Monday, November 30, 2020

बेलायतमा दोस्रो पटक लकडाउन घोषणा

- Advertisement -

१६ कात्तिक, काठमाडौं । बेलायतले दोस्रो पटक देशव्‍यापी बन्दीबन्दी (लकडाउन) घोषणा गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिँदै गएपछि आगामी विहीबारदेखि चार हप्ताका लागि बन्दाबन्दी घोषणा गरिएको हो ।

यसअघि बेलायतमा यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा खुला गरिएको थियो ।

प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी यो पटकको बन्दाबन्दीमा पहिले जस्तो स्कुल, कलेज तथा विश्वविद्यालयहरू भने बन्द नहुने जानकारी दिए । अत्यावश्यक वस्तुबाहेकका अन्य पसलहरू पूर्णरूपमा बन्द रहने बताइएको छ ।

हस्पिटालिटी क्षेत्रमा रेस्टुरेन्ट र पबहरू बन्द रहने भए पनि टेक–वे पसलहरू भने खुल्ने बताइएको छ । पछिल्लो पटक कोरोना सङ्क्रमणको सङ्ख्या एक्कासि बढेपछि कुन तहको बन्द गर्ने भन्ने सवालमा सरोकारवालाहरूसँग करिब तीन हप्ता गरेको छलफलबाट बन्द गर्ने निष्कर्षमा सरकार पुगेको हो ।

आगामी डिसेम्बर २ तारिखपछि बन्दाबन्दी अलि खुकुलो हुने र सबै काममा फर्कन सजिलो हुने बताइएको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

चिनियाँ रक्षामन्त्री फेङ्हे काठमाडौँ आइपुगे

काठमाडौं । चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेई फेङ्हे नेपालको एकदिने भ्रमणका लागि आइतबार काठमाडौँ आइपुगेका छनु ।उनले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार...

भारतीय सेनामा कार्यरत रोहितले छोरीको अनुहार समेत हेर्न नपाई कश्मीरमा ज्या’न...

भारतको जम्मूकश्मीरमा भएको आ’तंककारी ह’मलामा राजस्थानका रोहिताश लाम्बाले पनि ज्या’न गुमाए । उनको घरमा रुवा बासी चलिरहेको छ । उनको डेढवर्ष अघि मात्रै विवाह...

फुटबलका सर्वश्रेष्ठ खेलाडी मध्ये एक डियागो म्याराडोनाको ६० बर्षको उमेरमा निधन

यस्तो छ उनको जीवन र रोचक फुटबल यात्र फुटबलका सर्वश्रेष्ठ खेलाडी मध्ये एक डियागो म्याराडोनाको ६० बर्षको उमेरमा निधन भएको छ । म्याराडोनाको ह्रदयघातबाट मृत्यु...

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ करोड नाघेको छ। वर्ल्डोमिटरको तथ्यांक अनुसार हालसम्म विश्वभर ६ करोड २ लाख ४० हजार मानिसहरु संक्रमित भएका छन्।...

कोरोनाका कारण भारतका बरिष्ठ नेता पटेलको निधन

नयाँदिल्ली, । भारतीय काँग्रेसका बरिष्ठ नेता अहमद पटेलको बुधबार निधन भएको छ । उहाँलाई कोरोनभाइरसको सङ्क्रमण पुष्टि भएको र शरिरका धेरै अंगले काम गर्न...

बिल गेट्सलाई पछि पार्दै एलन मस्क बने विश्वकै दोश्रो धनी व्यक्ति

टेस्ला इंक र स्पेक्सका फाउण्डर एवं सिईओ एलन मस्क विश्वका दोश्रो धनी व्यक्ति बनेका छन् । उनले माइक्रोसफ्टका फाउण्डर बिल गेट्सलाई पछि पारेका हुन्...

भन्दा बलिउड सुपरस्टार तर पढाइ भने जिरो रहेका यी हुन् भारतीय...

फ्यानहरु माझ उनका मनपर्ने कलाकार आइडल रहने गरेका छन् । आफुलाई मनपर्ने कलाकारको बारेमा जान्ने उत्सुकता सबैमा हुने गर्दछ ।उनीहरुको रहनसहन, अध्ययन तथा निजि...

‘फिफा द बेष्ट अवार्ड’ डिसेम्बर १७ मा भर्चुअलबाट हुने

काठमाडौं,७ मंसिर- ‘फिफा द बेस्ट अवार्ड’ समारोहकाे मिती तय भएकाे छ । काेराेना भाइरसका कारण यसपटक याे अवार्ड डिसेम्बर १७ मा भर्चुअलबाट हुने भएकाे छ...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया