सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

घरमा सुख शान्ति भएन ? अपनाउनुहोस् यी १० उपाय

हरेक मानिस आफ्नो घरमा सुखशान्ति होस् भन्ने चाहाना राख्दछन् । तथापी कतिपय कारण र अवस्थामा यो सम्भव बन्दैन । यदि तपाईं आफ्नो घरमा हमेशा शान्ति होस् भन्ने चाहानुहुन्छ भने वास्तु अनुसार केहि उपाय गर्नु पर्ने हुन्छ ।सोमबार यी पाँच काम गर्दा मनोकांक्षा पूरा हुने विश्वास
भलतयल सोमबार यी पाँच काम गर्दा मनोकांक्षा पूरा हुने विश्वास
सोमबार धेरै नारीहरु व्रत बस्छन् । सोमबारको व्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ ।

अविवाहित नारीले सुयोग्य बर तथा विवाहिताले पतिको दीर्घायूको कामनासहित भगवान शिवको पूजा आरधना गरिन्छ ।

यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुने धार्मिक विश्वास छ ।

World Link Ads
Mahakali Polytechnic

सोमबारका दिन भगवान शिवप्रति समर्पित भई शिव स्तोत्र, रुद्राक्ष, बेल पत्ताको पूजा गर्नाले भगवान शिव प्रशन्न हुन्छन् भन्ने विश्वास गरिन्छ ।

भगवान शिवप्रति श्रद्धाभाव राख्दै निम्न पाँच काम गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

१. सोमबार भगवान शिवको दिन अर्थाता चन्द्रमा का दिनका रुपमा लिइन्छ। यस दिन विहान सवेरै उठेर भगवान शिवको दर्शन गरी शिव चालीसा या शिवाष्टकको पाठ गर्नाले भगवान शिव प्रसन्न भइ समस्या समाधान हुने विश्वास गरिन्छ ।

२. दाम्पत्य जीवनमा आउने उतार चढाव वा समस्या समाधानको लागि सोमबारको विहान सबेरै गौरी–शंकरलाई मनन गरी रुद्राक्ष शिव भगवानलाई अर्पर्ण गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ ।

३. बिहानै बेलपत्रमा सेतो चन्दनको टीका बनाएर शिवलिंगको पूजा गर्नाले पनि फलिफाप हुन्छ ।

४. सोमबारका दिन आफ्नो पायक पर्ने शिव मन्दिरमा पुगेर शिवलिंगमा दूध चढाउनुपर्छ । उक्त दूध तामाको भाडामा ल्याएर आफ्नो व्यापार व्यवसाय गरेको ठाउँमा पूर्ण श्रद्धाका साथ छर्किदै ‘ॐ नमः शिवायः’ मन्त्रको जप गर्नाले व्यवसायमा श्रीवृद्धि हुने मान्यता राखिन्छ ।

५. ‘ॐ नमो धनदाय स्वाहा’ मन्त्र कुनै शिव मन्दिरमा गएर रुद्राक्षको मालाले ११ पटक जप गर्नुहस् । यस मन्त्रको जप गर्नाले धन लाभ हुने धार्मिक विश्वास छ ।

Sana Kishan

१. वास्तु अनुसार भान्सामा कहिल्यै दूधलाई खुल्ला राख्नु हुदैन । अन्यथा आर्थिक संकट बेहोर्नु पर्दछ । त्यसैले दूधलाई हमेशा छोपेर राख्नु पर्दछ ।

२. काडाँदार र तिखो पत्ता भएका बोट, बिरुवालाई घरभित्र रोप्ने वा राख्ने हुदैन । यसो गर्दा घरको सम्बन्धमा दरार आउने गर्दछ । साथै नकारात्मक उर्जा फैलिने गर्दछ ।

४. घरको उत्तर पूर्वी भागमा वजनदार भारी मूर्ति राख्नु हुदैन । यसले समेत घरको शान्तिमा बाधा पुर्याउँछ ।

५. सुत्ने ओच्छ्यानको मुनि जूत्ताचप्पल राख्नु हुदैन । यसले नकारात्मक उर्जा बढाउने भएकाले रोग एवं मानसिक समस्या बढ्ने गर्दछ । तसर्थ यसलाई बाहिर नै राख्नु पर्दछ ।

६. फलामको दराजलाई कहिल्यै ओच्छ्यानको पछाडी राख्नु हुदैन । साथै फलामका कुनै पनि सामाग्री ओच्छ्यानमा समेत हुनु हुदैन ।

७. घरको बिचमा पानीको टंय्की, ट्युबेल, घडा वा अन्य कुनै पानीको श्रोत राख्नु हुदैन । यसले घरमा आर्थिक क्षती बढाउँछ ।

८. धन सम्पत्ती एवम् पारिवारिक सुख शान्तिका कायम राख्न डुब्दै गरेको जहाजको तस्वीर घरमा राख्नु हुदैन ।

९. दान दिन भनेर किनिएको वस्तुलाई घरमा लामो समयसम्म राख्नु हुदैन । यसले समेत पारीवारीक सम्बन्धमा दरार ल्याउन सक्छ ।

१०. घरमा कहिल्यै पनि देवीदेवताका टुटफुट भएका मुर्ती, वा चर्किएका भगवानका प्रतिमा राख्नु हुदैन । यस्ता मुर्तीलाई कुनै रुखको मुनी राख्नु उपयुक्त हुन्छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.