Wednesday, October 28, 2020

गौरीफन्टा डोकेबजार सीमा क्षेत्रमा संयुक्त नागरिक सहायता कक्ष

- Advertisement -

लाल ब. एस के  नेपाल–भारत अन्र्तराष्ट्रिय सीमा नाकामा संयुक्त नागरिक सहायता कक्ष स्थापना भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजारमा संयुक्त नागरिक सहायता कक्ष स्थापना गरिएको हो । दशैँ तिहारका बेला समस्यामा परेका दुवै देशका नागरिकको उद्दारका लागि सीमा क्षेत्रमा सहायता कक्ष स्थापना गरिएको हो ।

मंगलबार एक कार्यक्रमका विच पुनर्वास नगरपालिका प्रमुख जिवनराज थापाले संयुक्त नागरिक सहायता कक्षको उद्घाटन गर्दै चाडवार्डका बेला सीमा क्षेत्रमा हुने घटना रोक्नुका साथै आपतविपद्मा परेका दुवै देशका नागरिकको उद्दारमा जुट्न संयुक्त प्रयास आवश्यक रहेको औल्याए । ‘अहिले कोरोना महामारी पनि छ, सीमा क्षेत्रमा जोखिम पनि बढेको छ, ‘मेयर थापाले भने, ‘यसैबेला दुवै देशका सुरक्षा निकायले जो जुन देशको नागरिक भएपनि सहयोग गर्नुपर्छ ।’

हेल्पडेस्क स्थापनासंगै डोकेबजार क्षेत्रमा ५० लाख लागतमा होल्डिङ्ग सेन्टर स्थापना गरिने मेयर थापाले बताए । हेल्पडेक्समा नेपाल तर्फबाट सशस्त्र प्रहरी बल र भारतका तर्फबाट एसएसबीले संयुक्त डियूटी गर्नेछन् । दशैँ, दिपावली र छठसम्म संयुक्त नागरिक सहायता कक्ष संचालन हुने छ । नागरिक सहायता कक्ष स्थापनासंगै सीमा क्षेत्रमा चलखेल गर्ने विचौलिया तह लाग्ने अपेक्षा गरिएको छ । janasarokarpost

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

काठमाण्डौमा आज बिहानको तापक्रम यो वर्षकै कम मापन

आज बिहान काठमाण्डौको तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसअघि गएको आइतबार काठमाण्डौको तापक्रम १२...

आज दशैँको तेस्रो दिन, आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा...

काठमाडौं– आश्विन शुक्लपक्ष टीकाको आज तेस्रो दिन द्वादशी । आज पनि आफन्त तथा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाई आशिर्वाद लिने...

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्ट सहितको टोली दैजी छेला औद्योगिक...

नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले दैजी छेला औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशको गौरवको योजना अन्तर्गत रहेको कञ्चनपुरको...

मंगलबार थप ५ सय ७० जनामा कोरोना पुष्टि, १४ को मृत्यु,...

काठमाडौँ – मंगलबार थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

सुख्खा बन्दरगाह निर्माणका लागि स्थलगत अनुगमन

कञ्चनपुरको माहाकाली नगरपालिका वडा नम्बर १ को गौरीशंकर बन र मायापुरी बनमा सुख्खा बन्दरगाह निर्माणका लागि स्थलगत अनुगमन गरिएको छ । मंगलबार नेपाल सरकारका...

दशैंको मुखमा भजनीका बाढीपिडीतहरुलाई निड्स नेपालको राहत बितरण

कैलाली भजनी नगरपालिकाका बाढी प्रभावितहरुलाई निड्स नेपालले दशैको मुखमा खाधान्न तथा गैर खाधान्न राहत साम्रगी बितरण गरेको छ । भजनी नगरपालिकाको सहकार्य तथा समन्वयमा...

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको जानकी गाउपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले...

दशैंमा कञ्चनपुरका सीमानाका सुनसान

महेन्द्रनगर । चाडपर्वका बेला गन्तव्यमा जाने यात्रुहरूको चाप हुने कञ्चनपुरका गड्डाचौकी र त्रिनगर नाका यस वर्ष भने कोरोना महामारीका कारण सुनसानप्रायः छन् । सुदूरपश्चिमको रोजगारीको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया