Monday, November 30, 2020

डोटीका व्यापारी चन्द्रराज जोशीलाई उपचारका लागि जहाज चार्टर्ड गरेर धनगढी लगियो

- Advertisement -

डोटीमा जहाज चार्टर्ड गरेर बिरामीलाई उपचारका लागि कैलाली लगिएको छ । दिपायल सिलगढी नगरपालिका–६ बस्ने ८१ वर्षीय व्यापारी तथा समाजसेवी चन्द्रराज जोशीलाई उपचारको लागि जहाज चार्टर्ड गरेर कैलालीको धनगढी लगिएको हो ।

एक घण्टा भित्रमा राम्रो अस्पतालमा नपुर्याए बिरामीको ज्यानमा खतरा हुनसक्ने जिल्ला अस्पतालमा रहेका चिकित्सकहरुले सल्लाह दिएपछि उहाँलाई जहाज चार्टर्ड गरेर पठाइएको हो ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक धर्मानन्द जोशीका अनुसार आज बिहान एकाएक बिरामी परेका जोशीलाई समिट एअरलाइन्सको जहाजबाट एक लाख ५० हजार रुपैयाँमा चार्टर्ड गरेर उपचारका लागि धनगढी लगिएको हो ।

समाजसेवी जोशीको अचानक नाक, मुखबाट रगत आउनुका साथै वान्ता समेत हुन थालेको तथा यहाँबाट कैलाली जानका लागि गाडी समेत नपाएका कारण जहाज चार्टर्ड गरिएको उहाँको परिवारले जनाएको छ ।

जिल्लामा समिट एअरलाइन्सले पछिल्लो समय जहाज सञ्चालन गरे पनि आज जहाज चल्ने दिन (बार) नपरेका कारण चार्टर गरिएको हो ।

जिल्लामा हवाइ उडान बन्द भएको लामो समयपछि पुनः जहाज सञ्चालनमा आएसँगै यहाँका नागरिकलाई बिरामी लैजान तथा यात्रा गर्नका लागि निकै सहज भएको छ । विमल बिष्टले दैनिक सञ्चारमा लेखेका छन् 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

ट्रककाे ठक्करबाट हबल्दारकाे मृत्यु

कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरमा आइतबार ट्रकको ठक्करले प्रहरी हवल्दारको मृत्यु भएको छ । प्रहरीचौकी झोलुंगेमा कार्यरत प्रहरी हवल्दार रामबहादुर विष्टको...

मन्त्री मगरद्वारा बेलौरी क्षेत्रका विकास निर्माणका योजनाको अनुगमन

लाल ब. एस के , कंचनपुर गृहनगरी पुगेपछि खानेपानी मन्त्री बिना मगरले निर्वाचन क्षेत्रका विकास निर्माणका योजनाको स्थलगत अनुगमन एव जनतासंग भेटघाटमा व्यस्त छिन । ...

उच्चस्तरीय टोलीद्वारा कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाको अनुगमन

,२०७७ मंसिर १२,महे न्द्रनगर : कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाएर गति दिने उद्देश्यका साथ बिहिबार राष्ट्रिय योजना आयोग...

खानेपानी मन्त्री मगर निर्वाचन क्षेत्रका योजनाको अनुगमन र जनतासंग भेटघाटमा ब्यस्त 

लाल बहादुर एस के / पुनर्वास                          खानेपानी मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर...

एक जना मृत अवस्थामा फेला

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–०६ का ४० वर्षीय राजेन्द्र चन्द पुर्व–पश्चिम महेन्द्रराजमार्गको सुकासालमा मृत अवस्थामा फेला परेको जिल्ला...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलियो

 बैतडीको नेपाल भारत सीमानाका झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलिएको छ । कोरोना महामारीका कारण लामो समयमसम्म नाका बन्द हुदाँ बैतडीका भारतीय पेन्सनरहरुले...

कञ्चनपुर बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कञ्चनपुर। कञ्चनपुर बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ स्थित हात्तीबोझामा आइतबार बेलुकी पचुईबाट बेलौरीतर्फ आउँदै गरेको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया