सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

क्यान्सर रोगीले खानैपर्ने पेय

क्यान्सर भन्नेबित्तिकै एउटा ठूलो रोगको रूपमा हामी सबैले बुझेका हुन्छौं । तर प्रारम्भिक दिनमै ठम्याएर उपचार गर्नसके क्यान्सर पूरै निको हुन सक्छ । यो रोग लाग्दा क्यान्सर प्रभावित भागको कोषहरू अनियन्त्रित रूपमा बढ्ने, अन्य तन्तुहरूमा पनि प्रसारित हुने र अनियन्त्रित वृद्धि भइरहेका क्यान्सर कोषहरू रक्तअक्सिजनको अभावमा मर्ने गर्छन् ।

अन्ततोगत्वा अनियन्त्रित कोष वृद्धिकै कारणले क्यान्सर रोगीको मृत्यु समेत हुन्छ। क्यान्सरलाई नियन्त्रणमा लिन वा क्यान्सरबाट बच्न क्यान्सर कोषहरूको वृद्धिमाथि लगाम लगाउनुपर्ने हुन्छ । यो लगाम तबमात्र सम्भव छ जब कोष बाहिरको वातावरण पूर्ण प्राकृतिक हुन्छ।

क्यान्सर कोषहरूको अनियन्त्रित वृद्धि हुनुको मुख्य कारण कोष बाहिरको वातावरणमा विजातीय द्रव्यहरूको संकलन भई कोष विभाजनलाई नियन्त्रण गर्ने तन्त्र बिथोलिनुले हो ।

World Link Ads
Mahakali Polytechnic

कोष बाहिरको वातावरणमा विजातीय द्रव्य संकलित हुँदा यी द्रव्यहरूले सुसुप्त अवस्थामा रहेको कोषको क्यान्सर कारक जीनलाई उत्तेजित गरेर अनियन्त्रित रूपमा विभाजित हुन प्रेरित गर्छ।

Dirghayu Ads

यो अनियन्त्रित वृद्धि नै क्यान्सर हो र यसबाट निजात पाउन कोषको बाहिरको वातावरणमा विद्यमान विषहरूको शोधन हुनुपर्छ । यो सोधन केही प्राकृतिक तरिकाले उब्जाइएका फलफूल एवं तरकारीको पेयको सेवनले सम्भव छ। यसर्थ क्यान्सर रोगीले निम्न फलका रसहरूको सेवन गर्नुपर्छ ।

१) गहुँको जमराको जुसः

गहुँको जमरामा प्रचुर मात्रामा क्लोरोफिल पाइन्छ । क्लोरोफिलले आफैँमा एण्टिअक्सिडेन्ट र एन्टिम्युटाजेनिक यौगिक हो । क्लोरोफिलले सेवनले राता रक्तकोषहरूको वृद्धि गराएको तथ्यहरू पनि सार्वजनिक भएका छन् ।

रक्तकोषहरू बढ्दा क्यान्सरग्रस्त तन्तुहरूमा ज्यादा अक्सिजन पु¥याएर क्यान्सर कोष मार्न सहयोग पु¥याउँछ । गहुँको जमरामा क्यान्सर प्रतिरोधी सेलेनियम र लियट्राइल पनि पाइन्छ । गहुँको जमरामा १३ किसिमका भिटामिनहरू, बीसैवटा अमाइनो एसिडहरू र एण्टिअक्सिडेन्टहरू पाइन्छन् । यी सबै तत्वहरू क्यानसर प्रतिरोधी हुन् ।

२. कालो अंगुरको जुस ः

अंगुरमा लाइमेनिन नामक फाइटोकेमिकलले क्यान्सर कारक तत्वहरूलाई हटाउन मद्धत गर्छ । अंगुरको बिउलाई मुख्यतः कोलन(क्यान्सर (ठूलो आन्द्राको) को उपचारमा प्रयोग गरिँदै आइएको छ । अंगुरमा मोनोटारपेन्स नामक तत्व पनि छ । मोनोटारपेन्सले पनि क्यान्सर कारक तत्वहरू शरीरबाट हटाउन मुख्य भूमिका खेल्छ ।

३) गाजरको जुस ः

Sana Kishan

गाजर पनि क्यान्सर प्रतिरोधी फाइटोकेमिकल्सल भरिएको फल हो । गाजरका विद्यमान बीटा क्यारोटिन नामक तत्वले मुख्यतः छालाको क्यान्सरको रोकथाम नियन्त्रण र उपचारमा ठूलो भूमिका खेल्छ। गाजरले क्यान्सर तन्तुको क्षय पश्चात हुने घाउँहरू सञ्चो हुन पनि मद्धत गर्छ।

४) चुकन्दरको जुस ः

पर्याप्त मात्रामा एण्टिअक्सिडेन्ट र भिटाभिनहरूले भरिएको चुकन्दर क्यारोटेनोइडसहरूको राम्रो स्रोत हो । चुकन्दरमा विद्यमान क्यारोटेनोइसले सबैखाले क्यान्सरको रोकथाम गर्न महत्वपूर्ण भूमिका खेल्छ। रगतको क्यान्सर (ल्युकेमियाको) उपचार गर्न पनि क्याराटेनोइडसको प्रयोग गर्ने गरिन्छ ।

५) गोलभेंडाको जुस

गोलभेंडा भिटामिन सीको खजाना हो । भिटामिनहरूका अलावा गोलभेंडामा सोडियम, फस्फोरस, क्याल्सियम, पोटासियम, म्यानेसियम र सल्फर जस्ता थुप्रै खनिज एवं लवणहरू पाइन्छन् । गोलभेंडाको रस मुख्यतः प्रोटेस्ट क्यान्सरका लागि खुवाउने गरिन्छ । गोलभेंडामा विद्यमान ग्लुटाथायन नामक तत्वले कोषहरूलाई अक्सिडेटिभ स्ट्रेसबाट बचाउनका साथै प्रतिरक्षा प्रणालीलाई सशक्त पार्ने काम पनि गर्छ।

६) ब्रोकाउलीको जुस

ब्रोकाउलीमा इन्डोल–३ कार्बिनोल नामक तत्व पाइन्छ । इन्डोल ३ कार्बिनोलले स्तनको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र अण्डाशयको क्यान्सरको रोकथाम नियन्त्रण र उपचारमा मुख्य भूमिका गर्छ । इन्डोल–३ कार्विनोललाई इस्ट्रोजन हार्मोन प्रतिरोधी र प्रतिष्‍पर्धा प्रणाली सशक्त पार्ने तत्वको रूपमा बुझिएको छ।

७) सलादपत्ताको जुस

पर्याप्तमात्रामा सल्फर, क्लोरिन, सिलिकन र भिटामिन बी कम्प्लेक्सहरूले भरपुर सलादपत्ताको जुस फोक्सोको क्यान्सरको लागि उपयोगी छ ।

८) नोनीको जुस

नोनीको जुस फष्ट स्टेजको क्यान्सर निको पार्न सक्ने क्षमता राख्छ। नोनीको जुसले क्यान्सर कोषहरूलाई नष्ट गर्नुका साथै क्यान्सर कोषहरू खाइदिने सेतारक्त कोषहरू पनि बनाउन मद्धत गर्छ ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.