Wednesday, October 28, 2020

लालपुर सवस्टेशनमा दोब्बर क्षमताको नयाँ ट्रान्सफर्मर जडान गरिदै

- Advertisement -

कञ्चनपुर, २६ असोज । नेपाल विद्युत् प्राधिकरणले कञ्चनपुरको लालपुर सवस्टेशनमा रहेको ट्रान्सफर्मरलाई बदली गरी दोब्बर क्षमताको नयाँ ट्रान्सफर्मर जडान गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणको लालपुर १३२ केभी सवस्टेशनमा रहेको १५ एमभिएको पावर ट्रान्सफर्मरलाई बदली गरी ३० एमभिए क्षमताको नयाँ ट्रान्सफर्मर जडान गर्न लागिएको नेपाल विद्युत प्राधिकरण अत्तरिया ग्रिड शाखाले जनाएको छ ।

प्राधिकरणको अत्तरिया ग्रिड शाखाले एक सूचना जारी गर्दै नयाँ ट्रान्सफर्मर जडान गर्नुपर्ने भएकोले कञ्चनपुरको कृष्णपुर बाहेक अन्य आठ वटै स्थानीय तहमा यही असोज २७ गते मंगलबारदेखि कार्तिक १ गते शनिबारसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । ती स्थानहरुमा ११ केभी फिडरबाट आलोपालो गरेर उक्त अवधि भरी विद्युत आपुर्ति गरिने जनाइएको छ । प्राधिकरणले यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाको लागि क्षमा याचना समेत गरेको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अछाममा उपाध्यक्षद्वारा नै गाउँपालिकामा तालाबन्दी

अछाम, १२ कार्तिक । अछामको रामारोशन गाउँपालिकामा गाउँपालिकामा गाउँपालिकाकी उपाध्यक्षद्वारा नै तालाबन्दी गरिएको छ । गाउँकार्यपालिकाको कार्यालयमा बुधबारदेखि अनिश्चितकालका लागी तालाबन्दी गरिएको हो । गाउँपालिकी...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन् पर्यटक

महेन्द्रनगर, १२ कात्तिक । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि खुले पनि पर्यटक आएका छैनन् । विगतका वर्षमा चाडपर्वका बेला आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ...

नेकपा केन्द्रीय समिति बैठक एक महिना पर स¥यो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक एक महिनाका पर सरेको छ। नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५...

डोटीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु

डोटी जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा...

यसो गर्नुस छिट्टै गोरो र सफा हुन्छ ,काखी, घाँटी र कुहिना...

कुहिना , घाँटी , घुँडा र काखी कालो हुने कारणले गर्दा धेरै मानिसहरु यसलाई देखाउन लाज मान्ने गर्छन । विभिन्न कारणहरुले गर्दा शरीरका यी...

काठमाण्डौमा आज बिहानको तापक्रम यो वर्षकै कम मापन

आज बिहान काठमाण्डौको तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसअघि गएको आइतबार काठमाण्डौको तापक्रम १२...

आज दशैँको तेस्रो दिन, आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा...

काठमाडौं– आश्विन शुक्लपक्ष टीकाको आज तेस्रो दिन द्वादशी । आज पनि आफन्त तथा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाई आशिर्वाद लिने...

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्ट सहितको टोली दैजी छेला औद्योगिक...

नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले दैजी छेला औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशको गौरवको योजना अन्तर्गत रहेको कञ्चनपुरको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया