सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्तमा योग शिक्षा पढाईने, कक्षा १ को पाठ्यक्रम तयार

महेन्द्रनगर १४ कार्तिक ।
कञ्चनपुरको भिमदत्त नगरपालिकाकाले नगरका सबै विद्यालयमा योग शिक्षाको पठनपाठन सुरु गर्ने भएको छ । नगरपालिकाले योग शिक्षाका लागि कक्षा १ को पाठ्यक्रम तयार भईसकेको जनाएको छ ।

नगरपालिकाले स्थानीय पाठ्यक्रम अनुसार तयार पारेको पाठ्क्रम शुक्रबार सार्वजनिक गरिएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले नगरका विद्यालयमा योग शिक्षा सञ्चालनका लागि पाठ्यक्रम तयार पारिएको बताए ।

Sana Kishan

साथै पाठ्क्रम अनुसार पुस्तक समेत प्रकासन भईसकेको चाँडै नै पठनपाठन सुरु हुने उनले बताए ।
नगरपालिकाले प्रकाशन गरेको योग शिक्षा पुस्तकको लेखन तथा सम्पादन योगाचार्यद्धय सुरेन्द्रराज ओझा, हिरा चन्द र गणेशदत्त भट्टले गरेका हुन् ।

World Link Ads
Mahakali Polytechnic


भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले योग शिक्षाको महत्व बढ्दै गएकोले सरोकावाला निकायसँगको छलफलपछि पाठ्््क्रम तयार पारिएको बताए । उनले योग शिक्षा मानव जीवनका लागि शारिरीक र मानसिक स्वास्थ्यका दृष्टीकोणबाट महत्वपुर्ण भएको बताए ।

साथै चालु शैक्षिकशस्त्रबाट योग शिक्षाको पठनपाठन सुरु गरि माथिल्लो कक्षामा समेत विस्तार गरिने उनको भनाई छ । नगरपालिकाले स्थानीय पाठ्यक्रम अनुसार योग शिक्षा सञ्चालन हुने पठनपाठन विद्यार्थीको चौतर्फी विकास प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.