Friday, December 4, 2020

दार्चुलामा पहिलो पटक कोरोनाले एक पुरुषको मृत्यु

- Advertisement -

धनगढी, ४ कार्तिक । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण दार्चुलामा पहिलो पटक एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा दुहुँ गाउँपालिका–२ हिकिलाका ५३ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

चार दिन पहिले ज्वरो संगै श्वासप्रश्वासमा समस्या देखिए पछि उपचारका लागि धनगढी गएका उहाँको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए ।

उनको मृत्यु भए पछि गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको भट्टले बताए । मृतकको शव नेपाली सेनाले धनगढीमा व्यवस्थापन गर्ने तयारी गरिरहेको छ ।

कोरोनाका कारण मृत्यु भएपछि उहाँको घरपरिवार तथा टोल छिमेक सिल गरी सम्पर्क पहिचान तथा स्वाव संकलन गर्ने कार्य गर्ने तयारी भइरहेको दुहुँ गाउँपालिकाले जनाएको छ ।

कोरोनाका कारण मृत्यु भएका ति पुरुष नेपाल प्रहरीको भुतपूर्व प्रहरी नायव निरीक्षक रहेको दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

दार्चुलामा हालसम्म अपि हिमाल गाउँपालिका बाहेक आठ वटा स्थानीय तहका १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला बाहिर कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या यसमा नजोडिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुला सदरमुकाम खलंगामा संक्रमितको संख्या बढ्दै गएपछि समुदायमा थप फैलिन नदिन भन्दै अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

ॐ लेखी सेयर गर्नुहोस महादेवको तेस्रो आँखा देख्ने बितिकै सधै फलि...

काठमाडौँ। हिन्दु धर्ममा उल्लेख भएअनुसार महादेवलाई त्रीमूर्तीदेवको रुपमा पनि चिनिने गरिन्छ । महादेवको तेस्रो आँखालाई शक्तिको रुपमा लिइएको छ ।जब भगवान शिव रिसाउँछन् त्यतिबेला...

गायक रमेश प्रसाईले विहे गर्दै, को हुन दुलही ?

नवगायक रमेश प्रसाईले विहे गर्ने भएका छन्। रमेशले मंसिर २२ गते विहे गर्ने तय भएको उनका निकट मित्र जीवन विष्टले फेसबुकमार्फत जानकारी दिएका छन्।...

यस्तो आलु खादा विष खाए बराबरयस्तो आलु खादा विष खाए बराबर

काठमाडौं ,आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार भित्र पर्छ,अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउने गरिन्छ । आलु...

कक्षा १२ को परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक हुने

काठमाण्डौ - राष्ट्रिय परीक्षा बोर्डले भरखरै सम्पन्न भएको कक्षा १२ को परीक्षाको नतिजा एक महिना भित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । विद्यार्थीको शैक्षिक सत्र...

जा’डोयाममा सुन्तला : स्वा’स्थका लागि फाइदाजनक

जाडो मौसममा सुन्तला, मौसम जस्ता फलफूलहरु सर्वत्र पाउन सकिन्छ । यद्यपि, भि’टामिन सी पर्याप्त मात्रामा समावेश भएको सुन्तला जा’डो याममा तपाईंका लागि लाभदायक हुन्छ...

मिसन नेपालको कंचनपुर जिल्ला संयोजकमा बोहरा र कोषाध्यक्षमा पन्त     ...

कंचनपुर , महेन्द्रनगर                                          मिसन...

सडक दुर्घटना प्रहरीका हवल्दारको घटनास्थलमै मृत्यु

कञ्चनपुर– पुर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत कञ्चनपुरको दैजीमा आईतबार भएको सडक दुर्घटनामा नेपाल प्रहरीका हवल्दारको मृत्यु भएको छ। शुक्लाफांटा नगरपालिका घर भई झोलुगें प्रहरी...

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले...

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया