Wednesday, October 28, 2020

पश्चिमी नाका गड्डाचौकीमा भीमदत्त नगरपालिकाले यस्तो ‘नेपाल गेट’ बनाउने

- Advertisement -

सामरिक महत्व राख्ने नेपालको पश्चिमी नाका गड्डाचौकीमा ‘नेपाल गेट’ निर्माण हुने भएको छ । भीमदत्त नगरपालिकाले चालु आर्थिक बर्ष २०७७÷०७८ मा ‘नेपाल गेट’ बनाउने भएको हो । नेपाल प्रवेस गर्दा पहिचानका लागि भीमदत्त नगरले त्रिदेशीय नाकाको उक्त बिन्दुमा आधुनिक गेट बनाउने लागेको छ । गेट निर्माणका लागि सम्झौता भईसकेको नगरपालिकाले जनाएको छ । भीमदत्त नगरका ईन्जिनियर हिमालय सिह ऐरले दुई पास भएको गेट निर्माणका लागि अस्मिता विल्र्डस प्रालिसंग ६२ लाख लागतमा गेट निर्माण गर्ने सम्झौता भएको बताए । ‘गेटको दायाँबायाँ बाट पास हुन्छ, ‘ईन्जिनियर ऐरले भने, ‘आउँदो माघ मसान्तसम्ममा गेट निर्माण कार्य सकिन्छ ।’

 

गेटमा नेपालको नक्सा, बुद्धको मूर्ति लगायत नेपाली भूगोल, लोक संस्कृति झल्किने प्रतिक राखिने छन । भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले भारत चिनको त्रिद्देशीय नाका गड्डाचौकी नेपाल प्रवेसद्वारमा गेट निर्माण कार्यको परिकल्पना जनताको मर्म अनुरुप भएको बताए । महाकाली नदीमा पुल निर्माणसंगै भारत जोड्ने र गड्डाचौकी, बम्हदेब हुँदै चिन जोड्ने महाकाली कोरिडोरको नेपाल प्रवेस बिन्दुमा गेट निर्माण कार्य नेपाली स्वाभिमान र बाहुनालाई स्वागतका लागि भएको मेयर विष्टले बताए ।

‘कामका लागि हाम्रा नेपाली दाजुभाई दिदिबहिनी भारत गएका छन, ‘मेयर विष्टले भने, ‘फर्किदा गेट देखेर मातृभूमी पुगेको आभास हुन्छ ।’ विदेशी पाहुनालाई नेपाल प्रवेस गर्दा गेटबाट नेपालका राष्ट्रिय प्रतिक र गौतम बुद्ध जन्मेको देश भनेर अनुभूति हुने छ । ‘गेटले पूर्ण नेपालीपनको झल्को दिन्छ, ‘मेयर विष्टले भने, ‘स्वदेशीको स्वाभिमान र विदेशीको स्वागत एव विदाई गर्ने गेट हुनेछ ।’ भारतीय सीमा संग जोडिएको कञ्चनपुरको भीमदत्त नगरपालिकाले सिङ्गो नेपालको आभार हुने हिसाबले गेट निर्माण गर्न लागेको मेयर विष्टले बताए । गत आर्थिक बर्ष २०७६÷०७७मा भीमदत्त नगरपालिकाले नै नेपाल प्रवेस क्षेत्र गड्डाचौकीमा ७७ फिट अग्लो नेपालको झण्डा स्थापना गरेको थियो ।

 

‘भारतबाट नेपाल प्रवेस गर्दा नेपाली राष्ट्रिय झण्डाको आभास हुन्छ, ‘मेयर विष्टले भने, ‘झण्डाको अहि पुर्वतिर ओर नेपाल गेटबाट झन नेपालीलाई अपनत्व हुन्छ ।’ जनमत र चुनावी प्रतिबद्धता अनुरुप गेट निर्माण कार्य अघि बढाईएको मेयर विष्टले बताए । पश्चिम नेपालको गड्डाचौकी नाका भारतको राजधानी दिल्लीसंगको सबैभन्दा नजिकको नाका हो । गड्डाचौकीदेखि दिल्ली करिब ३ सय ७९ किलोमिटर मात्रै छ । महाकाली नदीमा पुल निर्माणसंगै नेपालको विकास र सम्बृद्धि हुने अपेक्षा गरिएको छ । संघ र प्रदेश सरकारबाट परिकल्पना समेत नगरिएको योजना स्थानीय सरकार भीमदत्त नगरपालिकाबाट शुरुवात भएको छ । भारतले समेत आफ्नो राष्ट्रियता झल्किने हिसाबले भारतप्रवेसद्वारमा गेट निर्माण गरेको थियो । त्यो संगै भीमदत्त नगरपालिकाले समेत नयाँ परिकल्पनाका साथ गेट निर्माण कार्य अघि सारेको छ । गेट निर्माण कार्यलाई स्वाभिमानसंग जोडिएको जानकारहरुको भनाई छ । पहिलाद रानाले जनसरोकार पोस्टमा लेखेका छन ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अछाममा उपाध्यक्षद्वारा नै गाउँपालिकामा तालाबन्दी

अछाम, १२ कार्तिक । अछामको रामारोशन गाउँपालिकामा गाउँपालिकामा गाउँपालिकाकी उपाध्यक्षद्वारा नै तालाबन्दी गरिएको छ । गाउँकार्यपालिकाको कार्यालयमा बुधबारदेखि अनिश्चितकालका लागी तालाबन्दी गरिएको हो । गाउँपालिकी...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन् पर्यटक

महेन्द्रनगर, १२ कात्तिक । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि खुले पनि पर्यटक आएका छैनन् । विगतका वर्षमा चाडपर्वका बेला आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ...

नेकपा केन्द्रीय समिति बैठक एक महिना पर स¥यो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक एक महिनाका पर सरेको छ। नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५...

डोटीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु

डोटी जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा...

गोदावरी नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण भए सँगै अत्यावश्यक बाहेकका अन्य सेवा...

अत्तरिया, कार्तिक १२ कैलालीको गोदावरी नगरपालिकाले अत्यावश्यक भएमा मात्रै नगरपालिका कार्यालयमा सेवा लिन भनेको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै कार्यालयका कर्मचारीमा...

डोटीका व्यापारी चन्द्रराज जोशीलाई उपचारका लागि जहाज चार्टर्ड गरेर धनगढी लगियो

डोटीमा जहाज चार्टर्ड गरेर बिरामीलाई उपचारका लागि कैलाली लगिएको छ । दिपायल सिलगढी नगरपालिका–६ बस्ने ८१ वर्षीय व्यापारी तथा समाजसेवी चन्द्रराज जोशीलाई उपचारको लागि...

यसो गर्नुस छिट्टै गोरो र सफा हुन्छ ,काखी, घाँटी र कुहिना...

कुहिना , घाँटी , घुँडा र काखी कालो हुने कारणले गर्दा धेरै मानिसहरु यसलाई देखाउन लाज मान्ने गर्छन । विभिन्न कारणहरुले गर्दा शरीरका यी...

काठमाण्डौमा आज बिहानको तापक्रम यो वर्षकै कम मापन

आज बिहान काठमाण्डौको तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसअघि गएको आइतबार काठमाण्डौको तापक्रम १२...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया