Monday, November 30, 2020

मिम बनाउने उत्कृष्ट ७ एप

- Advertisement -

मिमलाई तपाईं कसरी बुझ्नुहुन्छ ? सामाजिक सञ्जालमा भेटिने फाल्तु कुरा, जसले हाम्रो समयलाई खाइरहेको छ !तर वास्तवमा मिमको अर्थ बृहत छ । यो एउटा व्यङ्गचित्र हो । समसामयिक परिस्थितिको सटिक तथा कलात्मक प्रस्तुति हो । यसले कहिले हाम्रो स्वभावमाथि व्यङग्य गरिरहेको हुन्छ, कहिले हाम्रा समान अनुभूति तथा भोगाइहरुको वर्णन गरिरहेको हुन्छ ।

मिम पढ्न र शेयर गर्न जति रमाइलो हुन्छ, यसलाई बनाउन पनि त्यति नै रमाइलो हुन्छ । धेरै मानिसहरु मिम बनाउन चाहन्छन्, तर कसरी र कहाँ बनाउने उनीहरुलाई थाहा हुँदैन । आज हामी एन्ड्रोइड प्रयोगकर्ताका लागि धेरैले प्रयोग गर्ने केही मिम क्रिएटर एपसँग परिचित गराउँदै छौं ।

जीएटिएम मिम जेनेरेटर निरन्तर अपडेट सहित आउने चर्चित मिम जेनेरेटर एप हो । यसमा आफ्नै इमेज ग्यालरी छ । साथै तपाईंले आफ्नो ग्यालरीको फोटो पनि यसमा प्रयोग गर्न सक्नुहुन्छ ।

वाटरमार्क नहुने भएकाले धेरैले यो एप रूचाउने गर्छन् । यसमा नयाँ मिम टेम्प्लेटहरु छन् । यो समय समयमा रिडिजाइन पनि हुने गरेको छ । तर यसका अधिकांश फङ्सनालिटी भने सधै पूर्ण हुन्छन् ।तर यसको निःशुल्क भर्सनमा विज्ञापनहरु राखिएका छन् । यसको प्रो भर्सनमा विज्ञापन छैन, तर मूल्य १.९५ डलर तिर्नुपर्छ । एन्ड्रोइड प्रयोगर्ताले यसलाई यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ ।

मिमेटिक ःमिमेटिक एउटा राम्रो मिम क्रिएटर एप हो । यसमा मिम टेम्प्लेटको लाइब्रेरी छ, जसमा एकदमै क्लासिक र नयाँ दुवै किसिमका छन् । तपाईंले आफ्नै फोटो प्रयोग गरेर समेत मिम तयार गर्न सक्नुहुन्छ ।यसको युआई युजर इन्टरफेस एकदमै सजिलो छ । यो एप पूर्णरुपमा निःशुल्क छ । तर यसमा केही एडहरु भने छन्, जसलाई तपाईंले हटाउन सक्नुहुँदैन । यसलाई यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ ।

मिमड्रोइड ःमिमड्रोइड पुरानो मिम जेनेरेटर एप हो । यसमा तपाईंले नयाँ(पुराना सबै मिम पाउन सक्नुहुन्छ । यसमा फोटो क्याप्सन तथा गिफ सबै कुरा अपलोड गर्न सकिन्छ । अर्को शब्दमा भन्नुपर्दा यसले एउटा असल मिम बनाउन आवश्यक सबै आधारभूत काम गर्दछ ।

यसमा त्यति धेरै अतिरिक्त फिचरहरु छैनन् । यसको फ्रि भर्सनमा विज्ञापनहरु देखिन्छन् । यसको विज्ञापनरहित सशुल्क भर्सनको मूल्य २.९९ डलर छ । यसलाई यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ । मिम जेनेरेटरःजोम्बोड्रोइडको मिम जेनेरेटर एउटा उत्कृष्ट मिम क्रिएटर एप हो । यसमा विज्ञापन रहितको सशुल्क भर्सन पनि छ । यसमा एक हजारभन्दा धेरै मिम टेम्प्लेट छन् । जसमा तपाईंले राम्रो सर्च, क्याटेगोरी र नयाँ मिमसँगको लगातार अपडेटबाट आफ्नै राम्रो मिम बनाउन सक्नुहुन्छ ।

पुरानो सामसङ फोनको फिक्स हुन नसकेको बगको कारण यसमा एपको एउटा पुरानो भर्सन मात्र चल्दछ । यो एउटा एकदमै राम्रो विकल्प हो ।यदि तपाई अन्य किसिमको मिडिया मिम सर्फ गर्न चाहानुहुन्छ भने यो एपले तपाईलाई भिडीयो गिफ र मिम साउण्डबोर्ड पनि उपलब्ध गराउँछ । यसमा निःशुल्क भर्सन पनि उपलब्ध छ । सशुल्क भर्सनको भने २.९९ डलर मूल्य रहेको छ । यसलाई यहाँबाट डाउनलोड गर्नसक्नुहुन्छ ।

आईफन्नीःआइफन्नी निःशुल्क कमेडी एप हो, जसमा तपाईंले निकै रमाइला मिमहरु बनाउन सक्नुहुन्छ । आईफन्नीको प्रयोग गर्न थालेपछि यसबाट रमाइला गिफ, भिडियो र मिमहरुको आदत पर्नेछ ।

कमेन्टमा साथीहरुलाई खोज्न र च्याट गर्न सक्ने सुविधा दिइएको छ ।साथमा तपाईंले आफ्नो मिम कलेक्सन समेत बनाउन सक्नुहुन्छ । यसमा १० मिलियनभन्दा बढीको युजर कम्युनिटी रहेको छ । यसलाई यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ ।

टम्ब्लरःटम्ब्लर लोकप्रिय भिडियो, फोटो र गिफ मेकर टुल हो । यसमा तपाईंले निःशुल्क टेक्स्ट पोस्ट र ओरिजिनल अडियो थप्न सक्नुका साथै स्पोटिफाइजस्ता लोकप्रिय स्ट्रमिङ सर्भिस जस्ता प्लेटेफर्मबाट गीतका अडियो सर्च गर्न सक्नुहुन्छ । यसलाई यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ ।गिफीःगिफी गिफ्सहरु भण्डारण हुने ठाउँ हो ।

यसले गिफ फर्म्याटमा मात्र काम गर्दछ । यसमा निःशुल्क रूपमा गिफ, स्टिकर, छोटो भिडियो खोज्न र फेसबुक मेसेन्जर, इन्स्टाग्राम, स्न्यापचाट लगायतका सामाजिक सञ्जालमा शेयर गर्न सक्नुहुन्छ । यसलाई यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ ।

बोनसमा वेबसाइट ःअहिले मोबाइल प्रविधिको युगमा धेरै मिम जेनेरेटर एपहरु हुन्छन् । तर कुनै पनि एड डाउनलोड नगरी वेबमा मिम बनाउन चाहनेहरुका लागि समेत विभिन्न विकल्प छन् । जसमा आईएमजी फ्लिप, मिमजेनेरेटर डट नेट, कापविङ, मेक अ मिम आदि केही उदाहरण हुन् । gnewsnepal

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

भारतीय समर्थकले गरे अस्ट्रेलियन प्रेमिकालाई वि’वाह प्र’स्ताव खेल भइरहेको बेला

भारत र अस्ट्रेलियाबीचको दोस्रो एकदिवसीय खेलमा क्रिकेटप्रेमीको एक जोडीले सबैको ध्यान खिचेका छन्। सिड्नी रंगशालामा खेल हेर्न पुगेका एक भारतीय समर्थकले आफ्नी अस्ट्रेलियन प्रेमिकालाई...

साडी लगाउने बेला बिर्सेर यी पाँच गल्ती पनि नगर्नुहोस्

भारी गहना नलगाउनुहोस्ः साडी लगाउँदै हुनुहुन्छ भने भारी गहना लगाउने गल्ती नगर्नुहोस् किनभने यस्तो गर्दा तपाईंको लुक बिग्रन सक्छ। ब्लाउजको फिटिङः साडीको रङसँग मेल नखाने ब्लाउज लगाउँदै...

दोस्रो बैँस किन चढ्छ ४० बर्ष नाघेपछि महिलाहरुमा ?

बुडापाकाहरु को एउटा पुरानो भनाई गाउघरमा सुनिरहनु भएकै छ होला नि, चालिसे लागेछ बैस जागेछ । यो उखान पहिलेको बुडापाकाहरुले भन्ने गरेका हुन् ।...

बुढा र बुढीको कथा

Nawaraj Kalauni                    बुढा र बुढीको कथा पहाडको कुनै एक गाउँमा दुई जना बुढाबुढी बस्ने हुन्छ्न। उनिहरुका...

दम्पतीहरुबीच कस्तो अवस्थामा शारीरिक सम्बन्ध बनाउन हुँदैन ?

कस्तो अवस्थामा शारीरिक सम्बन्ध बनाउन हुँदैन ? यौन एक शारीरिक क्रिया भएपनि यसमा मानसिक तयारी र उपस्थिती अनिवार्य हुन्छ । त्यसैले यौन सम्बन्धका लागि श्रीमान...

नारीका यी स्वभावले बिग्रन्छ घर परिवार, बन्छ जीवन नर्कसमान

भनिन्छ, कुनैपनि घरको सौभाग्य भनेको नारी हो। असल नारी घरमा छिन् भने त्यो घर स्वर्गसमान हुन्छ।तर, दुष्ट नारी भएको घर सँधै झगडाको अखडा बन्छ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया