सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेपत्ता प्रहरी जवान साउँद मृत भेटिए

सशस्त्र प्रहरी बल नेपाल मुख्यालय ७ नम्बर बाहिनीको गोताखोरको टोलीले प्रहरी जवान रामबहादुर साउँदको शव मोहना नदीबाट निकालेको छ । झण्डै ६० घण्टापछि फेला परेको शवसँगै सशस्त्रको टोलीले हतियार पनि फेला पारेको हो ।

झण्डै ६० घण्टापछि फेला परेको प्रहरी जवान रामबहादुर साउदको शव मोहना नदीबाट निकालिएको छ । मंगलबार विहान मोहना नदीमा फेला परेको उनको शव प्रहरीले निकालेको हो । उनको शव पोष्टमार्टमको लागी सेती प्रादेशिक अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । उनी पनि अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी जवान हुन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

अस्थायी प्रहरी पोष्ट इन्चार्ज एवंं प्रहरी निरीक्षक गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा जवान साउदको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिंहले बताए । उनका अनुसार शवको अधिकांश भाग कुहिएको अवस्थामा फेला परेको छ । उनको टाउकोको पूरै भाग फुटाइएको पाइएको छ ।setikalinews बाट सभार 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.