Friday, October 30, 2020

वाग्मती सफाइ महाअभियान घटस्थापनाको दिन पनि रोकिएन

- Advertisement -

काठमाडौँ – विगत सात वर्षदेखि जारी रहेको वाग्मती सफाइ महाअभियान घटस्थापनाको दिन पनि रोकिएन । कात्तिक ८ गते महाअष्टमीका दिनसमेत महाअभियानलाई निरन्तरता दिइने भएको छ ।

घटस्थापनाका दिन वाग्मती सफाइ महाअभियानको ३८८औँ हप्ताको सफाइ पशुपति र शङ्खमूल क्षेत्रमा गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ गरिएको थियो ।

पशुपति क्षेत्रमा पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, कलाकार रश्मी भट्टलगायतले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ गरेको उहाँले बताउनुभयो । यसैगरी अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ ।

कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो । सफाइमा प्रिया लामिछाने, रमशरण कार्की, खगेन्द्र कार्की, दुर्गा रावल लगायतका अभियानकर्मीको सक्रियता थियो ।

गुह्येश्वरी माथिको वाग्मती सफाइको ३४९औँ हप्तामा गोठाटार पुल नजीकको साकुरा उद्यान क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । यसैगरी उपत्यकाका रुद्रमती, विष्णुमती, मनोहरा, चक्रपथलगायत स्थानमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरी सफाइ गरिएको छ ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि चाडपर्व, जाडो, झरी जस्तोसुकै अवस्थामा पनि अभियानकर्मी नदी किनारमा उपस्थित भई अभियानलाई निरन्तरता दिँदैआएका छन् । चैतदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी गरिएपछि नदी किनारमा बस्दै आएका अभियानकर्मी सुरक्षा विधि अपनाएर अभियानलाई निरन्तरता दिइरहेका छन् । अन्य सफाइ अभियानकर्मीले भने आ–आफ्नो टोल क्षेत्रमा अभियानलाई निरन्तरता दिँदै आएका छन् । वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदीका साथै देशभर १०६ स्थानमा अभियान शुरु भएको छ । उपहार खबरबाट सभार 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

आज कोजाग्रत पूर्णिमा, दशैँको विदाई र तिहारको स्वागत गरिदै

काठमाडौं – आज कोजाग्रत पूर्णिमा, दसैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै छ । बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी...

र्‍यापर गायक भिटेनलाई खोज्दै प्रहरी

काठमाडौं । र्‍यापर गायक भिटेन (समीर घिसिङ) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले गीत...

पहाडकी रानी बन्दीपुरमा मिनी ग्रेटवाल बन्दै

तनहुँको बन्दीपुरमा विश्वकै प्रसिद्ध चीनको ग्रेटवाललाई झल्को दिने गरी मिनीग्रेटवाल निर्माण भईरहेको छ । ग्रेटवाल निर्माणको लागि बन्दीपुर गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । प्राकृतिक...

गृह मन्त्रालयले माग्यो सय जना कर्मचारी, यस्तो चाहिन्छ योग्यता(सूचनासहित)

गृह मन्त्रालयले एक सय जना कर्मचारीको माग गरेको छ । मन्त्रालय अन्तरगतको अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ। https://youtu.be/lCjCafDkav4 मन्त्रालयले...

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा स्थानीय तहगत रुपमा बार निर्धारण र टोकन...

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्थानीय तहगत रुपमा बार निर्धारण र टोकन प्रणाली लागु गरेको छ । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको र जिल्ला...

सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने सरकारको योजना

काठमाडौँ – सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सातवटै प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने भएको छ । पक्की...

मोबाइल एपका लागि युट्युवले ल्यायो ५ नयाँ फिचर

काठमाडौं । गुगलको भिडियो प्लेटफर्म युट्युवले आफ्नो एपका लागि नयाँ पाँच वटा फिचर घोषणा गरेको छ । एन्ड्रोइड र आईओएस दुवैका लागि सार्वजनिक गरिएका...

अछाममा उपाध्यक्षद्वारा नै गाउँपालिकामा तालाबन्दी

अछाम, १२ कार्तिक । अछामको रामारोशन गाउँपालिकामा गाउँपालिकामा गाउँपालिकाकी उपाध्यक्षद्वारा नै तालाबन्दी गरिएको छ । गाउँकार्यपालिकाको कार्यालयमा बुधबारदेखि अनिश्चितकालका लागी तालाबन्दी गरिएको हो । गाउँपालिकी...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया