Sunday, November 29, 2020

दोधारा चाँदनीमा सुक्खा बन्दगाह निर्माणको कार्य अगाडि बढ्ने उद्योगमन्त्री भट्टको धारणा

- Advertisement -

कञ्चनपुर(उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले महाकाली नगरपालिकाको दोधारा चाँदनीमा सुक्खा बन्दगाह निर्माणको कार्य युद्धस्तरमा अगाडि बढ्ने बताउनुभएको छ । कैलालीको गोदावरी नगरपालिकास्थित निवासमा आज कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भारतसँग अन्तिम छलफल गरी हस्ताक्षर भएपछि निर्माण कार्यका लागि बोलपत्र प्रक्रियामार्फत अगाडि बढाइने बताउनुभयो ।

“दोधारा चाँदनीको कञ्जभोजमा सुक्खा बन्दरगाह निर्माणका लागि भारतको वन क्षेत्र मात्रै १२ किलोमिटर बढी पर्ने भएकाले भारतले सहमति गर्न मानेन्”, उहाँले भन्नुभयो, “मायापुरीमा सुक्खा बन्दगाह बनाउनका लागि भारत सहमत भएको छ ।” उहाँले भन्नुभयो, “कञ्चभोगमा बस्ती हटाउनुपर्ने थियो । यता बस्ती पनि हटाउनु पर्दैन । बन्दगाह निर्माणका लागि आवश्यक एक हजार बिघा जग्गासमेत छ, यो नै बन्दगाह निर्माणका लागि अन्तिम निर्णय हो ।”

महाकाली नदीमा बन्न लागेको छ लेनको पुल नजिकैको क्षेत्रमा बन्दगाह निर्माण हुने उहाँले बताउनुभयो । सुक्खा बन्दगाहसँग जोडिएको क्षेत्रलाई ‘क्रसबोर्डर इकनोमिक करिडोर’का रूपमा विकास गर्ने लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो ।

भारतको नयाँदिल्ली नजिक पर्ने भएकाले छोटो मार्गका रूपमा समेत रहेको चर्चा गर्नुहँुदै उहाँले ‘एशियन हाइवे’सँग यस क्षेत्रलाई जोड्ने योजनासमेत रहेको बताउनुभयो । भारतले चक्रपुर हुँदै गडीकोटको भैसाभोज हुँदै पहुँच मार्ग (कनेक्टिभी) दिने भएपछि महाकाली नगरपालिका– १ को गौरी सामुदायिक वन क्षेत्रमा सुक्खा बन्दरगाहका लागि प्रक्रिया अघि बढाइन लागेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले गौरी सामुदायिक वनमा स्थलगत निरीक्षणसमेत गर्नुभएको छ ।

यसैबीच मन्त्री भट्टले दैजी छेला औद्योगिक क्षेत्रको फाइनल अध्ययनको कार्य सकिएपछि शिल्लान्यास गरी निर्माणका कार्यलाई तीव्रताका साथ अगाडि बढाइने बताउनुभयो । दोगडाकेदार गाउँपालिकामा फस्फोरसको खानी ड्रिल गर्ने कार्य सम्पन्न भएको जानकारी दिँदै उहाँले ड्रिल गर्दा १२ देखि २७ प्रतिशतसम्म फस्फोरस फेला परेको बताउनुभयो ।

“पन्ध्र प्रतिशतभन्दा बढी फस्फोरस भएकालाई प्राविधिक दृष्टिकोणले राम्रो मानिन्छ”, उहाँले भन्नुभयो, “मल कारखानाका लागि कच्चा पदार्थ पर्याप्त रहेकाले मल कारखाना राख्न सकिन्छ ।” दोस्रो ड्रिलिङको कार्यसमेत दोगडाकेदार गाउँपालिका–५ मा गरिएको उल्लेख गर्दै उहाँले फस्फोरसको मात्रा सन्तोषजनकरूपमा फेला परेको बताउनुभयो ।

सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्ति भइसकेकाले अन्य पदाधिकारीसमेत चाँडै नियुक्त गरिने उहाँले बताउनुभयो । विश्वविद्यालयका कमीकमजोरीको विश्लेषण गरी नयाँ ढङ्गले कार्य अगाडि बढाइने उहाँको भनाइ छ । “मन्त्रालयको ७५३ वटा औद्योगिक ग्राम बनाउने योजनाअन्तर्गत गत वर्ष ७० वटा औद्योगिक ग्राम बनाउने योजना थियो । ४६ वटा मात्रै ग्राम बनाउन सकेका छौँ” उहाँले भन्नुभयो, “जसमध्ये सुदूरपश्चिम प्रदेशमा तीनवटा रहेका छन् ।”

“औद्योगिक ग्राम निर्माणका लागि गण्डक प्रदेशले सबैभन्दा बढी चासो दिएको छ । पाउनुपर्नेभन्दा बढी योजना गएका छन् । सुदूरपश्चिम प्रदेशले चासो राख्न सकेको छैन”, उहाँले भन्नुभयो । मन्त्री भट्टले महाकाली लोकमार्गको कार्यसमेत अगाडि बढाउने सरकारको योजना रहेको बताउनुभयो ।  upaharkhabar

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मिसन नेपालको कंचनपुर जिल्ला संयोजकमा बोहरा र कोषाध्यक्षमा पन्त     ...

कंचनपुर , महेन्द्रनगर                                          मिसन...

सडक दुर्घटना प्रहरीका हवल्दारको घटनास्थलमै मृत्यु

कञ्चनपुर– पुर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत कञ्चनपुरको दैजीमा आईतबार भएको सडक दुर्घटनामा नेपाल प्रहरीका हवल्दारको मृत्यु भएको छ। शुक्लाफांटा नगरपालिका घर भई झोलुगें प्रहरी...

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले...

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको...

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक मृत फेला

विकास सिह महता / कञ्चनपुर, मंसिर  वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक मृत  फेला परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा नेपाल...

सु’त्नुभन्दा पहिले एक गिलास ता’तोपानी पि’उने गर्नुहोस। केहि दिनमै देख्नुहुन्छ च’मत्कार

स्व’स्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पि’उन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हुने वि’शेषज्ञहरु बताउँछन्...

रेडियो नेपालमा गाउँदा फेल भएको गीत बीबीसीमा प्रथम

स्वर परीक्षाका लागि रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा गीतकार भूपाल राईद्वारा रचित गीत गाउँदा राधा राई अनुत्तीर्ण भइन् । यो संवत् २०६१ को...

थाहा पाउनुहोस् के हो ॐ को अर्थ ?

सनातन हिन्दू धर्ममा उच्चारण गरिने सबै मन्त्रको सुरुवात ॐ बाट नै गरिन्छ । यो शब्द तपाई हामी सबैले सुनेका छौँ र प्राय हामी सबैले...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया