Wednesday, October 28, 2020

प्रदेश सरकारले निर्माण गरिरहेका कंचनपुरका गौरबका योजनाहरुको मन्त्री बोहराद्धारा अनुगमन

- Advertisement -

सुदुरपश्चिम प्रदेश सरकारले निर्माण गरिरहेका कंचनपुरका गौरबका योजनाहरुको भौतिक पुर्वाधार विकास मन्त्री पठानसिंह बोहराले शनिवार अनुगमन गर्नु भएको छ । कन्चनपुरको बेदकोट नगरपालिका वडा नं ६ चुनेपानी देखि मलास जाने सडकको ६ किलोमीटर ट्रयाक खोली ग्राभील गर्ने योजना र दैजी जोगबुडा सडक कालोपत्रे योजनाको मन्त्री बोहराले निरीक्षण र अनुगमन गर्नु भएको छ । बेदकोटको चुनेपानी सिद्धसरोवर गैरीखान सडक बन्ने भएपछि डडेल्धुरा मलासका जनता हर्षित भएका छन ।

सामान्य घरायसी सामान किन्न समेत पैदलै हिडेर कन्चनपुर आउनु पर्ने बाध्यता भोगिरहेका यहाका जनताका लागि यो सडक बरदान सावित भएको मलासका स्थानीय महादेव भट्टले बताउनु भएको छ । वहाले गैरीखान देखि डडेल्धुराको पर्शुराम नगरपालिकाको बसेनी र घुम्टेगडा जोड्ने भएकाले थप बजेट विनयोजन गरि बाकी रहेका सडक निर्माण गरिदिन समेत आग्रह गर्नुभएको छ । सडक निर्माण कार्यत्रको अनुगमन गर्दै सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री पठानसिंह बोहराले गर्दै बाकी रहेको १८ सय मिटर सडकका लागि समेत बजेट बिनियोजन गरिने प्रतिबद्धता जनाउनु भएको छ ।

उच्चाकोटी वाइ आर जे भी निर्माण कम्पनीले २ करोड १९ लाखमा निर्माण गरिरहेको बेदकोटको चुनेपानी सिद्धसरोवर गैरीखान सडक निर्माणको २५ प्रतिशत काम सम्पन्न भइसकेको पुर्वाधार विकास कार्यालय कंचनपुरका प्राविधिक अधिकृत इन्जिनियर हेमराज भट्टले जानकारी दिनु भएको छ ।

यसै असार २९ गते ३ बर्षका लागि ठेक्का सम्झौता भइ असोज ४ गतेदेखि काम शुरु गरिएको यो योजनाको २५ दिनकै अवधिमा २५ प्रतिशत काम सम्पन्न भएकाले योजना आउदो २०७८ सालको दसैं सम्ममा सम्पन्न गरि हस्तान्तरण गर्ने ठेकेदार निरन्जन प्रसाद भट्टले बताउनु भएको छ ।

यसै गरि दैजी छेला लिपना १६ किलोमीटर कालोपत्रे सडकको पनि ८० प्रतिशत काम सम्पन्न भइसकेको पुर्वाधार विकास कार्यालय कन्चनपुरका प्रमुख धिरेन्द्र भट्टले जानकारी दिनु भएको छ । २०७४ साल भदौ देखि नागार्जुन निर्माण सेवाले काम गरिरहेको दैजी जोगबुडा सडक पुष मसान्त सम्ममा निर्माण गसिक्ने ठेकेदार ईश्वरी भट्टले बताउनु भएको छ । रु. १८ करोड ४९ लाखमा सम्झौता भएको यो योजना डिभिजन सडक कार्यालय कन्चनपुरले पुर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरिएको योजना हो । ओम प्रकाश पान्डेयले शुक्लफाटा खबरमा लेखेका छन ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

काठमाण्डौमा आज बिहानको तापक्रम यो वर्षकै कम मापन

आज बिहान काठमाण्डौको तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसअघि गएको आइतबार काठमाण्डौको तापक्रम १२...

आज दशैँको तेस्रो दिन, आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा...

काठमाडौं– आश्विन शुक्लपक्ष टीकाको आज तेस्रो दिन द्वादशी । आज पनि आफन्त तथा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाई आशिर्वाद लिने...

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्ट सहितको टोली दैजी छेला औद्योगिक...

नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले दैजी छेला औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशको गौरवको योजना अन्तर्गत रहेको कञ्चनपुरको...

मंगलबार थप ५ सय ७० जनामा कोरोना पुष्टि, १४ को मृत्यु,...

काठमाडौँ – मंगलबार थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

सुख्खा बन्दरगाह निर्माणका लागि स्थलगत अनुगमन

कञ्चनपुरको माहाकाली नगरपालिका वडा नम्बर १ को गौरीशंकर बन र मायापुरी बनमा सुख्खा बन्दरगाह निर्माणका लागि स्थलगत अनुगमन गरिएको छ । मंगलबार नेपाल सरकारका...

दशैंको मुखमा भजनीका बाढीपिडीतहरुलाई निड्स नेपालको राहत बितरण

कैलाली भजनी नगरपालिकाका बाढी प्रभावितहरुलाई निड्स नेपालले दशैको मुखमा खाधान्न तथा गैर खाधान्न राहत साम्रगी बितरण गरेको छ । भजनी नगरपालिकाको सहकार्य तथा समन्वयमा...

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको जानकी गाउपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले...

दशैंमा कञ्चनपुरका सीमानाका सुनसान

महेन्द्रनगर । चाडपर्वका बेला गन्तव्यमा जाने यात्रुहरूको चाप हुने कञ्चनपुरका गड्डाचौकी र त्रिनगर नाका यस वर्ष भने कोरोना महामारीका कारण सुनसानप्रायः छन् । सुदूरपश्चिमको रोजगारीको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया