Friday, November 27, 2020

सुदूरपश्चिमका स्वास्थ्यकर्मीकालाई स्वास्थ्य व्यवस्थापन सुचना प्रणालीबारे प्रशिक्षण तालिम

- Advertisement -

महेन्द्रनगर १६ कार्तिक ।
सुदूरपश्चिम प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय राजपुर दिपायलले स्थास्वथ्यकर्मीलाई चार दिने तालिमको आयोनजना गरेको छ । स्वास्थ्य निर्देशनालयले स्वास्थ्य व्यवस्थापन सुचना प्रणालीलाई थप व्यवस्थीत बनाउँन तालिम आयोजना गरिएको हो । प्रदेशका नौ वटै जिल्लाका स्वास्थ्य कार्यालयका तथ्याङ्ककर्मी र स्थास्थ्यकर्मी सहभागी रहेको तालिम आईतबारदेखि महेन्द्रनगरमा सुरु भएको छ ।
स्वास्थ्य निर्देशनालयका तथ्याङ्क सहायक धर्मानन्द गिरीले स्वास्थ्य व्यवस्थापन सुचना प्रणाली(डिएचआईएस–२ एचएमआईएस सफ्टवेयर) र कोरोनाको रिर्पोटिङ्बारे प्रशिक्षण दिन प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरिएको बताए ।

उनका अनुसार तालिममा नौ वटै स्वास्थ्य कार्यालय तथा अस्पतालमा कार्यरत स्वासथ्यकर्मीको सहभागिता रहेको छ । तालिममा स्वास्थ्य सुचना व्यवस्थापन प्रणाली र पछिल्लो समयमा विकराल बन्दैँ गएको कोरोना संक्रमणबारे सुचनालाई प्रभावकारी बनाउनका लागि प्रशिक्षक उत्पादन गर्ने हेतुले तालिम आयोजना गरिएको उनको भनाई छ ।
त्यस्तै स्वास्थ्य निर्देशनालयका डाक्टर भुषण मिश्रले स्वास्थ्य सुचना प्रणालीलाई अझै वैज्ञानीक तथा उपलब्धीमुखी बनाउनका लागि तालिमको आवश्यकता परेको बताए । उनले तथ्याङ्ककै आधारमा नीति तथा योजना तर्जुमा हुने भएको सुचनाको संकलन र व्यवस्थापन सहि ढङ्गले राखिनु पर्ने बताए । पेसागत सिपको विकास र सत्यतथ्य सुचनाको संकलन तथा व्यवस्थापनका लागि तालिम प्रभावकारी बन्ने उनको अपेक्षा छ ।
त्यस्तै तालिमका प्रशिक्षण दिन आएका स्वास्थ्य सेवा विभागका तथ्याङ्क अधिकृत बिर बहादुर रावलले कार्य सम्पादनको समय सिर्जना हुने समस्याबारे तालिममा सिकाई हुने बताए । उनले तालिमले कार्य सम्पादनमा सहज हुने उल्लेख गदैँ यथेष्ट सुचनाको संकलन र व्यवस्थापन नीति निर्माणका लागि महत्वपुर्ण हुने बताए ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कति उमेरको हुनुभयो, कतै तपाईंलाई डाइबेटिज भएको त छैन ? यसरी...

मधुमेह अर्थात डाइबेटिज अहिले महामारीको रूपमा देखिनुका विभिन्न कारणहरू छन् । बढ्दो सहरीकरण, बसाइँ—सराइ, खानपिनमा लापरबाही, गुलियो, चिल्लो र फास्टफुडको बढी सेवन, सुविधासम्पन्न र...

चु’रोट से’वन गर्ने सा’थीको छेउमा कहिले नबस्नु। हुन्छ ख’तरनाक

चु’रोट से’वन गर्नेहरुले आफ्नो स्व’स्थ्यलाई मात्र ख’राब बनाइरहेको हुँदैन, अरुले सास फेर्ने हावालाई समेत वि’षाक्त बनाइदिन्छन् । साथै उनीहरुले चु’रोट से’वन गरेर जुन धुँवा...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो धर्म हो त्यसैले एक सेयर गरौं) मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् ।...

प्राकृतिक तरिकाबाट जन्मिएका र अपरेशनबाट जन्मिएका बच्चाहरुमा के फरक हुन्छ र...

नर्मल रुपमा जन्मेका बच्चा र अप्रेशनबाट जन्मेका बच्चा फरक हुने गर्दछन् । यस्तो हुनुको कारण कमैलाई मात्र जानकारी छ । नर्मल बच्चा जन्मँदा आमाको...

मंसिर ११ र १२ गते ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’...

बिहीबार र शुक्रबार देशभरका ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैछ । नियमित कार्यक्रम अन्तर्गत मंसिर ११ र १२ गते भिटामिन ‘ए’ र जुकाको...

धनिया स्वादका लागि मात्र होइन यी रोगको औषधि पनि हो

हाम्रो भान्सामा प्रयोग हुने धनिया स्वादका लागि मात्रै नभएर स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण हुने गर्छ । धनियाले विभिन्न रोगको औषधिको रुपमा समेत काम...

सास गन्ध आएर हैरान हुनहुन्छ ? यसो गर्नुहोस् !

सास गन्ध आएर अरुका अगाडि राम्रोसँग कुराकानी गर्नसमेत अप्ठ्यारो स्थिति आउँदा लाजको अनुभव हुने नै भयो । साथै श्वासको गन्धले मानिसको स्वास्थ्य र खानपिनको...

पिसाबको रंग हेरेर थाहा पाउनुस् आफ्नो स्वास्थ्य

शरीरमा रहेका विकारहरू निकाल्ने प्राकृतिक तरिका हो पिसाबमोचन । यसको सामान्य रंग फिक्का पहेंलो वा अलिकति गाढा पहेंलो हुनसक्छ । पिसाबको रंग हेरेर  तपाईंले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया