Bedkot Samudayik Ban

दशैंको मुखमा भजनीका बाढीपिडीतहरुलाई निड्स नेपालको राहत बितरण

Sana Kishan
Total
2
Shares

कैलाली भजनी नगरपालिकाका बाढी प्रभावितहरुलाई निड्स नेपालले दशैको मुखमा खाधान्न तथा गैर खाधान्न राहत साम्रगी बितरण गरेको छ । भजनी नगरपालिकाको सहकार्य तथा समन्वयमा कारितास नेपाल र निड्स नेपालको साझेदारीमा विपद सहयोग कार्यक्रम अन्तरगत भजनी नगरपालिकाका ५ सय १७ परिवारहरुलाई राहत बितरण गरेको हो ।

Arus

निड्स नेपालका कार्यक्रम अधिकृत केशब मलासीले बिहिबार भजनी नगरपालिकाका विभिन्न वडामा खाधान्न तथा गैर खाधान्न राहत साम्रगी वितरण गरिएको बताए । वितरण गरिएको खाद्यान्न सामाग्रीमा प्रति परिवारलाई चालम, दाल, आयोडिन नुन, खाने तेल गैरखाद्य सामग्रीहरुमा पी फर्म, बेड शिट, बल्याङकेट, मच्छरदानी , त्रिपाल, साबुन, सर्जिकल मास्क, लुगाधुने सर्फ ,सेनेटेरी प्याड, काईयो , फल्याश लाईट, सल , किट ब्याग सहितको सामग्रीको सेट बितरण गरिएको थियो ।

बाढीबाट प्रभावित सुन्दरी थारुले आएको बर्सातले सबै खेती बगाएर पिडामा रहेको अबस्थामा दशैको मुखमा आएर निड्सले गरेको सहयोगले दुख र विपदमा परेकाका लाई पनि सहयोग गर्ने संसथाहरु रहेछन भन्ने आभास भएको बताइन ।
कार्यकारी निर्देशक भवराज रेग्मीका अनुसार भजनी नगरपालिकामा यस बर्षको बर्षातको समयमा आएको बाढीले त्यहाका स्थानियहरुको घर डुबानमा पर्नका साथै उनिहरुले लगाएको धानबाली पुर्ण रुपमा नष्ट भएको थियो ।

यसरी बाढीबाट प्रभावित भएर विपदमा रहेका बाढीप्रभावितहरुलाई केही राहात होस भन्न्े उदेश्यले भजनी नगरपालिकाको सहकार्य तथा समन्वयमा कारितास नेपाल र निड्स नेपालले राहात बिरतरण गरेको कार्यकारी निर्देशक भवराज रेग्मीले बताए । विपदको क्षेत्रमा निड्सले विगत लामो समयदेखि काम गर्दे आइरहेकोमा निड्सले भजनी नगरपालिकामा समेत दिगो रुपमा विपद व्यबस्थापन गर्ने खालका कार्यक्रम शुरु गर्ने बताए ।

Karnali Traders

निड्सले आयोजना गरेको राहत बितरण कार्यक्रममा भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले निड्स नेपालले दशैको मुखमा बाढीपिडित परिवारहरुलाई राहात बितरण गरेर ठुलो सहयोग पुगेको बताए । निड्सले पिडित परिवारलाई गरेको खाद्यान्न र गैर खाद्यान्न सामग्री सहयोगले बाढीपिडित परिवारलाई राहन पुग्ने उनले बताए । नगर प्रमुख चौधरीले निड्सलाई दिगो रुपमा विपद ब्यबस्थापन गर्ने कार्यक्रम ल्याए नगरपालिकाले सहकार्य गर्ने बताउदै कार्यक्रम ल्याउनका लागी आग्रह गरेका छन ।

वडास्तरमै गरिएको खाद्यान्न वितरण कार्यक्रममा सम्बन्धित वडाका वडाअध्यक्ष, निड्स नेपालका अध्यक्ष, कोषाध्यक्ष, कार्यकारी निर्देशक लगायतको सहभागीता रहेको थियो । निड्सकी अध्यक्ष अन्जु भट्टले एकातिर कोरोना संक्रमणको जोखिम अर्को तिर यस्तो विपदले बाढी प्रभावितहरु दोहरो मारमा परेको समयमा पिडितहरुलाई राहत पुगोस भनेर सहयोग गरेको बताइन ।

Total
2
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
2
Share