ

- Advertisement -

नेपालकै एक यस्तो ठाउँ जहाँबाट नेपालका १५ जिल्ला र भारतको रुपैडिया समेत देख्न सकिन्छ कुमाख धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल हो । यहाँ पुग्न सल्यान सदरमुकाम खलंगाबाट आठ घण्टा पैदलयात्रा गर्नुपर्छ ।

समुद्री सतहदेखि २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको कुमाख जिमाली, मर्मपरिकाँडा र सिद्धेश्वरी गाउँको संगम पनि हो । कुमाख पहाडका विभिन्न स्थानमा रहेका दर्जनौँ गुफा आकर्षक पर्यटन केन्द्र बन्न सक्छन् ।

कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय छ । स्थानीय बासिन्दा कर्ण चलाउनेले अवलोकन र पूजाआराधनाका लागि थुप्रै मानिस गुफामा आउने बताए । ‘हरेक गुफामा रहेका विभिन्न खालका आकृति असाध्यै सुन्दर छन्,’ उनले भने ।

स्थानीयले कुमाखमा रहेको गुफाबाट पठाएका कुकुरहरू बाँझकाँडाको मोख्ला र कालागाउँको थदरामा रहेको गुफाबाट निस्किएकाले यहाँका गुफा निकै लामा भएको अनुमान गरिन्छ । ‘बूढापाकाले गुफाको लम्बाइ पत्ता लगाउन ककुर पठाएको सुनाएका थिए,’ जिमालीका लीलाधर रेग्मीले भने, ‘तर, गुफाको ५० मिटरभन्दा तल कोही गएका छैनन्

।’ कुमाखको टुप्पोबाट १५ जिल्लाका भूभाग देख्न सकिन्छ । यहाँबाट भारतको रुपैडिहासम्म देख्न सकिन्छ । कुमाख पहाडमा उच्च पहाडी जंगलमा पाइने महत्वपूर्ण जडीबुटी, वनस्पति र फूल पाइन्छन् । त्यस्तै, दुर्लभ मानिएका चराचुरुंगी र जंगली जनावर पनि यहाँ पाइन्छन् ।

कुमाखमा दृश्यावलोकनका लागि ‘भ्यू–टावर’का रूपमा विकास गर्नसके आन्तरिक पर्यटनका साथै बाह्य पर्यटनको पनि राम्रो सम्भावना रहेको छ । कोजाग्रत पूर्णिमाको दिन यहाँ रहेको सिद्ध मन्दिर र त्यसदेखि केही तल रहेको जिमालीतर्फको समथर भूभागमा मेला लाग्ने गर्छ । मेलामा आसपासका विभिन्न गाउँका बासिन्दाले स्थानीय लोकसंस्कृति झल्कने टप्पा, सोरठी, पैसेरी, झाप्रे, सरिंगेजस्ता नाच प्रदर्शन गर्छन् ।

संरक्षण र पूर्वाधार निर्माण गरेर कुमाखलाई राम्रो पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । यो ठाउँ जादा आफ्नो रोग दुख अभाव नास हुने आम बिश्वास रहेको छ त्यसैले तपाईं नपुगे पनि एक सेयर गरेर भगवान प्रती आस्था राख्नुहोला । frommandu

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

दोस्रो बैँस किन चढ्छ ४० बर्ष नाघेपछि महिलाहरुमा ?

बुडापाकाहरु को एउटा पुरानो भनाई गाउघरमा सुनिरहनु भएकै छ होला नि, चालिसे लागेछ बैस जागेछ । यो उखान पहिलेको बुडापाकाहरुले भन्ने गरेका हुन् ।...

बुढा र बुढीको कथा

Nawaraj Kalauni                    बुढा र बुढीको कथा पहाडको कुनै एक गाउँमा दुई जना बुढाबुढी बस्ने हुन्छ्न। उनिहरुका...

दम्पतीहरुबीच कस्तो अवस्थामा शारीरिक सम्बन्ध बनाउन हुँदैन ?

कस्तो अवस्थामा शारीरिक सम्बन्ध बनाउन हुँदैन ? यौन एक शारीरिक क्रिया भएपनि यसमा मानसिक तयारी र उपस्थिती अनिवार्य हुन्छ । त्यसैले यौन सम्बन्धका लागि श्रीमान...

नारीका यी स्वभावले बिग्रन्छ घर परिवार, बन्छ जीवन नर्कसमान

भनिन्छ, कुनैपनि घरको सौभाग्य भनेको नारी हो। असल नारी घरमा छिन् भने त्यो घर स्वर्गसमान हुन्छ।तर, दुष्ट नारी भएको घर सँधै झगडाको अखडा बन्छ।...

आफूलाई आ’कर्षक देखाउन के गर्छन् ब’लिउड अभि’नेत्रीहरु

हिले को’रोनाको कारण मे’कअप गर्ने, पा’र्लर धा’उने अनु’कुल वा’तावरण छैन । त्यसो त धेरैजसो अ’वस्थामा घ’रभित्र बस्नुपर्ने, हिँ’डडुल गर्दा मास्क लगाउनुपर्ने भएकाले पनि मे’कअप...

रोमान्टिक यौ’न कथा ः अब अर्को पटक चाहिँ सिकेर मात्र आउनु...

हजुर लाइ बच्चा बनाउन के गर्नु पर्छ भनेर त राम्रो संग आउँदो रैछ, तर नबनाउन के गर्नु पर्छ भनेर चाहिँ सिकाउनै पर्ने भएछ।” उसले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया