हरियो खुर्सानी पिरो हुने हुनाले कुनैलाई मन पर्छ कुनैलाई मन पर्दैन । कुनैले त हरियो खुर्सानी काचै खान मनपराउछन् । खादा पिरो भए पनि यसको सेबनले हाम्रो शरिरलाई धेरै नै फाइदा गर्छ। हरीयो खुर्सानीमा प्रसस्त भिटामिन सी पाइन्छ । हरियो खुर्सानीले रोगसँग लड्न सक्ने क्षमतामा बृद्धि गराउँने हुनाले यसको सेवन फाइदाजनक छ ।
भिटामिन बी ६, भिटामिन ए, आइरन, कपर र पोटासियम पाइने हरियो खुर्सानीमा औषधीय गुण पनि हुन्छ । यसको सेवनले मुटुरोग, पेट दुख्ने समस्याबाट टाढा रहन सहयोग गर्छ । हरीयो खुर्सानीले आँखा र छालाको लागि पनि फाइदा गर्छ ।
खुर्सानीमा एन्टिअक्सिडेन्ट हुने भएको कारणले गर्दा यसको सेवनले कोषिकाहरूलाई स्वस्थ राख्न सहयोग गर्छ । फोक्सोको क्या”न्सरबाट बचाउनमा खुर्सानीको सेवन गर्नु राम्रो हुन्छ । राति सुत्ने भन्दा अघि २, ३ वटा हरियो खुर्सानीलाई धोएर बीचबाट का”ट्ने र एक ग्लास पानीमा भिजाएर राख्नुहोस् र त्यसपछि बिहान उठेर सेवन गर्नुहोस् । यसरी सेवन गर्नाले पेटको हरेक समस्या समाधान हुन्छ ।gnewsnepal