सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतीय सेनाध्यक्ष नरवणे नेपाल आउँदै

काठमाडौँ — भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमण आगामी कात्तिकमा गराउन नेपाली सेनाले तयारी सुरु गरेको छ । नेपाली सेनाका प्रधानसेनापति भारतीय सेनाको मानार्थ सेनाध्यक्ष र भारतीय सेनाका सेनाध्यक्ष नेपाली सेनाको मानार्थ प्रधानसेनापति (महारथी) हुने परम्पराअनुसार नरवणे आउन लागेका हुन् ।

उनलाई भ्रमणको दौरान राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ प्रधानसेनापति (महारथी) को दर्जाबाट सम्मान गर्नेछिन् ।

Sana Kishan

केही महिनाअघि लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतले अतिक्रमण गरेको नेपालको भनाइ सार्वजनिक गरेपछि नयाँदिल्लीमा भएको एक कार्यक्रममा सेनापति नरवणेले ‘नेपालले उक्त काम कसैको उक्साहटमा गरेको हो’ भन्ने अभिव्यक्ति दिएका थिए । जसले गर्दा उनको व्यापक आलोचना भएको थियो । उनको भनाइ सार्वजनिक भएपछि नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरिसकेको छ ।

World Link Ads
Mahakali Polytechnic

भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणलाई २०७६ माघ २० गते मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको थियो । ‘बीचमा कोभिड–१९ लगायत अन्य कामले भ्रमण हुन सकेन,’ सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने, ‘उहाँ आउने मिति र भ्रमणको तालिका टुंगो लागिसकेको छैन, त्यसलाई पछि सार्वजनिक गरिनेछ ।’ प्रधानसेनापति पूर्णचन्द्र थापाले यसअघि नै भारतीय मानार्थ सेनाध्यक्षको सम्मान दिल्ली पुगेर लिइसकेका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.