सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलामा पेन्सन बुझ्ने नेपालीका लागि सीमा नाका खोलिने

दार्चुलाः भारतीय पेन्सनधारी नेपालीका लागि र्दाुलाका दुई नाका खोलिने भएका छन्। जिल्लाको दार्चुलाको धार्चुला(पुलघाट) र जौलजीवी नाका ३ दिनक सम्मका लागि खोलिन लागेका हुन।

लकडाउनका कारण ३ महिनादेखि भारतीय पेन्सनधारीले पेन्सन बुझ्न नपाएको गुनासो आएपछि नाका खोलिन लागेको दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी ज्योत्स्वना भट्ट जोशीले बताए।

दार्चुलाको धार्चुला (पुलघाट) र जौलजीवी नाका बुधबार ५ गतेदेखि कार्तिक ७ गते शुक्रबार सम्म खुल्ला रहेने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

कोरोना भाइरसको जोखिमका कारण अन्तर्राष्ट्रिय सीमा नाका बन्द भएकाले दुवैै देशका स्थानीय प्रशासनको समन्वयमा यहि कार्तिक ५ गते देखि तीन दिनका लागि सीमानाका खुला गर्ने सहमति भएको साहयक प्रमुख जिल्ला अधिकारी भट्ट जोशीले जानकारी दिए।

विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म नाका खुल्ला रहने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

सीमामा भारत प्रवेश गर्दा परिचयपत्र अनिवार्य, स्वास्थ्यसम्बन्धी नियमपालना अनिवार्य गर्नुपर्ने जनाइएको छ।

दार्चुलामा ५ सय जना भारतीय पेन्सनधारी नागरिक रहेका छन्। यसअघि पहिलेपनि दुवैै देशको सहमतिमा गत असार २४ गते पनि सिमा नाकाहरु खुल्ला गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.