सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुख्खा बन्दरगाह निर्माणका लागि स्थलगत अनुगमन

कञ्चनपुरको माहाकाली नगरपालिका वडा नम्बर १ को गौरीशंकर बन र मायापुरी बनमा सुख्खा बन्दरगाह निर्माणका लागि स्थलगत अनुगमन गरिएको छ । मंगलबार नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र मन्त्रालयको प्राविधिक टोलीले उक्त क्षेत्रमा स्थलगत अनुगमन गरेको हो ।

Sana Kishan

सोही अनुगमनका क्रममा कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य डा. दीपक प्रकाश भट्ट र प्रदेश सभा सदस्य मान बहादुर सुनार लगायतका जनप्रतिनिधि र सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो । संयुक्त अनुगमन टोलीले उक्त क्षेत्रमा स्थलगत अनुगमन गरी सुख्खा बन्दरगाह बन्ने निश्चित गरेको छ । यही कार्तिक १६ गते मन्त्रालयको टोली लगायत प्राविधिक टोली आएर घोषणा गर्ने कार्यक्रम तय भएको छ । नेपालबोध बाट सभार 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.