Friday, October 30, 2020

उपत्यकामा सुपथ मुल्य पसल संचालनमा

- Advertisement -

काठमाडौं – सरकारले मुलुकका विभिन्न ठाउँहरुमा सुपथ मुल्य पसलहरु सञ्चालन गरेको छ । सुपथ मुल्य पसलहरुमा खाद्यान्न लगायतका सामग्रीको बिक्री वितरण हुने गरेको छ । तर सबैको किनमेल सूची रहने चिनी भने अधिकांश पसलमा नपाइएको उपभोक्ताको भनाइ छ ।

चाडपर्वलाइ लक्षित गरी राजधानीमा खोलिएका सुपथ मुल्यका पसलहरुमा उपभोक्ताको संख्या उल्लेख्य छ । भौतिक दुरी र स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी सञ्चालन गरिएका पसलमा अन्य पसलहरु भन्दा केही सुपथ मुल्यमा सामग्री पाइएको भनाइ उपभोक्ताको छ ।

सुपथ मुल्य पसलमा दाल, चामल, नुन, मसलाका साथै भान्छामा प्रयोग हुने विभिन्न प्रकारका भाँडाकुँडाहरु समेत बिक्रीका लागि राखिएको छ । यसले उपभोक्ताहरुलाई किनमेलमा सहज महशुस भएपनि प्रायको किनमेल सूचीमा रहने चिनि भने सहजरुपमा पाउन नसकेको गुनासो उपभोक्ताको छ । उपत्यकामा रहेका १३ वटा सुपथ पसल मध्ये ५ वटामा मात्र चिनी पाइएको उपभोक्ताको भनाइ छ ।

तर उपभोक्ताको आकर्षणका कारण सामग्रीहरु सकिएपनि तत्कालै उपलब्ध गराउने गरिएको भनाइ विक्रेता कर्मचारीको छ । सरकारले सञ्चालन गरेका सुपथ मुल्य पसलको संख्यालाई अझ बढाउन सकेमा कोरोनाका कारण आम्दानी गुमाएका सर्वसाधारणलाई राहत पुग्ने पनि उपभोक्ताको भनाइ छ । उपहार खबरबाट सभार 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ

भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ परेका छन् । भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिने धनगढी उपमहानगरपालिका वडा नम्बर...

आज कोजाग्रत पूर्णिमा, दशैँको विदाई र तिहारको स्वागत गरिदै

काठमाडौं – आज कोजाग्रत पूर्णिमा, दसैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै छ । बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी...

र्‍यापर गायक भिटेनलाई खोज्दै प्रहरी

काठमाडौं । र्‍यापर गायक भिटेन (समीर घिसिङ) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले गीत...

पहाडकी रानी बन्दीपुरमा मिनी ग्रेटवाल बन्दै

तनहुँको बन्दीपुरमा विश्वकै प्रसिद्ध चीनको ग्रेटवाललाई झल्को दिने गरी मिनीग्रेटवाल निर्माण भईरहेको छ । ग्रेटवाल निर्माणको लागि बन्दीपुर गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । प्राकृतिक...

गृह मन्त्रालयले माग्यो सय जना कर्मचारी, यस्तो चाहिन्छ योग्यता(सूचनासहित)

गृह मन्त्रालयले एक सय जना कर्मचारीको माग गरेको छ । मन्त्रालय अन्तरगतको अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ। https://youtu.be/lCjCafDkav4 मन्त्रालयले...

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा स्थानीय तहगत रुपमा बार निर्धारण र टोकन...

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्थानीय तहगत रुपमा बार निर्धारण र टोकन प्रणाली लागु गरेको छ । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको र जिल्ला...

सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने सरकारको योजना

काठमाडौँ – सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सातवटै प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने भएको छ । पक्की...

मोबाइल एपका लागि युट्युवले ल्यायो ५ नयाँ फिचर

काठमाडौं । गुगलको भिडियो प्लेटफर्म युट्युवले आफ्नो एपका लागि नयाँ पाँच वटा फिचर घोषणा गरेको छ । एन्ड्रोइड र आईओएस दुवैका लागि सार्वजनिक गरिएका...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया