Thursday, October 22, 2020

बझाङका पहिरो पीडितलाई सुदुरपश्चिम समाज कोरियाको आर्थिक सहयोग

- Advertisement -

बझाङको केदारस्युँ गाउँ पालिका -८, मल्लेसीका बाढी पहिरो पीडितलाई सुदुरपश्चिम समाज, कोरियाले रु १ लाख नेपाली सहयोग गरेको छ। समाजका महासचिव ओम साउदले जानकारी गराएअनुसार कोषाध्यक्ष डिल्लीराज पनेरु हस्ते समाजले बाढी बाढी पीडित विपद् व्यवस्थापन समिति केदारस्युँ-८, मल्लेसीको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक बझाङको चल्ती हिसाव खाता नं ४११००१००४६०१ मा १ लाख जम्मा गरी सहयोग गरेको हो।

गत् असार महिनाको २० गते शनिबार बिहान २ ‌बजेतिर केदारस्युँ गाउपालिकाको मल्लेसीमा भीषण पहिरो जाँदा ठूलो जनधनको क्षति भएको थियो। उक्त पहिरोबाट सो स्थानमा रहेका २० परिवार घरविहीन भएका छन् र उक्त बस्तीलाई अन्यत्र सुरक्षित स्थानमा पुनर्स्थापना गर्नुपर्ने चुनौती छ।

समाजले उक्त पहिरोको दु:खद् खबर सार्वजनिक भए लगत्तै विज्ञप्ति प्रकाशित गरेर समाजका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेको थियो र बझाङका पहिरो पीडितलाई सहयोग गर्न अध्यक्ष बीर पाल, सल्लाहकारहरू कमल शाही, लाल साउद र यज्ञराज जोशी को समन्वयमा संयुक्त अभियान संचालन गरेकोमा ५० जना सहयोगीहरूबाट उक्त सहयोग प्राप्त भएको हो। समाजले बेलाबखत विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ।

केहीदिन अघि मात्र अछाम रामारोशनका बाढी पीडितलाई समेत समाजले सहयोग गरेको थियो। कोरियामा रहेका सुदूरपश्चिमेलीहरूको बीचमा आपसी सद् भाव एवं एकता अभिवृद्धि गरी संस्थागत रूपमा नेपाली समुदायको हित र भलाईका लागि विशुद्ध सेवाभावले स्थापित एक सामाजिक संस्थाको रुपमा 19 सेप्टेम्बर 2005 मा सुदुरपश्चिम समाज, कोरियाको स्थापना भएको हो।

सुदूरपश्चिम समाजका मूलभूत उद्देश्यहरूमा विभिन्न उद्देश्यले कोरियामा कार्यरत सुदूरपश्चिमेली नेपालीहरूको बीचमा आपसी सद्भाव र एकताको भावना जागृतगर्ने, आपतविपत का बेला परस्परमा सहयोग गर्ने, बाढी,पहिरो,भूकम्प जस्ता प्राकृतिक प्रकोपमा मातृभूमिका निम्ति सहयोग गर्ने,मौलिक भाषा, कला, साहित्य संस्कृतिको जगेर्ना एवं प्रवर्द्धन गर्ने र सकारात्मक सोचको विकास गरी सक्दो रूपमा सामाजिक तथा मानवीय सेवा सहयोगका कार्य गर्ने रहेका छन्।

यसै बीच केदारस्युँ गाउँपालिका प्रमुख ईन्द्र भण्डारीले पहिरो पीडितलाई सहयोग गरेकोमा सुदूरपश्चिम समाज,कोरियालाई धन्यवाद दिनुभएको छ भने समाजका वरिष्ठ सल्लाहकार डाँ अग्नीराज कोइराला,पूर्व अध्यक्ष धर्मराज जोशी एवं अध्यक्ष बीरबहादुर पालले समेत सबै सहयोगीहरूलाई हार्दिक धन्यवाद दिएका छन्।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

चाणक्य नीति: यी ३ प्रकारका मानिससँग सधै टाढा हुनुहोस् !

आचार्य चाणक्यले बनाएका नीति आज पनि त्यत्तिकै सान्दर्भिक र बहु उपयोगी छन् । जो कसैले पनि चाणक्यको नीतिशास्त्रमा बताइएका नीतिको सही तरिकाले पालना गरेमा...

कञ्चनपुरमा आफ्नै छोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

धनगढीमा असई र प्र’हरी जवानको ह’त्या आरोपमा प’क्राउ परेका ७ जना...

कैलाली- धनगढीमा प्रहरी सहायक निरिक्षक (असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार...

दार्चुलामा पहिलो पटक कोरोनाले एक पुरुषको मृत्यु

धनगढी, ४ कार्तिक । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण दार्चुलामा पहिलो पटक एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा दुहुँ गाउँपालिका–२ हिकिलाका...

भारतबाट उद्धार गरी २४ बालबालिका नेपाल ल्याइयो

भैरहवा, कार्तिक ४ रोजगारीका लागि भन्दै भारत पु¥याइएका २४ जना बालबालिकालाई उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ। दिल्लीमा रहेको नेपाली दूतावास, दिल्ली प्रहरी, दिल्ली महिला आयोगको...

वेपत्ता प्रहरी जवान साउद पनि मृत भेटिए

वेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन्। अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको शव पनि इन्चार्ज प्रहरी निरिक्षक गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा...

यी ७ वर्गमा पर्ने नागरिकको कोरोना परीक्षण र उपचार सरकारले गरिदिने

सात वर्ग तोक्दै त्यसमा पर्ने नागरिकका लागि कोरोनाको परीक्षण तथा उपचार निःशुल्क व्यवस्था गरिएको सरकारले जनाएको छ। सरकारले निःशुल्क परीक्षण तथा उपचारका लागि तोकेका लक्षित...

धनगढीमा भेटिएको शव वेपत्ता असईको भएको पुष्टि, जवानको अवस्था अज्ञात

धनगढीः धनगढीको मोहना नदी किनारमा भेटिएको शव वेपत्ता प्रहरीको भएको खुलेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले मोहना नदीको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया