Bedkot Samudayik Ban

गृह मन्त्रालयले माग्यो सय जना कर्मचारी, यस्तो चाहिन्छ योग्यता(सूचनासहित)

Sana Kishan
Total
34
Shares

गृह मन्त्रालयले एक सय जना कर्मचारीको माग गरेको छ । मन्त्रालय अन्तरगतको अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ।

Arus

मन्त्रालयले एक सूचना प्रकाशन गर्दै राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पदका लागि करारमा एक सय जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो।दरखास्त दिनेको योग्यता प्लस टु पास गरेको हुनुपर्नेछ। योग्यता पुगेका आवेदकहरुले कात्तिक १३ देखि १५ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन्। लिखित परीक्षा भने मंसिर १३ गते हुने सूचनामा उल्लेख छ ।

 

१८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् र आवेदन दिन पैसा लाग्दैन। काम गरेको दिनको एक हजार दुई सयका दरले पारिश्रमिक उपलब्ध गराइने विभागद्धारा जारी सूचनामा उल्लेख छ । नेपाल रैबार

Karnali Traders

Total
34
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
34
Share