सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यी ८ चिज भुलेरपनि अरूलाई कहिल्यै प्रयोग गर्न नदिनुस् नत्र जीवनमा देखापर्छ ठूलो समस्या

 

कतिपय मानिसहरूको अरूसँग सरसामान मागेर प्रयोग गर्ने बानी हुन्छ । आफ्नो सामान साथीलाई एकछिनका लागि दिन हामी पनि हिचकिचाउँदैनौं । तर, कुनैकुनै सामान यस्ता पनि हुन्छन् जुन आफूबाहेक अरूलाई प्रयोग गर्न दिँदा स्वास्थ्यमा असर पर्ने डर हुन्छ ।

एयरफोनः सबै मानिसको कानभित्रका ग्रन्थीमा छुट्टै किसिमका ब्याक्टेरिया हुन्छन् । तर, हामीले एयरफोन परिवर्तन गरयौं भने ती ब्याक्टेरिया असन्तुलित हुन्छन् र यसका कारणले हाम्रो कानमा संक्रमण हुने खतरा बढ्छ । त्यसैले कसैले एयरफोन माग्दा हामीले झटपट दिनु अघि सोच्ने गर्नुपर्छ ।
तौलियाः तौलियाले हाम्रो शरीरको चिसो सोस्ने गर्छ । त्यसभित्र बढि मात्रामा फङ्गस र ब्याक्टेरिया बसेका हुन्छन् । यसकारण तौलियालाई अरूसँग साट्दा वा प्रयाग गर्न दिँदा रोग फैलने सम्भावना हुन्छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

काइँयोः हामीले अफ्नोबाहेक अरूको काइँयो प्रयोग गर्नबाट बच्नुपर्छ । अरूको कपालमा चाया, विभिन्न प्रकारका एलर्जी र खराब किटाणु बसेको हुन सक्छ । त्यसैले हामीलाई पनि यी समस्या सर्न सक्ने डर भएकाले सावधानी अपनाउनु पर्छ ।
हेलमेटः हामीले आफ्नो हेलमेट अरूलाई प्रयोग गर्न दिनु हुँदैन । त्यस्तो गरेमा अरूका कपालका समस्या आफूमा सर्ने सम्भावना हुन्छ ।

Dirghayu Ads

लिपिस्टिकः धेरै जस्ता युवतीहरू एकअर्काको लिपिस्टिक साटासाट गरेर लगाउने गर्छन् । तर, यसका कारण विभिन्न रोगबाट संक्रमित हुने खतरा हुन्छ । विशेष गरी हर्पस नामक संक्रमण सर्ने डर हुन्छ जुन एक किसिमको भाइरस हो र यसको कुनै उपचार छैन ।
रेजरः ट्वीजर र रेजर जस्ता कस्मेटिक सामानहरू कसैसँग पनि बदल्नु हुँदैन । यी सामग्रीहरू धेरैपटक प्रयोग गरिसकेपछि त्यसमा हाम्रो रगतका अत्यन्तै साना थोपाहरू पनि रहिरहने गर्छन् । त्यसैले यी सामान अरूलाई प्रयोग गर्न दिँदा रोग बढ्ने र सर्ने खतरा हुन्छ ।

मेकअप ब्रसः अनुहारमा दैनिक प्रयोग हुने मेकअप ब्रस र स्पन्ज अरूलाई प्रयोग गर्न दिनु हुँदैन । त्यसमा ब्याक्टेरियाहरू एकैठाउँमा जम्मा भएर बसेका हुन्छन् ।
घरभित्रको चप्पलः हाम्रो घरभित्रको चप्पल हामी बाहेर कहिलेकाहिँ आउने पाहुनाले पनि प्रयोग गर्ने गर्छन् । तर, पसिनाका कारण त्यहाँ अनेक किसिमका ब्याक्टेरियाले घर बनाएका हुन्छन् । सकेसम्म प्रयोग गरिसकेपछि राम्रोसँग धुने गर्नुपर्छ ।frommandu

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.