Tuesday, November 24, 2020

कक्षा १२ को परीक्षा मंसिर दोस्रो सातादेखि

- Advertisement -

काठमाडौं ः कक्षा–१२ को परीक्षा मंसिर दोस्रो साताबाट सुरु हुने भएको छ। लकडाउनमा रोकिएको परीक्षा मंसिर दोस्रो साताबाट सुरु गर्ने निर्णय भइसकेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले बताएका छन्। परीक्षासम्बन्धी कार्यविधि तीन दिनभित्रमा सार्वजनिक गर्ने उनले बताए।

‘बोर्डको बैठकले धेरै समय सम्म कक्षा १२ को परीक्षा धकेलिएकोले मंसिरको दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ,’उनले भने,‘कति प्रतिशत मूल्यांकन र प्रयोगात्मकको आधारमा परीक्षा सञ्चालन गर्ने भन्ने बारेमा कार्यविधि बन्दै छ। सार्वजनिक भएपछि सबैलाई जानकारी गराउँछौँ। त्यसपछि कसरी परीक्षा दिन सकिने सबै जानकारी हुन्छ।’

बोर्डले कोरोना संक्रमणको स्थिति सामान्य बन्दै गएमा दसैँअघि नै परीक्षा सञ्चालन गर्ने तयारी थालेको थियो। तर, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृति नदिएकाले परीक्षा रोकिएको थियो।

 

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षा आजदेखि, ४ लाख ३२ हजार परीक्षार्थी सहभागी...

काठमाण्डौ – कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन् । देशभर ४ हजार एक सय ५...

खोस्यो पाँच वरिष्ठ चिकित्सक कोरोनाले

कोरोना संक्रमणका कारण नेपालमा हालसम्म पाँचजना वरिष्ठ चिकित्सकले ज्यान गुमाएका छन्। पछिल्लोपटक गत शनिबार काठमाडौंको ओम अस्पतालका वरिष्ठ जनरल ७८ वर्षीय र्सजन डा। धु्रब...

२७ बर्षिया अंशु गुरुङ व्रिटिश आर्मीको क्याप्टेन बनीन्, क्याप्टेन बन्ने पहिलो...

लण्डन । नेपालकी एक युवती बेलायती सेनाको उच्च तहमा पुगेकी छन् । नेपालको कास्की जिल्ला ‘पोखरा, लेखनाथ महानगरपालिका वडा नम्बर २२ भुम्दी निवासी डेन्टिस्ट...

लिंगालाई मुख्य पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा विकास गरिने

महेन्द्रनगर, ८ मंसिर । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित लिङ्गा क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । वेदकोट नगरपालिकाले लिङ्गा क्षेत्रलाई नगरकै पर्यटन प्रवद्र्धनको...

देशभर १९८० जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८...

बैतडीको झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलियो

 बैतडीको नेपाल भारत सीमानाका झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलिएको छ । कोरोना महामारीका कारण लामो समयमसम्म नाका बन्द हुदाँ बैतडीका भारतीय पेन्सनरहरुले...

मंसिर ११ र १२ गते देशभर भिटामिन-ए खुवाइने

सरकारले यस वर्ष पहिलो चरणअन्तर्गत बालबालिकालाई भिटामिन–ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम मंसिर ११ र १२ गतेलाई तय गरेको छ। मंसिर ११ र १२...

पोखरामा प्याराग्ला’इडिङ दु’र्घटना, पाइलटको मृ’त्यु

पोखरामा प्याराग्लाइडिङ दु’र्घटना हुँदा पाइलटको मृ’त्यु भएको छ। त्यस्तै यात्रु ग’म्भीर घा’इते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया