Tuesday, January 19, 2021

जनताका समस्या बुझ्न दुर्गम बस्ती पुग्दा पूर्वराज्यमन्त्री रावललाई बाजा बजाएर स्वागत 

- Advertisement -
पुर्वराज्यमन्त्री रावल भन्छन् – ‘ खल्ला,मुसेट्टी र टुडिखेल अब दुर्गम क्षेत्र रहदैन’
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका पूर्वराज्यमन्त्री तथा प्रदेश सभा सांसद प्रकाश रावलले मंगलबार भीमदत्तको दुर्गमबस्ती मानिने खल्ला, मुसेट्टी पुगे । स्थानीयका समस्या बुझ्न दुर्गमबस्तीमै पुगेपछि पुर्वराज्यमन्त्री रावलले भव्य स्वागत गरियो । खल्ला हुदँै खल्ला, मुसेट्टी पुगेका रावललाई स्थानीयलाई सुदूरपश्चिमको लोक बाजा दमाहा बजाएर स्वागत गरेका हन् ।
 कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित खल्ला, मुसेट्टी र टुडिखेलमा पछिल्लो समय विकास निर्माण कार्यले गति लिन थालेको छ ।
देशमा तीनै तहका सरकार आए पछि दुर्गम क्षेत्रका रुपमा रहेका खल्ला, मुसेट्टी र टुडिखेलमा विकास निर्माणका कामले गति लिएएको पुर्वराज्यमन्त्री रावलले बताए ।  कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ (ख)बाट निर्वाचित सांसद रावलले मंगलवार खल्ला, मुसेट्टी र टुडिखेलमा पुगेर त्यहाँका जनतासंग साक्षात्कार गरी समस्या तथा गुनासोहरु सुने ।
यस्तै सांसद रावलले सो क्षेत्रमा सम्पन्न विकास तथा निर्माणाधीन विकास आयोजनाको अनुगमन समेत गरे । रावलको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने खल्ला, मुसेट्टी, टुडिखेलबासीलाई भेटको क्रममा उनले अब यो क्षेत्र दुर्गम नरहने प्रतिबद्धता समेत व्यक्त गरे ।
‘चुनावताका बेला यहाँ बाटोघाटो, बिजुली, सञ्चार सेवा, खानेपानी केही थिएन । यहाँका जनतालाई निकै समस्या थियो । तर अहिले यो समस्या विस्तारै हट्दै गएको छ ।’ उनले भने, ‘अब यो ठाउँ दुर्गम क्षेत्र रहनेवाला छैन् ।’
उनका अनुसार ती दुर्गम ठाउँलाई सञ्चारमा जोड्नका लागि टुडिखेलमा नेपाल टेलिकमको टावर जडान भएको छ । विद्युत्तका लागि ट्रान्सफरमर जडान, पोल हालेर तार तान्ने काम पनि भएको उनको भनाई छ ।
‘दशैँ अगाडि बिजुली बाल्ने गरेर काम भइरहेको थियो तर दुर्घटना भएर केही अवरोध ग(यो । अहिले २ ठाउँमा ट्रान्सफरमर जडान गरिएको छ । टुडिखेल छुटेको रहेछ यहाँ पनि जोडिन्छ ।’ उनले भने, ‘यसपालीको तिहारमा बिजुली बाल्न पाउने गरी काम गराउँछाँै ।’
महाकाली करिडोर निर्माण पश्चात् खल्ला–मुसेट्टी–‘टुडिखेलले विकासमा कायापलट नै गर्ने उनको विश्वास छ । ‘महाकाली करिडोरका लागि ईआइए नभएर काम रोकिएको थियो । हामीले त्यो गराउन सफल भएका छौँ । अब गड्डाचौकीबाट ब्रह्मदेव, खल्ला–मुसेट्टी–टुडिखेल भएर करिडोर बने पछि यो क्षेत्रले विकासमा कायापलट गर्छ ।’ उनले भने, ‘यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकसित गर्ने योजना छ ।’
लालपूर्जाविहिन त्यहाँका स्थानीय बासिन्दालाई लालपूर्जा उपलब्ध गराइने सासंद रावलको भनाई छ । ‘भूमि व्यवस्थापन आयोग बन्दै छ । त्यो बने पछि लालपूर्जाको समस्या पनि समाधान हुन्छ ।’ उनले भने । यस्तै सिँचाई तथा खानेपानीको समस्या पनि छिट्टै समाधान हुने उनले विश्वास व्यक्त गरे ।
भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले तीनै तहका सरकारको पहलमा भौगोलिक रुपले विकट क्षेत्र भए पनि विकासले गति लिइरहको बताएका छन् ।
महाकाली नदी र खहरे खोलाले निकै सताउने गरेको बताउँदै उनले यो समस्या समाधानका लागि प्रदेश र संघ सरकारले सघाउनु पर्ने माग गरे । ‘महाकाली नदीले डुवान हुन्छ । डुवानको समस्याबाट छुटकारा पाउन खल्लामुसेट्टीदेखि ब्रह्मदेवसम्म बाध निर्माण गर्नु जरुरी छ ।’ उनले भने ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा...

महेन्द्रनगर । नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्य समिति गठन भएको छ । संगठनको सभापतिमा राम बहादुर बुढा चयन भएका छन् । महिला बालबालिका तथा सामाजिक...

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

❒ अमेरिकाको टेक्सासमा रहेको मायाज देसी बुटिकले हेम सरिता पाठक फाउण्डेशनसँगको सहकार्यमा १० हजार अमेरिकी डलरको स्कलरसिपको घोषणा ❒ अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा भर्ना भएको,...

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !

      सुदूरपश्चिम । बझाङको एक स्थानीय तह बाहेक सुदूरपश्चिम प्रदेशका बाँकी सबै ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशका सबै नौ जिल्लामा...

अदालतलाई धम्की र दबाबबाट मुक्त गर्न संघर्ष अनिवार्य(नेकपाको अपिल -पूर्णपाठसहित)

नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतलाई प्रधानमन्त्री र उनका आसेपासेहरूको दबाब र धम्कीबाट मुक्त गर्न चेतनशील नागरिक संघर्षमा...

बेलौरीमा मोटरसाइकल दुर्घटना, दुई गम्भीर घाइते !

कञ्चनपुर- बेलौरीमा मोटरसाइकल दुर्घटना हुदा दुई जना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार सोमबार राति करिब ९ः३० बजे तिर बेलौरी...

स्थानियको लाखौं रकम लिएर सहकारीकी अध्यक्ष फरार :रकम असुल उपर गराइदिन...

शुक्लाफाँटा नगरपालिका वडा नम्बर– १ की एकजना महिला ठूलो रकमसहित फरार भएकी छिन् । वडाको सानाकिसान कृषि सहकारी संस्था लिमिटेड पिपलाडीकी अध्यक्ष कलावती दमाई...

माधव नेपालले भने : सूर्य चिह्न हाम्रै हो, केपी ओलीको भागमा...

काठमाडौँ : विभाजित नेकपामा पार्टीको आधिकारिकता तथा चुनाव चिह्नबारे विवाद भइरहँदा माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई नेकपा र चुनाव चिह्नमा आँखा नलगाउन चेतावनी...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया