Wednesday, December 2, 2020

आफ्नो फेसबुक ह्याक हुन नदिन गर्नुहोस् यस्तो

- Advertisement -

फेसबुक अकाउन्ट ह्या क भएको तथा डेटा लिक भएको कुरा विभिन्न प्रयोगकर्ताको बारम्बार सुनिँदै आएको विषय हो । सबैभन्दा ठूलो सामाजिक सञ्जालको रुपमा रहेको फेसबुक नचलाउने व्यक्ति अहिलेको समयमा कमै हुन्छन् । डेटा लिक हुने डरले फेसबुकबाट टाढा रहन पनि सहज छैन ।

यदि तपाईंले केही सावधानी अपनाउनु भयो भने आफ्नो फेसबुकमा भएको डेटा लिक हुने वा ह्याक हुने जोखिमबाट बच्न सक्नुहुन्छ । आज हामी तपाईंलाई आफ्नो फेसबुक अकाउन्ट कसरी सुरक्षित राख्ने भन्ने विषयमा टिप्स दिँदै छौं ।

आफ्नो पासवर्ड जोगाउनुहोसः रैजसो प्रयोगकर्ताले पासवर्ड बिर्सिने डरका कारण सहज किसिमको पासवर्ड राखिरहेका हुन्छन् । बेला बखत साइबर सुरक्षा विज्ञहरुले सहजै अनुमान गर्न सकिने पासवर्डको विषयमा सचे त गराउँदै आएका पनि छन् ।त्यसैले सधैं लामो पासवर्ड राख्ने गर्नुहोस् । त्यसमा साना अक्षर, ठूला अक्षर, विशेष क्यारेक्टर, नम्बर आदिलाई मिलाएर पासवर्डलाई बलियो बनाउनुहोस् । साथै फरक फरक अकाउन्टका लागि फरक फरक पासवर्ड राख्ने गर्नुहोस् । ता कि कुनै अर्को अकाउन्ट ह्या क हुँदा फेसबुक सुरक्षित रहोस् ।

लगइन डिभाइस चेक गर्नुहोस ःतपाईंले आफ्नो फेसबुक कुन कुन डिभाइसमा लगईन छ भन्ने कुरा सहजै थाहा पाउन सक्नुहुन्छ । त्यसका लागि सेटिङ एन्ड प्राइभेसी भित्र रहेको सेटिङ हुँदै से क्युरिबटीमा जानुहोस् र त्यहाँ रहेको सेक्युरिटी एन्ड लगइनमा प्रवेश गर्नुहोस् ।अब त्यसमा आफ्नो फेसबुक कहिले अनि कहाँ लगइन भएको थियो भन्ने सबै विवरण देख्न सक्नुहुनेछ ।

यसमा तपाईंले लोकेसन, आईपी एड्रेस र ब्राउजरको बारेमा समेत विस्तृत जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।यसरी तपाईंले आफ्नो फेसबुक कुन डिभाइसमा कहाँबाट लगइन भएको छ भन्ने कुराको जानकारी राख्न सक्नुका साथै त्यस्तो डिभाइसबाट लगआउट समेत गर्न सक्नुहुन्छ ।

अकाउन्टसँग जोडिएका एप बारे सचेत रहनुहोस ःयदि ख्याल गर्नु भएको छ भने तपाईंको फेसबुक अनेकौं अरु एपहरुसँग जोडिएको हुन्छ । यसको जानकारीका लागि फेसबुकको सेटिङ एन्ड प्राइभेसीहुँदै सेटिङभित्रको सेक्युरिटीभित्रको एप्स एन्ड वेबसाइटमा जानुहोस् ।अब तपाईंले सुरुमै लग्ड इन विथ फेसबुक अप्सन देख्नुहुनेछ ।

त्यसभित्र जानु भयो भने तपाईंले आफ्नो फेसबुक डेटामा एक्सेस बनाइरहेका एपहरु देख्न सक्नुहुनेछ ।ती एप तथा वेबसाइट मध्ये कुनैमा तपाईंलाई सन्देह अर्थात शङ्का छ भने एडिटभित्र गएर रिमुभ गर्न पनि सक्नुहुन्छ ।

म्यासेञ्जरलाई अनावश्यक पर्मिसन नदिनुहोस्ःजब तपाईं मोबाइलमा म्यासेञ्जर इन्स्टल गर्नुहुन्छ, त्यसले मोबाइलमा भएका म्यासेका साथै अन्य पर्मिसन समेत माग्दछ । तपाईंले यस किसिमको पर्मिसन दिन जरुरी छैन ।यसमा आफ्नो मोबाइल नम्बर समेत नजोड्नुहोस् । यदि भुलवश यसो हुन गयो भने आत्तिन जरुरी छैन । म्यासेञ्जर एपलाई अनइन्स्टल गरी फेरी इन्स्टल गर्नसक्नु हुन्छ ।

लगइन विथ फेसबुक फिचर प्रयोग गर्दा सचेत रहनुहोस्ःयदि तपाईंले ख्याल गर्नुभएको छ भने विभिन्न वेबसाइट तथा एपहरुमा रजिस्टर गर्दाको समयमा लगइन विथ फेसबुकको अप्सन समेत देख्नु भएको होला । त्यसो त यो फिचर सुरक्षित नै मानिन्छ ।तर यसमा कुन एपलाई कस्तो पर्मिसन दिइरहनु भएको छ भन्ने कुरा चाहिँ तपाईंले ख्याल गर्नुपर्ने हुन्छ । कतिपय समय केही एपले तपाईंको फेसबुक वालमा आफैं पोस्ट गर्ने पर्मिसन समेत लिइरहेका हुन्छन् । पछि गएर यसले निकै झन्झट निम्त्याउने गर्दछ ।

अनरिकग्नाइज्ड लगइन अलर्ट अन गर्नुहोस्ःयो फिचरको राम्रो पक्ष के छ भने जसै कुनै नयाँ व्यक्तिले कुनै अर्को ब्राउजर वा एपबाट तपाईंको फेसबुक लगइन गर्दछ भने तपाईंको मोबाइलमा तुरुन्त एउटा म्यासेज आउँछ । यदि त्यस्तो लगइन तपाईंले गर्नुभएको होइन भने तुरुन्तै पासवर्ड बदल्न सक्नुहुन्छ ।

यो फिचर एक्टिभ गर्नका लागि सेटिभित्रको सेक्युरिटी एन्ड लगइनमा जानुहोस् । अब थोरै स्क्रोल गर्नु भयो भने सेटिङ अप एक्स्ट्रा सेक्युरिटी देख्नुहुनेछ । त्यस भित्र रहेको गेट अलर्ट अबाउट अनरिकग्नाइज्ड लगइनमा थिच्नुहोस् र अन गर्नुहोस् ।

टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्नुहोस्ःफेसबुक लगइनका लागि टु फ्याक्टर अथेन्टिकेसन निकै सुरक्षित मानिन्छ । जब तपाईंले यो फिचर एक्टिभ गर्नुहुन्छ, तब कुनै नयाँ डिभाइस वा ब्राउजरमा लगइन गर्दा फेसबुकले तपाईंको मोबाइल नम्बरमा एउटा कोड पठाउने गर्दछ ।

मोबाइलमा आएको सही कोड राखेपछि मात्रै तपाईंको फेसबुक लगइन हुनसक्छ । यसबाट के फाइदा हुन्छ भने यदि कसैले गलत मनसायबाट तपाईंको फेसबुक लगइन गर्ने कोसिस गरेको खण्डमा तपाईंको फेसबुकमा उसले एक्सेस पाउने छैन ।

यसका लागि तपाईंले सबैभन्दा पहिले फेसबुकको सेटिङभित्र रहेको सेक्युरिटी एन्ड लगइनमा जानु पर्ने हुन्छ । अब त्यसमा रहेको टु फ्याक्टर अथेन्टिकेसनमा प्रवेश गर्नुहोस् । अब त्यहाँ सुरुमा रहेको युज टु फ्याक्टर अथेन्टिकेसनमा दबाउनुहोस् ।

यसमा तपाईंले यसअघि नै आफ्नो मोबाइल नम्बर राख्नु भएको छैन भने एड गर्नुपर्ने हुन्छ । अब त्यसलाई अन गर्नुहोस् । तपाईंले यसका लागि मोबाइल नम्बरसँगै अथेन्टिकेसन एपको सहारा समेत लिन सक्नुहुन्छ ।

यस्तोमा कुनै नयाँ डिभाइस वा ब्राउजरबाट तपाईंको फेसबुक लगइन गर्दा म्यासेजको रुपमा आउने कोड प्रयोग गर्ने कि आफ्नो मोबाइल डिभाइस प्रयोग गर्ने भन्ने विकल्प तपाईंले छनौट गर्न पाउनु हुनेछ ।gnewsnepal

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...

खाना हातले खानु राम्रो कि चम्चाले ?

हाम्रो देशको सहरी भेगका अधिकांश व्यक्तिहरू हातले खाना खान मन पराउँछन् ।पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खानाखाने हाम्रो पुरानो संस्कार हो ।तर बिस्तारै...

ग्याँ’स चु’ल्हो फो’होर भएर है’रान हुनुहुन्छ ? यसरी चम्का’उनुहोस्।

भान्सामा दैनिक प्रयोगमा आउने सामान हो, ग्या’स चु’ल्हो । खा’ना प’काउनेदेखि पानी त’ताउने कामसम्म यसमा गरिन्छ । खाना बनाएपछि पुरै भा’न्साको स’फाई गर्नु र...

विदेशमा श्रीमान हुनेका श्रीमतिहरुले एक पटक अवस्य पढ्नु होला

मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई वि;दाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ ।सम्बन्ध भनेको विश्वास त हो नि उहाँलाई...

कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय ५ पुग्‍यो

काठमाडौं:  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको...

श्रीमती सधैं श्रीमानको बाँया तिर किन सुत्छिन….? जानी राखौ

सुन्दा अचम्म लाग्न सक्छ । श्रीमान श्रीमतीबीच शिष्टाचार वा म्यानरर्स जस्ता औपचारिकता किन आवश्यक छ ? तर श्रीमान श्रीमतीबीच सानो तिनो झगडा, मनमुटाव हुने...

सुनौलो रङ्गको नाग देवताको दर्शनले मात्रपनि तपाईको भाग्य खुल्छ रे (ॐ...

मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया