Tuesday, November 24, 2020

धनगढीमा असई र प्र’हरी जवानको ह’त्या आरोपमा प’क्राउ परेका ७ जना सार्वजनिक

- Advertisement -

कैलाली- धनगढीमा प्रहरी सहायक निरिक्षक (असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् ।

उनीहरुले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा ७ जनाको संलग्नता देखिएको जनाएको छ । गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका बिक र प्रहरी जवान वेपत्ता भएका थिए । उनीहरुलाई राती १० बजे सम्पर्क गर्दा समेत फोन नलागेपछि बिहान सम्म प्रतिक्षा गर्दा समेत नआएपछि खोजी गरिएको थियो ।

खोजी गर्ने क्रममा प्रहरी सहायक निरिक्षक बिकको शव आइतबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमा स्थित मोहना नदीमा भेटिएको थियो । घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा बिक भेटिएकै मोहना नदी क्षेत्रमा मंगलबार प्रहरी जवान साउदको शव पनि फेला परेको थियो । प्रहरीका अनुसार बिकको शव भेटिएको स्थानदेखि २ सय मिटर तल मोहना नदीमै उनको शव भेटिएको थियो ।

उनीहरु सवार बा.५८प ५२८४ नम्बरको मोटरसाइकल भने घटना स्थलदेखि करिब साढे २ किलोमिटर टाढा भेटिएको थियो भने प्रहरी सहायक निरिक्षक बिकले बोकेको पेस्तोल मंगलबार मोहना नदीमै भेटिएको छ । कञ्चनपुरको पुर्नवास नगरपालिका स्थायी घर भएका प्रहरी सहायक निरिक्षक बिक ४ वर्षअघि नेपाल प्रहरीको सेवामा प्रवेश गरेका थिए । भूमीहिन परिवारमा जन्मिएका बिकका श्रीमती, २ र ६ वर्षीया २ छोरी छन् ।

५ वर्षको उमेरमा बुवा गुमाएका बिककी ५० वर्षीया आमा छन् । ३ भाइ थिए । उनी माइलो भाई हुन् ।

यस्तै अछामको बान्नीगढीजयगढ गाउँपालिका वडा नम्बर ५ निवासी साउद २०६७ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए । २ वर्षदेखि कैलालीमै कार्यरत साउदका श्रीमती, ३ र ८ वर्षीया २ छोरी छन् । ५ जना दाजुभाई मध्ये साउद साइलो थिए ।-दिनेश खबर

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...

खाना हातले खानु राम्रो कि चम्चाले ?

हाम्रो देशको सहरी भेगका अधिकांश व्यक्तिहरू हातले खाना खान मन पराउँछन् ।पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खानाखाने हाम्रो पुरानो संस्कार हो ।तर बिस्तारै...

ग्याँ’स चु’ल्हो फो’होर भएर है’रान हुनुहुन्छ ? यसरी चम्का’उनुहोस्।

भान्सामा दैनिक प्रयोगमा आउने सामान हो, ग्या’स चु’ल्हो । खा’ना प’काउनेदेखि पानी त’ताउने कामसम्म यसमा गरिन्छ । खाना बनाएपछि पुरै भा’न्साको स’फाई गर्नु र...

विदेशमा श्रीमान हुनेका श्रीमतिहरुले एक पटक अवस्य पढ्नु होला

मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई वि;दाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ ।सम्बन्ध भनेको विश्वास त हो नि उहाँलाई...

कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय ५ पुग्‍यो

काठमाडौं:  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको...

श्रीमती सधैं श्रीमानको बाँया तिर किन सुत्छिन….? जानी राखौ

सुन्दा अचम्म लाग्न सक्छ । श्रीमान श्रीमतीबीच शिष्टाचार वा म्यानरर्स जस्ता औपचारिकता किन आवश्यक छ ? तर श्रीमान श्रीमतीबीच सानो तिनो झगडा, मनमुटाव हुने...

सुनौलो रङ्गको नाग देवताको दर्शनले मात्रपनि तपाईको भाग्य खुल्छ रे (ॐ...

मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया