सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सार्वजनिक सवारी साधनले अब सबै सिटमा यात्रु बोक्न पाउने

सार्वजनिक सवारी साधनका सबै सिटमा यात्रु चढाउन दिने निर्णय सरकारले गरेको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।।

यसअघि सरकारले सार्वजनिक सवारी साधनलाई सिट क्षमताको आधा मात्रै यात्रु बोक्न निर्देशन दिएको थियो। त्यसबापत ५० प्रतिशत वढी भाडा लिन छुट दिइएको थियो।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

त्यो निर्णय उल्टाउदै सरकारले पूर्ण सिट क्षमतामा यात्रु बोक्न दिने निर्णय गरेको हो।

दसैँ, तिहार जस्ता चाडपर्वको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पूरा क्षमतामा यात्रु राख्न दिने र भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय सरकारले गरेको हो।

ठूला चाडपर्व नजिकिए पनि कोरोना संक्रमण तीब्र गतिमा फैलिँदै गएको कारण हाल सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनले भनेजति यात्रु पाउन सकेका छैनन्।

यात्रु नहुँदा अहिलेसम्म दसैँको लागि अग्रिम टिकट बुकिङ पनि खुलेको छैन।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.