Saturday, November 28, 2020

नेपाल टेलिकमको दशैं तिहार अफर सार्वजनिक

- Advertisement -

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा समर अफरअन्तर्गत अहिले उपलब्ध भइरहेको विभिन्न प्याकेजलाई थपरपरिमार्जन गरी अटम अफर उपलब्ध गराएको छ । यो योजना बिहीबारदेखि ९० दिन लागू हुने टेलिकमले जानकारी दिएको छ ।

यसैगरी घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म लागू हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागू हुने ‘तिहार अफरलाई फेस्टिभल अफर उपलब्ध गराएको छ । पहिलेदेखि नै उपलब्ध केही प्याकहरु यथावत् राखिएका छन् भने केही प्याकहरु परिमार्जन गरी थप आकर्षक बनाइएको कम्पनीले जनाएको छ । साथै सान्दर्भिक नभएका केही प्याकहरुलाई निरन्तरता नदिइने भएको टेलिकमले जनाएको छ । अटम अफरमा नयाँ प्याकेजका रुपमा सोसल मिडिया प्याक उपलब्ध छ । यसअन्तर्गत ३ दिनसम्म चलाउन मिल्नेगरी ५५ रुपैयाँमा युट्युब अनलिमिटेड र फेसबुक अनलिमिटेड प्याकेज छुट्टाछुट्टै उपलब्ध हुने भएको छ।

यी अफर खरिद गरे पश्चात् सहुलियत स्वरुप १५ मा ३ दिनसम्म सबै किसिमका एप्लिकेशन प्रयोग गर्न सकिने एक जिबी डाटासमेत खरिद गर्न सकिने छ । यसअघि ४० रुपैयाँमा ३ दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक उपलब्ध गराइरहेकोमा अब त्यही दरमा ७० मिनेट कल गर्न सकिने प्याकेज उपलब्ध गराइएको छ । त्यसैगरी १५ रुपैयाँमा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुने भएको छ ।

पहिलेदेखि नै उपलब्ध अल टाइम भ्वाइस प्याक अन्तर्गत १ दिन, ७ दिन, २८ दिन र ३५ दिनका लागि उपलब्ध भ्वाइस प्याकहरु यथावत् राखिएका छन् । त्यसैगरी राति १० बजेदेखि बिहान ७ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याक र बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चलाउन मिल्ने विभिन्न दरका डे भ्वाइस प्याक पनि यथावत् राखिएका छन् ।

यसअघि ‘वान डे डाटा प्याक’ अन्तर्गत कुनै पनि समय चलाउन मिल्ने प्याक १५ रुपैयाँमा ६० एमबी उपलब्ध गराइरहेकोमा अब १०० एमबी उपलब्ध हुने भएको छ । त्यसैगरी ‘थ्री डे डाटा प्याक’ ६० रुपैयाँमा ४०० एमबी उपलब्ध गराइरहेकोमा अब ५०० एमबी प्राप्त गर्न सकिने भएको छ । वान डे डाटा प्याक अन्तर्गत बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन मिल्ने डाटा प्याकको भोल्युम पनि पहिलेभन्दा बढी हुने भएको छ । यस अन्तर्गत १० रुपैयाँमा ८० एमबी डाटा उपलब्ध भइरहेकोमा अब १२० एमबी र १८ रुपैयाँमा २५० एमबी डाटा उपलब्ध भइरहेकोमा अब त्यही प्याकेज १५ रुपैयाँमा उपलब्ध हुने भएको छ ।

फेस्टिभल अफरका रुपमा दशैँरतिहार र छठ पर्वलाई समेत समेटी जीएसएमरसीडीएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराइने भएको छ । यसमा रिचार्ज कार्डबाट ५० रुपैयाँ रिचार्ज वा एमपोसबाट २० देखि ५० रुपैयाँसम्म रिचार्ज गर्दा त्यही दिन प्रयोग गर्नुपर्ने गरी ५ मिनेट बोनस प्राप्त हुने छ । रिचार्जकार्डबाट १०० रुपैयाँ वा एमपोसबाट ५१ देखि १०० रुपैयाँ रिचार्ज गर्दा त्यही दिन प्रयोग गर्नुपर्ने गरी थप १० मिनेट बोनस प्राप्त हुनेछ ।

रिचार्ज कार्डबाट २०० वा एमपोसबाट १०१ देखि २०० रुपैयाँ रिचार्ज गर्दा त्यही दिन प्रयोग गर्नुपर्ने गरी २० मिनेट थप बोनस प्राप्त गर्न सकिने भएको छ । एमपोसबाट २०१ देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा त्यही दिन प्रयोग गर्नुपर्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिने छ । यसैगरी, रिचार्ज कार्डबाट ५०० वा एमपोसबाट ५०० देखि ९९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस प्राप्त हुने छ । साथै, रिचार्ज कार्डबाट १ हजार वा एमपोसबाट १ हजार हजार वा त्यसभन्दामाथि रिचार्ज गर्दा दुई दिनमा प्रयोग गर्न सकिने गरी १ सय मिनेट बोनस प्राप्त हुने छ लुम्बिनी टाइम्स

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड द्वारा मृत्युदावि रकम भुक्तानी

कञ्चनपुर नेपालकै पहिलो र अग्रणि जीवन बीमा कम्पनी नेशनल लाईफ इन्सोरेन्स क. लि. महेन्द्ररनगर शाखााबाट आफ्ना तिनवटै छोराहरू पवन जोशी, भुवन जोशी र मिलन जोशीको...

को’रोनाले यसरी फेरिदियो जीवन, पाइलट गरिरहेछन् ‘फूड डेलिभरी’ को काम

को’रोना महामा’रीका कारण थुप्रैको जीवन नराम्रोसँग प्रभावित भइरहेको छ । संसारभरी राजगारीमा कमी आएको छ र थुप्रै क्षेत्र यस्ता छन् जुन न’राम्रोसँग धरासयी बनेका...

कञ्चपुरमा फरवार्डका चार शाखाको औपचारिक रुपमा उद्घाटन

कञ्चनपुर । ग्रामिण क्षेत्रको विकास गर्न तथा त्यहाँ रहेका गरिब, कमजोर आर्थिक अवस्था भएका जनतालाई आर्थिक शशक्तिकरणमा जोड्ने हो भने माइक्रोफाइनान्स क्षेत्रलाई सरकारले प्राथमिकता...

कोरोना कहरले फेरियो कञ्चनपुरका व्यवसायीको व्यवसाय

महेन्द्रनगर । दुई दशकदेखि कञ्चनपुरको महेन्द्रनगरमा प्रतिष्ठित जोशी टेन्ट हाउसका सञ्चालक पुष्पराज जोशी अचेल भीमदत्तनगरपालिका–१० जिमुवामा कागतीखेती र पशुपालनमा खटिएका छन् । कोरोना कहरमा...

घट्यो सुनको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा ९५ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा ७ सयले...

किसानहरुले उत्पादन गरेको तरकारीले बजार पाउन थाल्यो !

बैतडी : पछिल्लो समय बैतडीमा किसानहरुले गरेको तरकारी उत्पादनले बजार पाउन थालेको छ । लामो समयदेखिको कोरोना महामारीका कारण बाहिरबाट तरकारीको आयात बन्द हुदा जिल्लामा...

९५ रुपैयाँमै टेलिकमको भ्वाइससहित ८ जीबी डेटा प्याक, फेसबुक र युट्युवमा...

नेपाल टेलिकमले तिहार, नेपाल संवतको नयाँ वर्ष तथा छठ पर्वको अवसरमा विभिन्न छुट र अफर सहितको नयाँ प्याकेज ल्याएको छ । कम्पनीले फेस्टिभल अफरका...

भारतबाट आलु आयत नभएपछि नेपालको आलुले राम्रो मूल्य पायो

विश्वभर फैलिएको कोरोना भाइरसका कारण भारतबाट आउने आलु बन्द हुँदा यो वर्ष सल्यानमा उत्पादित आलुले राम्रो मूल्य पाएको छ । विगतका वर्षहरूमा १५ देखि २५...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया