Wednesday, November 25, 2020

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा स्थानीय तहगत रुपमा बार निर्धारण र टोकन प्रणाली लागु

- Advertisement -

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्थानीय तहगत रुपमा बार निर्धारण र टोकन प्रणाली लागु गरेको छ । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको र जिल्ला प्रशासन कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा समेत संक्रमण देखिएको हुँदा थप संक्रमण फैलिन नदिन स्थानीय तह अनुसार समय निर्धारण गरी सेवा दिन लागिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले जानकारी दिनुभयो ।

कञ्चनपुर प्रशासनले यही कार्तिक १३ गते बिहिबार देखि अर्को व्यवस्था नभएसम्मका लागि नयाँ नागरिकता, प्रतिलिपि नागरिकता र राहदानीका लागि दैनिक बढीमा ४० जनासम्मलाई सेवा प्रवाह गर्ने गरी स्थानीय तहगत रुपमा बार तालिका सार्वजनिक गरेको छ । सम्बन्धित नागरिकहरुले सेवा लिन आउँदा कार्यालयको प्रवेशद्वारबाट उपलब्ध गराइने टोकन अनिवार्य रुपमा लिनुपर्ने भएको छ ।

सूचनामा उल्लेख भए अनुसार, भीमदत्त नगरपालिका, पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकाका वासिन्दालाई आइतबार र सोमबार सेवा दिइने छ । त्यस्तै, कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकाका वासिन्दालाई मंगलबार र बुधबार तथा वेदकोट नगरपालिका, माहाकाली नगरपालिका र बेलडाँडी गाउँपालिकाका वासिन्दालाई बिहीबार र शुक्रबार सेवा प्रवाह गरिने छ ।

अन्य सेवाहरु भने साविकमा झैँ नियमित रुपमा प्रवाह गरिने जनाइएको छ । सेवा लिन आउने सेवाग्राहीहरुले कोरोना भाइरस रोकथामका लागि अपनाउनु पर्ने सम्पूर्ण सुरक्षा मापदण्डहरु पूर्ण रुपमा अनिवार्य अवलम्बन गर्नुपर्ने प्रशासकीय अधिकृत कल्पना भट्टद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । यद्यपि कोरोनाको लक्षण देखिएका वा ज्वरो, रुघाखोकी लागेका व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध गरिएको कञ्चनपुर प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

बिबिसीको १०० प्रभाबशाली महिलाको सुचिमा सपना रोका मगर

काठमाडौ । बेवारिसे शबको व्यबस्थापन गर्दे आउनु भएकी सपना रोक्का मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी को प्रभावशाली महिलाको सूचिमा पर्नुभएको छ ।...

कृष्णपुरका जनता अब लालपुर्जाका मालिक सांसद धामीको पहल ५० औँ बर्षपछि...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपुर्जाका मालिक बन्ने भएका छन । ‘जमिन नभएका, जमिन भएरपनि लालपुर्जा नभएका भूमिहित दलित, भूमिहिन सुकुमबासी एव अव्यवस्थित बसोबासी...

वेदकोटमा खुर्सानी पकेट क्षेत्र विस्तार गरिदै

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा खुर्सानी पकेट क्षेत्र सञ्चालन हुने भएको छ । युएनडिपी र वेदकोट नगरपालिकाको आर्थिक सहयोगमा पकेट क्षेत्र सञ्चालन हुने भएको...

कञ्चनपुर पुग्यो भूमि सम्बन्धी समस्या समाधान आयोग : लालपूर्जाका मालिक बन्ने...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपूर्जाका मालिक बन्ने भएका छन् । भूमिहीन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिक अब लालपूर्जाका मालिक भन्ने भएका हुन्...

भूमि सम्बन्धी समस्या यथाशीघ्र समाधान तर्फ आयोग केन्द्रित छ : अध्यक्ष...

कञ्चनपुर, ०९ मंसिर । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न गठन गरिएको भूमि सम्बन्धी समस्या समाधान आयोगले तीब्र गतिमा कार्य अगाडि...

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५३ हजार

काठमाडौं । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ५३ हजार ९३१ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ४७१ संक्रमितको मृत्यु...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया