Thursday, December 3, 2020

फूलमा आत्मनिर्भर बन्दै नेपाल, भारतबाट फूल नल्याइने

- Advertisement -

बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ ।गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत्पादन भएकाले आयातित फूलको आवश्यक नहुने बताइएको छ ।

तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो । गतवर्षको तिहारमा २५ लाख माला खपत हुँदा तीन लाख माला भारतबाट ल्याइएको थियो । विश्वभरि फैलिएको कोरोना भाइरसका कारण यसअघि फूलले बजार नपाए पनि तिहारमा भने स्वदेशी उत्पादनले नै धान्ने छ ।

स्थानीय फूल फुलिरहेका छन् ती सबै फूल तिहारका लागि प्रयोग हुन्छ । व्यवसायीहरुले यस वर्षको पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाएका हुनाले उत्पादन राम्रो रहेको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताउनुभयो ।

अघिल्ला वर्षको तुलनामा यस वर्षको तिहारमा उपभोक्ताले केही बढी मूल्य तिर्नुपर्छ । एउटा सयपत्री मालाको मूल्य रु ६० देखि ७० सम्म तिर्नुपर्ने देखिन्छ । ग वर्ष रु ५० देखि ६० बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको एशोसिएशनलेका अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरको छ ।

विगतका वर्षमा तिहारमा मात्रै रु १५ करोड फूलको कारोवार हुने गरेको थियो । श्रेष्ठले भन्नुभयो, “यस वर्ष भने बजारमा माग कमी भएकाले कारोवारमा केही कमी हुन्छ ।” अहिले स्वदेशमै ९५ प्रतिशत फूल उत्पादन हुन थालेकाले पाँच प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यसअघिका वर्षमा करिब १० प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।

यस वर्ष समय समयमा पानी परिरहेकाले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित तराईका केही जिल्लामा फूलको राम्रो उत्पादन भएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि काठमाडौँ उपत्यकामा नै सबैभन्दा बढी ६० प्रतिशत मालाको माग छ ।

अघिल्ला वर्षको तुलनामा कारोवारमा कमी
यस वर्ष फूलको कारोवारमा कमी आउने पक्का भएको छ । कोरोनाका कारण गत चैतदेखि असारसम्म फूलको कारोवार शून्य रहेको र पछिल्लो समय नगन्य मात्रामा कारोवार भएकाले अपेक्षाअनुरुप कारोवार नहुने भएको हो । अघिल्ला वर्षमा रु दुई अर्ब ४२ करोडको फूलको कारोवार हुने गरेको थियो । चालू आवमा रु तीन अर्ब फूलको कारोवार हुने अनुमान गरे पनि कारोनाका कारण बजारमा चहलपहल नहँुदा अनुमानभन्दा कम हुने निश्चित छ ।
तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वर्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । यसअघि कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ ।
तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ । अष्ट्रेलिया र मलेशियामा धेरै नेपालीले बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
नेपालमा व्यावसायिकरूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । यहाँ लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै फस्टाउँदै गएको छ । काठमाडौँ उपत्यकामा मात्रै ३०० व्यवसायीले यसको खेती विस्तार गरिसकेका छन् । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।upaharkhabar

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

रामचन्द्र पौडेलको आरोप: ओली सरकार अधिनायकवादतर्फ लाग्यो

तनहुँको ब्यास नगरपालिको बुल्दी खोलामा बनेको पुल उद्घाटन जाने क्रममा पक्राउ परेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार अधिनाकयवादतर्फ अघि बढेको आरोप लगाएका छन्। उनी...

बेलायतले खोल्यो वर्क परमिट, नेपालबाट पनि आवेदन दिन पाइने

लन्डन । बेलायत सरकारले मंगलबार १ डिसेम्बरदेखि 
अंकमा आधारित भिसा प्रणाली शुरु गरेको छ । बेलायतले युरोपेली संघ (ईयू) छाडेपछि संसारभरिका 
प्रतिभावान तथा दक्ष...

लैंगिक हिंसा विरुद्ध शुक्लाफाँटा नगरपालिकाको अन्तरक्रिया

शुक्लाफाँटा नगरपालिका महिला तथा वालवालिका शाखाको आयोजनामा ‘लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान’को अवसरमा बुधवार “लैङ्गिक हिंसाको अन्त्यको प्रतिवद्धता ः व्यक्ति समाज र सबैको...

सुदूरपश्चिमका सबै जिल्लामा समाजिक विकास कार्यालय स्थापना

- सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रदेशस्तरीय सामाजिक विकास कार्यालय स्थापना भएका छन् । डडेल्धुराको शिक्षा विकास तथा समन्वय एकाईमा समाजिक विकास कार्यालय स्थापना गरिएको...

दुई प्रतिशत ब्याजमा ५० लाखसम्म कर्जा लिन सकिने

काठमाडौं । नवीनतम ज्ञान, सीप र क्षमता भएको आविस्कारकर्ता, उद्यमी वा व्यवसायीलाई नवप्रवर्तनकारी उद्यम तथा व्यवसाय सञ्चालनका लागि सुरुवाती पूँजी उपलब्ध गराउन सरकारले नवप्रवर्तन...

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले वरिष्ठ नेता पौडेललाई तनहुँको व्यास नगरपालिका १ तालघरेबाट नियन्त्रणमा लिएको हो...

नगर उपप्रमुख चौधरीलाई कोभिड १९ संक्रमण : बेलौरी नगरपालिका एक हप्तासम्मका...

कञ्चनपुर, १७ मंसिर । कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालय तथा ४, ५ र ६ नम्बर वडा कार्यालय एक हप्तासम्मका लागि बन्द गरिएको छ । बेलौरी...

बैतडीमा प्रहरी चौकीमा झडप : एक घाइते, ६ जना प्रहरीको नियन्त्रणमा

बैतडी : बैतडीको एक प्रहरी चौकीमा दुई समूहबीच झडप भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा दुई समूहबीच झडप भएको हो। स्थानीय...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया